bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Chronicles 20
2 Chronicles 20
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 21 →
1
त्यसपछि मोआबीहरू र अम्मोनीहरू केही मिद्यानीहरूसित मिलेर यहोशापातसित लडाइँ गर्न आए।
2
मानिसहरू आएर यहोशापातलाई भने, “एउटा विशाल फौज तपाईंको विरुद्धमा एदोमबाट मृत सागरको अर्को किनारबाट हासेसोन-तामार (अर्थात् एन-गदी) मा आइसकेका छन्।”
3
यहोशापातले डराएर याहवेहसित सल्लाह लिने सङ्कल्प गरे। तिनले सारा यहूदामा उपवास बस्नलाई घोषणा गरे।
4
यहूदाका मानिसहरू याहवेहबाट सहायता माग्न एकसाथ आए। वास्तवमा तिनीहरू उहाँसित सल्लाह माग्न यहूदाको प्रत्येक सहरबाट आए।
5
तब यहोशापात याहवेहको मन्दिरमा नयाँ चोकको सामु यहूदा र यरूशलेमको समुदायमा खडा भए,
6
र भने: “हे याहवेह, हाम्रा पुर्खाहरूका परमेश्वर, के स्वर्गमा हुनुहुने परमेश्वर तपाईं नै हुनुहुन्न? तपाईंले पृथ्वीका सारा राज्यहरूमा शासन गर्नुहुन्छ। अधिकार र शक्ति तपाईंकै हातमा छन्, र कोही पनि तपाईंको विरुद्धमा खडा हुन सक्दैन।
7
हे हाम्रा परमेश्वर, के तपाईंले आफ्नो जाति इस्राएलको सामु यस देशका मानिसहरूलाई धपाएर यसलाई तपाईंको मित्र अब्राहामका सन्तानहरूलाई सदाका निम्ति दिनुभएको होइन र?
8
तिनीहरू यसमा बसोबास गरेका छन्, र तपाईंको नामको खातिर यसो भन्दै एउटा पवित्रस्थान बनाएका छन्,
9
‘यदि हामीमाथि कुनै विपत्ति आयो भने अथवा न्यायको तरवार अथवा महामारी अथवा अनिकाल आयो भने हामी तपाईंको नाम भएको यस मन्दिरको सामु तपाईंको उपस्थितिमा खडा भएर आफ्नो सङ्कष्टमा तपाईंलाई पुकार्नेछौँ; अनि तपाईंले हाम्रो अर्जबिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ।’
10
“तर अब यहाँ अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरू आएका छन्। इस्राएलीहरू इजिप्टबाट भएर आउँदा तिनीहरूका प्रान्तमा तपाईंले इस्राएलीहरूलाई आक्रमण गर्न दिनुभएन। यसैकारण इस्राएलीहरू यिनीहरूलाई नाश नगरी गइहाले।
11
तिनीहरूले हामीलाई तपाईंले उत्तराधिकारस्वरूप दिनुभएको ठाउँबाट धपाउनलाई आएर कसरी बदला लिइरहेका छन्, त्यो हेर्नुहोस्।
12
हे हाम्रा परमेश्वर, के तपाईंले तिनीहरूको न्याय गर्नुहुन्न? किनकि हामीमाथि आक्रमण गर्ने यो विशाल फौजको सामना गर्ने शक्ति हामीमा छैन।”
13
यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू, सन्तानहरू र काखका बालबच्चाहरूसमेत त्यहाँ याहवेहको सामु खडा भए।
14
तब याहवेहको आत्मा आसापको सन्तान एक जना लेवी यहजीएलमाथि आउनुभयो। तिनी मत्तन्याहका जनाति, यीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा थिए।
15
तिनले भने: “हे सबै यहूदा र यरूशलेमका मानिसहरू र राजा यहोशापात, सुन्नुहोस्! याहवेहले तपाईंहरूलाई यसो भन्नुहुन्छ: ‘यो विशाल फौजको कारण नडराओ, र निराश नहोओ; किनकि यो लडाइँ तिमीहरूको होइन, तर परमेश्वरको हो।
16
भोलि तिनीहरूको विरुद्धमा तल जाओ। तिनीहरू जीजको घाटीबाट उकालो चढिरहेका हुनेछन्, र तिमीहरूले तिनीहरूलाई यरूएलको वनमा भएको घाटीमा भेट्टाउनेछौ।
17
तिमीहरूले यो लडाइँ लड्नु पर्नेछैन। आफ्नो मोर्चा लिनू र दह्रो भई खडा रहनू। हे यहूदा र यरूशलेम, याहवेहले तिमीहरूलाई दिने छुटकारालाई हेर! नडराओ र निराश नहोओ; भोलि तिनीहरूको सामना गर्न निस्कनू र याहवेह तिमीहरूसित हुनुहुनेछ।’ ”
18
यहोशापात भुइँतिर अनुहार पारेर घोप्टो परे; अनि यहूदा र यरूशलेमका मानिसहरू याहवेहको सामु दण्डवत् गर्न घोप्टो परे।
19
तब कहात र कोरहतर्फका केही लेवीहरू उभिएर चर्को सोरले याहवेह इस्राएलका परमेश्वरको प्रशंसा गरे।
20
बिहानै तिनीहरू तकोमा भएको उजाडस्थानतिर लागे। तिनीहरू निस्कँदा यहोशापातले खडा भएर भने, “हे यहूदा र यरूशलेमका मानिस हो, मेरो कुरा सुन! याहवेह आफ्ना परमेश्वरमाथि विश्वास गर, तब उहाँले तिमीहरूलाई सम्हाल्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्वास गर, तब तिमीहरू सफल हुनेछौ।”
21
मानिसहरूसित सल्लाह लिएपछि यहोशापातले याहवेहको पवित्रताको गौरवको निम्ति उहाँको स्तुति-प्रशंसा गर्न भनी मानिसहरूलाई नियुक्त गरे। तिनीहरू फौजको अगाडि यसो भन्दै गए: “याहवेहलाई धन्यवाद देओ; किनकि उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
22
तिनीहरूले स्तुति-प्रशंसाका गीतहरू गाइरहेको बेला याहवेहले यहूदामाथि आक्रमण गर्ने अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरूको विरुद्धमा धरापहरू राखिदिनुभयो, र तिनीहरू परास्त भए।
23
अम्मोन र मोआबका मानिसहरू सेइर पर्वतका मानिसहरूको विरुद्धमा तिनीहरूलाई सर्वनाश पार्नलाई उठे। तिनीहरूले सेइरका मानिसहरूलाई मारिसकेपछि तिनीहरूले एक-अर्कालाई नाश गरे।
24
जब यहूदाका मानिसहरूले उजाडस्थानलाई देखिने ठाउँमा आएर त्यस विशाल फौजतिर हेरे, तब उनीहरूले भुइँमा लासैलास मात्र लडिरहेका देखे; त्यहाँ कोही पनि उम्केको थिएन।
25
यसकारण यहोशापात र तिनका मानिसहरू लुटका माल बटुल्न गए। अनि तिनीहरूले उनीहरूसित प्रशस्त मात्रामा सामानहरू, लुगाहरू र मूल्यवान् चीजहरू बोक्न नसक्ने गरी पाए। लुटको माल यति धेरै थियो कि त्यो बटुल्न तिनीहरूलाई तीन दिन लाग्यो।
26
चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए, जहाँ तिनीहरूले याहवेहको प्रशंसा गरे। यसैकारण त्यसलाई आजको दिनसम्मै बराकाहको बेँसी भनिन्छ।
27
तब यहोशापातको अगुवाइमा यहूदा र यरूशलेमका सबै मानिसहरू हर्षसाथ यरूशलेममा फर्के। किनकि याहवेहले तिनीहरूलाई आफ्ना शत्रुहरूमाथि रमाउने कारण दिनुभएको थियो।
28
तिनीहरू यरूशलेममा प्रवेश गरे; अनि याहवेहको मन्दिरमा वीणा, सितार र तुरहीहरूको साथमा गए।
29
सबै वरिपरिका राष्ट्रहरूले याहवेहले इस्राएलका शत्रुहरूको विरुद्धमा युद्ध गर्नुभएको सुनेर परमेश्वरको डर तिनीहरूमा छायो।
30
यहोशापातको राज्य शान्तिमा रह्यो; किनकि तिनका परमेश्वरले तिनलाई चारैतिर विश्राम दिनुभएको थियो।
31
यसरी यहोशापातले यहूदामाथि राज्य गरे। यहूदाका राजा हुँदा तिनी पैँतीस वर्षका थिए। तिनले यरूशलेममा पच्चीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अजूबा थियो, र उनी शिल्हीकी छोरी थिइन्।
32
तिनी आफ्ना पिता आसाका चालहरूमा हिँडिरहे, र तिनी तीबाट यताउता लागेनन्। तिनले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे।
33
तर पनि देवस्थानहरू हटाइएनन्; किनभने अझ पनि मानिसहरूले आफ्ना हृदय तिनीहरूका पुर्खाहरूका परमेश्वरप्रति लगाएका थिएनन्।
34
यहोशापातको राज्यकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म नै हनानीका छोरा येहूको इतिहासको पुस्तकमा लेखिएका छन्। ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
35
पछिबाट यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसित मित्रता बाँधे, जो दुष्ट थिए।
36
व्यापार गर्नलाई जहाजहरू बनाउनका निम्ति तिनले अहज्याहसित सम्बन्ध राखे। यी जहाजहरू एस्योन-गेबेरमा बनाइए।
37
तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी गरेर भने, “तपाईंले अहज्याहसित मित्रता बाँधेका हुनाले याहवेहले तपाईंले बनाउनुभएका कुराहरू नाश पारिदिनुहुनेछ।” ती जहाजहरू भत्किए, र व्यापार गर्नको लागि जान सकेनन्।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36