bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Chronicles 7
2 Chronicles 7
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 8 →
1
सोलोमनले प्रार्थना गरिसकेपछि स्वर्गबाट आगो झर्यो; अनि त्यसले होमबलि र बलिदानहरूलाई भस्म पार्यो, तब त्यो मन्दिर याहवेहको महिमाले भरियो।
2
पुजारीहरू याहवेहको मन्दिरभित्र पस्न सकेनन्; किनकि याहवेहको महिमाले त्यो मन्दिर ढाकिएको थियो।
3
जब इस्राएलीहरूले आगो झरेको र त्यस मन्दिरमाथि याहवेहको महिमा आएको देखे, तब तिनीहरू भुइँमा घोप्टो परे; अनि दण्डवत् गरेर याहवेहलाई धन्यवाद दिँदै यसो भने, “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
4
त्यसपछि राजा र सबै मानिसहरूले याहवेहको सामु बलिदानहरू चढाए।
5
राजा सोलोमनले बाइस हजार बहर र एक लाख बीस हजार भेडाबाख्रा बलि चढाए। यसरी राजा र ती मानिसहरूले परमेश्वरको मन्दिरलाई समर्पण गरे।
6
पुजारीहरूले, लेवीहरूले झैँ याहवेहको वाद्य-वादनसित आ-आफ्ना स्थानमा उभिए, जुन वाद्य-वादनहरू राजा दावीदले याहवेहको प्रशंसा गर्नलाई बनाएका थिए; अनि दावीदले धन्यवाद दिँदा, “उहाँको प्रेम सदासर्वदा रहिरहन्छ” भन्दै ती वाद्य-वादनलाई तिनले प्रयोग गरेका थिए। लेवीहरूका सामु नै पुजारीहरूले आफ्ना तुरही फुके, र सबै इस्राएलीहरू उभिरहे।
7
सोलोमनले याहवेहको मन्दिरको सामु भएको चोकको बीच भागलाई पवित्र गरे; अनि त्यहाँ होमबलि र मेलबलिहरूका बोसो चढाए; किनकि तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्नबलि र बोसोको भाग अटाएनन्।
8
यसकारण सोलोमनले त्यस बेला सात दिनसम्म चाड मनाए, र तिनको साथमा सारा इस्राएलले—एउटा ठूलो समुदायले, बो-हमातका मानिसहरूदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूले।
9
आठौँ दिनमा तिनीहरूले एउटा सभा राखे; किनकि तिनीहरूले सात दिनसम्म वेदीको अर्पणको उत्सव मनाए र अरू सात दिनसम्म चाड मनाए।
10
सातौँ महिनाको तेईसौँ दिन तिनले मानिसहरूलाई बिदा दिए; अनि तिनीहरू याहवेहले दावीद, सोलोमन र उहाँको प्रजा इस्राएलका निम्ति गर्नुभएको असल कुराहरूका कारण आनन्दले पूर्ण र हृदयमा हर्षित भएका थिए।
11
सोलोमनले याहवेहको मन्दिर र राजमहल बनाइसके; अनि याहवेहको मन्दिर र आफ्नो महलमा जे-जे बनाउने इच्छा तिनको हृदयमा आयो, ती सबै कुराहरू गरिसिद्ध्याए।
12
तब राति याहवेह सोलोमनकहाँ देखा पर्नुभयो र भन्नुभयो: “मैले तेरो प्रार्थना सुनेँ, र मैले यस ठाउँलाई बलिदान चढाउने मन्दिरको रूपमा आफ्नै निम्ति चुनेँ।
13
“मैले आकाशलाई बन्द गरेको बेला पानी नपर्दा, अथवा देशलाई सखाप पार्न सलहहरू पठाउँदा, अथवा मेरा मानिसहरूमाथि विपत्ति पठाउँदा,
14
यदि मेरो नामद्वारा बोलाइएका मेरा मानिसहरूले आफूलाई विनम्र तुल्याएर प्रार्थना गर्दै मतिर फर्के भने, र आफ्ना दुष्ट चालहरूबाट फर्के भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु; अनि तिनीहरूका पाप क्षमा गरेर तिनीहरूको देशलाई निको पार्नेछु।
15
अब यस ठाउँमा चढाइएका प्रार्थनाहरूप्रति मेरा आँखा खुल्ला र कान सतर्क रहनेछन्।
16
मैले यहाँ मेरो नाम सदासर्वदा भइरहोस् भनेर यस मन्दिरलाई चुनेर पवित्र गरेको छु। मेरा आँखा र हृदय सधैँ यहीँ रहिरहनेछन्।
17
“तेरो विषयमा चाहिँ, यदि तँ आफ्ना पिता दावीदझैँ मेरो सामु हिँडिस्, र मैले दिएका सबै आज्ञापालन गरिस् भने,
18
तेरा पिता दावीदसित ‘इस्राएलमाथि शासन गर्न तँलाई कुनै मानिसको अभाव हुनेछैन’ भनेर मैले गरेको करारअनुसार म तेरो राजकीय सिंहासन स्थापित गर्नेछु।
19
“तर यदि तँ त्यसबाट तर्किएर मैले तँलाई दिएका उर्दीहरू त्यागेर अरू देवताहरूको सेवा गरिस्, र तिनीहरूलाई पुज्न थालिस् भने,
20
मैले इस्राएललाई दिएको देशबाट तिनीहरूलाई उखेलिदिनेछु; र मैले आफ्नो नामका निम्ति पवित्र गरेको यस जातिहरूको बीचमा एउटा घृणा र गिल्लाको पात्र बनाइदिनेछु।
21
अहिले यो मन्दिर भव्य भए तापनि यसको छेउबाट भएर जाने सबैले भयभीत भएर यसो भन्नेछन्, ‘याहवेहले यस देश र यस मन्दिरलाई किन यस्तो गर्नुभएको होला?’
22
तब मानिसहरूले यसो भनेर जवाफ दिनेछन्, ‘किनकि तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्वरलाई तिनीहरूले त्यागेका छन्, र अरू देवी-देवताहरूलाई स्वीकार गरेर तिनीहरूलाई पुजिरहेका छन्। यसैकारण याहवेहले यी सबै विपत्तिहरू तिनीहरूमाथि ल्याउनुभयो।’ ”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36