bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Chronicles 22
2 Chronicles 22
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 23 →
1
अरबीहरूसित छाउनीमा लुटपाट गर्न आउनेहरूले यहोरामका सबै ठूला छोराहरूलाई मारिदिएका थिए। यसकारण यरूशलेमका मानिसहरूले तिनका कान्छा छोरा अहज्याहलाई तिनको ठाउँमा राजा तुल्याए। यसरी यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्य गर्न थाले।
2
राजा हुँदा अहज्याह बाइस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाम अतल्याह थियो, जो ओम्रीकी नातिनी थिइन्।
3
तिनी पनि आहाबका घरानाकै चालहरूमा हिँडे; किनकि तिनकी आमाले तिनलाई दुष्ट काम गर्न उत्साह दिइन्।
4
तिनले आहाबको घरानाले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे। किनकि तिनका पिताको मृत्युपछि तिनीहरू तिनका खराब कामहरूमा सल्लाहकार भए।
5
तिनी रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न इस्राएलका राजा आहाबका छोरा योरामसित गए; अनि तिनीहरूका सल्लाहअनुसार हिँडे। अरामीहरूले योरामलाई घाइते बनाए।
6
यसकारण अरामका राजा हजाएलसित रामोतमा लडाइँ गर्न जाँदा अरामीहरूले तिनलाई घाइते बनाएका थिए, र त्यसबाट निको हुन योराम यिजरेलमा फर्के। तब यहोरामका छोरा यहूदाका राजा अहज्याह आहाबका छोरा योरामलाई हेर्न भनी यिजरेलमा झरे; किनकि योराम घाइते भएका थिए।
7
योरामलाई भेट्न तिनी गएको कारण परमेश्वरले अहज्याहमाथि पतन ल्याउनुभयो। अहज्याह आइपुगेपछि तिनी योरामसित निम्शीका छोरा येहूलाई भेट्न बाहिर गए, जसलाई आहाबको घरानालाई नाश गर्न भनी याहवेहले नियुक्त गर्नुभएको थियो।
8
येहूले आहाबको घरानामाथि न्याय गरिरहेको बेला तिनले अहज्याहकहाँ गएका यहूदाका राजकुमारहरू र अहज्याहका आफन्तहरूका छोराहरूलाई भेट्टाए, जो अहज्याहका अधिकारीहरू थिए। येहूले तिनीहरू सबैलाई मारिदिए।
9
त्यसपछि तिनी अहज्याहलाई खोज्न निस्के। तिनका मानिसहरूले तिनी सामरियामा लुकिरहेको बेला पक्रे। तिनी येहूकहाँ लगिए र तिनी मारिए। तिनीहरूले तिनलाई गाडेर भने, “तिनी याहवेहलाई सम्पूर्ण हृदयले खोज्ने यहोशापातका छोरा थिए।” यसरी त्यस राज्यलाई स्थिर राख्नलाई सामर्थ्य भएको कुनै व्यक्ति अहज्याहको घरानामा थिएन।
10
अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, यसकारण तिनी यहूदाका सम्पूर्ण राज परिवारलाई नाश गर्न गइन्।
11
तर राजा यहोरामकी छोरी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका अरू राजकुमारहरूबाट चोरेर लगिन्। तिनी र तिनकी धाईलाई एउटा सुत्ने कोठामा राखिन्। राजा यहोरामकी छोरी र पुजारी यहोयादाकी पत्नी यहोशेबाचाहिँ अहज्याहकी दिदी भएकी हुनाले उनले बालकलाई अतल्याहबाट लुकाइन् र तिनले त्यसलाई मार्न सकिनन्।
12
अतल्याहले देशमा शासन नगरुन्जेल बालक उनीहरूसित परमेश्वरको मन्दिरमा छ वर्षसम्म लुकेर बसे।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36