bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Chronicles 33
2 Chronicles 33
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 34 →
1
राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे।
2
याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्टिमा दुष्टता गरे।
3
आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए, र अशेरा देवीका खम्बाहरू बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे; र तिनीहरूलाई पुजे।
4
तिनले “मेरो नाम यरूशलेममा सदासर्वदा रहनेछ” भन्नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए।
5
याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए।
6
तिनले आफ्ना छोराहरूलाई बेन-हिन्नोमको बेँसीमा आगोमा बलिदान गरे। तिनले जोखना हेर्न र तन्त्रमन्त्र, टुनामुना गर्न लगाए; अनि जादुगरी माध्यमहरू र भूतप्रेतहरूसित सल्लाह लिए। तिनले याहवेहको दृष्टिमा अति दुष्टता गरे; अनि उहाँलाई रिस उठाए।
7
तिनले आफूले खोपेका आकृतिलाई लिएर त्यसलाई परमेश्वरको मन्दिरमा राखिदिए, जसको विषयमा परमेश्वरले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु।
8
मोशाद्वारा दिइएका व्यवस्थाहरू, उर्दीहरू र नियमहरूका विषयमा मैले तिनीहरूलाई दिएका आज्ञाहरू होसियारीसाथ पालन गरे भने म इस्राएलीहरूलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट फेरि धपाउनेछैनँ।”
9
तर मनश्शेले यहूदा र यरूशलेमका मानिसहरूलाई बहकाए, र तिनीहरूले याहवेहले इस्राएलीहरूका सामु नष्ट गर्नुभएका जातिहरूले भन्दा बढी दुष्टता गरे।
10
याहवेह मनश्शे र तिनका मानिसहरूसित बोल्नुभयो, तर तिनीहरूले ध्यानै दिएनन्।
11
यसकारण याहवेहले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका सेनापतिहरू ल्याउनुभयो, जसले मनश्शेलाई कैदी बनाए। तिनीहरूले तिनको नाकमा अङ्कुसे लगाइदिए, र तिनलाई काँसाका साङ्लाहरूले बाँधे; अनि तिनलाई बेबिलोनमा लगे।
12
आफ्नो विपत्तिमा याहवेह तिनका परमेश्वरको निगाह खोजे, र आफैँलाई तिनका पुर्खाहरूका परमेश्वरको सामु विनम्र तुल्याए।
13
जब तिनले उहाँलाई प्रार्थना गरे, तब याहवेह तिनको बिन्तीले खुशी हुनुभयो र तिनको विनय सुन्नुभयो; अनि तिनलाई यरूशलेम र आफ्नो राज्यमा ल्याउनुभयो। तब मनश्शेले याहवेह नै परमेश्वर हुनुहुन्छ भनी थाहा पाए।
14
त्यसपछि तिनले बेँसीमा गीहोनको पश्चिमतिरको दावीदको सहरको बाहिरी पर्खाललाई माछाको मूलढोकाको मुखसम्मै ओपेल डाँडालाई फेरो लगाएर पुनर्निर्माण गरे; तिनले त्यसलाई अझ अग्लो बनाए। तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सेनापतिहरू राखिदिए।
15
तिनी परदेशी देवताहरूदेखि अलग भए; अनि तिनले याहवेहको मन्दिरबाट आकृतिहरू हटाइदिए। साथसाथै तिनले मन्दिरको डाँडा र यरूशलेममा तिनले बनाएका वेदीहरू हटाए, र ती सहरबाहिर फ्याँकिदिए।
16
त्यसपछि तिनले याहवेहको वेदीलाई पुनर्स्थापित गरे; अनि त्यसमाथि मेलबलि र धन्यवाद बलि चढाए, अनि यहूदालाई याहवेह इस्राएलका परमेश्वरको सेवा गर्नू भने।
17
तरै पनि मानिसहरूले देवस्थानहरूमा बलिदान चढाइरहे, तर याहवेह तिनीहरूका परमेश्वरका लागि मात्र चढाउँथे।
18
मनश्शेको शासनकालका अरू घटनाहरू, तिनका परमेश्वरलाई तिनले चढाएको प्रार्थना र याहवेह इस्राएलका परमेश्वरको नाममा तिनलाई दर्शीहरूले भनेका कुराहरू इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्।
19
तिनको प्रार्थना र तिनको विनयद्वारा कसरी परमेश्वर खुशी हुनुभयो, तिनले आफूलाई विनम्र बनाउन अगि तिनका पापहरू, अविश्वासयोग्यता र तिनले देवस्थानहरू बनाएर त्यसमा अशेराका खम्बाहरू र मूर्तिहरू राखेका घटनाहरू, यी सबै कुराहरू दर्शीहरूका पुस्तकमा लेखिएका छन्।
20
मनश्शे आफ्ना पिताहरूसित सुते; अनि तिनकै ठाउँमा गाडिए, र तिनीपछि तिनका छोरा आमोन राजा भए।
21
राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे।
22
तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे। मनश्शेले बनाएका सबै मूर्तिहरूलाई आमोनले दण्डवत् गरे, र तिनीहरूलाई बलिदान चढाए।
23
तर तिनका पिता मनश्शेले याहवेहको अगि आफूलाई विनम्र तुल्याएझैँ तिनले गरेनन्; आमोनले आफ्नो दोष अझ धेरै बनाए।
24
आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे।
25
तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 34 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36