bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Chronicles 18
2 Chronicles 18
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 19 →
1
यहोशापात धेरै धनी र सम्मानित भए। तिनले आहाबसित विवाहद्वारा सम्बन्ध जोडे।
2
केही वर्षपछि तिनी आहाबलाई सामरियामा भेट्न गए। आहाबले तिनी र तिनीसित भएका मानिसहरूको निम्ति धेरै भेडाहरू र गोरुहरू मारे; अनि तिनलाई रामोत-गिलादमाथि आक्रमण गर्न बहकाए।
3
इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई सोधे, “के तपाईं रामोत-गिलादको विरुद्धमा आक्रमण गर्न मसित जानुहुन्छ?” यहोशापातले जवाफ दिए, “म तपाईंजस्तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्। हामी तपाईंलाई युद्धमा साथ दिनेछौँ।”
4
तर यहोशापातले इस्राएलका राजालाई यो पनि भने, “पहिले याहवेहसित सल्लाह माग्नुहोस्।”
5
यसकारण इस्राएलका राजाले चार सय अगमवक्ताहरूलाई एकसाथ भेला गराए, र तिनीहरूलाई सोधे, “हामी रामोत-गिलादको विरुद्धमा युद्धमा जाऔँ कि नजाऔँ?” तिनीहरूले जवाफ दिए, “जानुहोस्, किनकि परमेश्वरले त्यसलाई राजाको हातमा दिनुहुनेछ।”
6
तर यहोशापातले सोधे, “यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसलाई हामीले यसको बारेमा सोध्न सकौँ?”
7
इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “याहवेहसित सल्लाह लिन एक जना मानिस त छ, तर म उसलाई घृणा गर्छु; किनकि उसले मेरो विषयमा कहिल्यै पनि भलो अगमवाणी गर्दैन; सधैँ कुभलो मात्र गर्छ। ऊ यिम्लाको छोरा मीकाया हो।” यहोशापातले जवाफ दिए, “राजाले त्यसो भन्नुहुँदैन।”
8
यसकारण इस्राएलका राजाले आफ्ना एक जना अधिकारीलाई बोलाएर भने, “झट्टै यिम्लाका छोरा मीकायालाई लिएर आऊ।”
9
आफ्ना राजकीय पोशाकहरू पहिरेर इस्राएलका राजा र यहूदाका राजा यहोशापात सामरियाको मूलढोकाको प्रवेशद्वार नजिकको खलामा आफ्ना सिंहासनहरूमा बसिरहेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामु अगमवाणी गरिरहेका थिए।
10
केनानका छोरा सिदकियाहले फलामका सिङहरू बनाएका थिए; अनि तिनले घोषणा गरे, “याहवेह यसो भन्नुहुन्छ: ‘यी सिङहरूद्वारा नै तिमीहरूले अरामीहरूलाई तिनीहरू नाश नभएसम्म हान्नेछौँ।’ ”
11
अरू सबै अगमवक्ताहरूले पनि अगमवाणीद्वारा त्यही कुरा भनिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि आक्रमण गरेर विजयी हुनुहोस्। किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।”
12
मीकायालाई बोलाउन जाने समाचारवाहकले तिनलाई भने, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले एकै मत भएर राजाको सफलताको पूर्व सूचना दिइरहेका छन्। तपाईं पनि तिनीहरूसितै सहमत भएर असल कुरा बोलिदिनुहोस्।”
13
तर मीकायाले भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म तिनलाई मेरा परमेश्वरले भन्नुभएको कुरा मात्र भन्नेछु।”
14
तिनी आइपुगेपछि राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा लडाइँ गर्न जाऔँ, कि नजाऔँ?” तिनले जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्; किनकि तिनीहरू तपाईंको हातमा दिइनेछन्।”
15
राजाले तिनलाई भने, “याहवेहको नाममा मलाई सत्यबाहेक केही नभन्नू भनी म तिमीलाई कति पल्ट शपथ खान लाऊँ?”
16
तब मीकायाले जवाफ दिए, “मैले इस्राएललाई गोठाला नभएका भेडाहरूझैँ पहाडतिर छरिएको देखेँ, र याहवेहले भन्नुभयो, ‘यी मानिसहरूका मालिक छैनन्। प्रत्येक शान्तिसँग आ-आफ्नो घर फर्केर जाऊन्।’ ”
17
इस्राएलका राजाले यहोशापातलाई भने, “यसले मेरो विषयमा कुभलोबाहेक कहिले पनि असल अगमवाणी गर्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”
18
मीकायाले भन्दै गए, “यसकारण याहवेहको वचन सुन्नुहोस्: मैले याहवेहलाई सिंहासनमा बसिरहनुभएको देखेँ। उहाँका दाहिने र देब्रेपट्टि स्वर्गीय सेना उभिरहेका थिए।
19
तब याहवेहले भन्नुभयो, ‘कसले इस्राएलको राजा आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’ “एउटाले एउटा कुरा भने, र अर्कोले अर्कै भने।
20
आखिरमा एउटा आत्माले अगि सरेर याहवेहको सामु उभिएर भन्यो, ‘म तिनलाई बहकाउनेछु।’ “याहवेहले सोध्नुभयो, ‘के गरेर बहकाउँछस्?’
21
“त्यसले भन्यो, ‘म गएर त्यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हुनेछु।’ “याहवेहले भन्नुभयो, ‘तँ त्यसलाई बहकाउन सफल हुनेछस्। जा, गएर त्यसै गर्।’
22
“यसरी अब याहवेहले तपाईंका यी अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।”
23
तब केनानका छोरा सिदकियाह उठेर गए, र मीकायाको अनुहारमा थप्पड लगाए। तिनले सोधे, “कहिले याहवेहको आत्मा मबाट निस्केर तिमीसित बोल्न जानुभयो?”
24
मीकायाले जवाफ दिए, “त्यो त तिमी भित्री कोठामा लुक्न गएको दिन थाहा पाउनेछौ।”
25
तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई लिएर सहरका शासक अमोन र राजाको छोरा योआशकहाँ पठाइदिनू।
26
अनि भन्नू, ‘राजा यसो भन्नुहुन्छ: यसलाई झ्यालखानामा हालिदिनू, र म सुरक्षित नफर्केसम्म यसलाई रोटी र पानीबाहेक अरू केही नदिनू।’ ”
27
मीकायाले घोषणा गरे, “यदि तपाईं सुरक्षित फर्कनुभयो भने याहवेह मद्वारा बोल्नुभएको होइन।” त्यसपछि तिनले अझ थपे, “तिमीहरू सबैले मेरो कुरा याद राख्नू!”
28
यसकारण इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए।
29
इस्राएलका राजाले यहोशापातलाई भने, “म लडाईँमा भेष बदलेर प्रवेश गर्नेछु; तर तपाईंले चाहिँ आफ्नो राजकीय पोशाक पहिरनुहोस्।” यसकारण इस्राएलका राजाले आफ्नो भेष बदली गरेर लडाइँ गर्न हिँडे।
30
अब अरामका राजाले भने आफ्ना रथहरूका सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “इस्राएलका राजाबाहेक साना-ठूला कसैसित पनि लडाइँ नगर्नू।”
31
रथका सेनापतिहरूले यहोशापातलाई देखेर, “यिनी नै इस्राएलका राजा हुन्” भनी सोचे। यसकारण तिनलाई आक्रमण गर्न भनी तिनीहरू फर्के, तर यहोशापात कराए; अनि याहवेहले तिनलाई सहायता गर्नुभयो। परमेश्वरले उनीहरूलाई तिनीदेखि टाढा लैजानुभयो।
32
ती रथका सेनापतिहरूले तिनी इस्राएलका राजा होइनन् भनी देखेपछि उनीहरूले तिनलाई खेद्न छोडिदिए।
33
तर कसैले आफ्नो धनु तानेर जथाभाबी काँड हानिपठाउँदा त्यसले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो। राजाले रथ हाँक्नेलाई भने, “रथ फर्काएर मलाई लडाइँदेखि बाहिर लैजा। मलाई चोट लागेको छ।”
34
लडाइँ दिनभरि नै मच्चिरह्यो; अनि इस्राएलका राजाले साँझसम्मै आफूलाई आफ्नो रथको आडमा राखेर अरामीहरूको सामना गरिबसे, र सूर्यास्त हुँदा तिनी मरे।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36