bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Chronicles 34
2 Chronicles 34
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 35 →
1
राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे।
2
तिनले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। अनि दाहिने-देब्रे कतैपट्टि लागेनन्, तर आफ्ना पुर्खा दावीदका चालहरूमा हिँडे।
3
तिनको शासनकालको आठौँ वर्षमा आफू जवान हुँदै तिनले आफ्ना पुर्खा दावीदका परमेश्वरलाई खोज्न थाले। तिनको बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेमलाई देवस्थानहरू, अशेरा देवीका खम्बाहरू, खोपेका मूर्तिहरू र ढलौटे मूर्तिहरूबाट शुद्ध गर्न थाले।
4
तिनको निर्देशनमा बाल देवताका वेदीहरू भत्काइए। तिनले तीमाथि भएका धूप-वेदीहरूलाई टुक्रा-टुक्रा पारेर आकृतिहरूलाई धुलोपिठो बनाइदिए। तिनले ती कुराहरूलाई धुलोपिठो बनाएर तिनीहरूकहाँ बलिदान चढाउनेहरूका चिहानहरूमाथि छरिदिए।
5
तिनले पुजारीहरूका हाडहरू तिनीहरूका वेदीहरूमाथि जलाइदिए। यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध गरे।
6
मनश्शे, एफ्राइम, शिमियोनका सहरहरूमा र नप्तालीसम्मै तिनीहरूका चारैतिरका भग्नावशेषहरू मात्र होइन, तर तिनले वेदीहरू र अशेरा देवीका खम्बाहरू पनि भत्काइदिए।
7
तिनले ती मूर्तिहरूलाई टुक्रा-टुक्रा पारेर धुलोपिठो पारिदिए; अनि इस्राएलभरि भएका सबै धूप-वेदीहरूलाई टुक्रा-टुक्रा पारिदिए। तब तिनी यरूशलेममा फर्के।
8
योशियाहको शासनकालको अठारौँ वर्षमा तिनले देश र यरूशलेमलाई शुद्ध गर्न भनी असल्याहका छोरा शापान, सहरका प्रशासक मासेयाह र योआहाजका छोरा लेखापाल योआलाई याहवेह तिनका परमेश्वरको मन्दिर मर्मत गर्न भनी पठाए।
9
तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए, र द्वारपाल लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै भागबाट, साथै यहूदाका र बेन्यामीनका मानिसहरूबाट र यरूशलेमका मानिसहरूबाट उठाएर परमेश्वरको मन्दिरमा ल्याइएको रकम तिनलाई सुम्पिदिए।
10
तब तिनीहरूले त्यो याहवेहको मन्दिरमा भइरहेका कामको जिम्मामा नियुक्त गरिएका मानिसहरूलाई दिए। यी मानिसहरूले मन्दिर मर्मत गर्ने र पुनर्स्थापन गर्ने कर्मचारीहरूलाई दिए।
11
तिनीहरूले यहूदाका राजाहरूले भत्किन दिएका भवनहरूका दलिन र थाम्ने काठको निम्ति काटेका ढुङ्गाहरू र काठहरू किन्न सिकर्मी र डकर्मीहरूलाई पनि रकम दिए।
12
ती मानिसहरूले विश्वासयोग्यतामा काम गरे। तिनीहरूलाई निर्देशन दिनलाई तिनीहरूमाथि मरारीका सन्तान लेवी यहत र ओबदिया थिए, जो कहातका सन्तान जकरिया र मशुल्लाम थिए। वाद्य-यन्त्रमा दक्ष लेवीहरू थिए,
13
जसलाई मजदुरहरूको जिम्मा दिइएको थियो र तिनीहरूले सबै कर्मचारीहरूको काम रेखदेख गर्थे। लेवीहरूमध्ये केही सचिव, शास्त्री र द्वारपालहरू थिए।
14
जब तिनीहरूले याहवेहको मन्दिरमा सङ्कलन गरिएको रकम बाहिर ल्याए, तब पुजारी हिल्कियाहले मोशाद्वारा दिइएको याहवेहको व्यवस्थाको पुस्तक भेट्टाए।
15
हिल्कियाहले सचिव शापानलाई भने, “मैले याहवेहको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए।
16
तब शापानले त्यो पुस्तक राजाकहाँ लगे, र तिनलाई खबर दिए: “तपाईंका कर्मचारीहरूले तिनीहरूलाई जिम्मा दिएअनुसार सबै काम गरिरहेका छन्।
17
तिनीहरूले याहवेहको मन्दिरमा भएको रकम तिरिदिएका छन्। अनि त्यसलाई अधिकारीहरू र कर्मचारीहरूको जिम्मामा दिइसकेका छन्।
18
त्यसपछि पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” सचिव शापानले त्यसलाई राजाको उपस्थितिमा पढे।
19
व्यवस्थाका कुराहरू सुनेपछि राजाले आफ्नो वस्त्र च्याते।
20
तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका सेवक असाहायाहलाई हुकुम दिए:
21
“जाओ र मेरा निम्ति, इस्राएल र यहूदाका बाँकी रहेकाहरूका निम्ति यो भेट्टाइएको पुस्तकमा लेखिएका कुराहरूबारे याहवेहसित सल्लाह लेओ। हाम्रा पुर्खाहरूले याहवेहको वचन पालन नगरेका र तिनीहरूले यस पुस्तकमा लेखिएअनुसार नगरेका हुनाले हामीमाथि याहवेहको ठूलो क्रोध खनिएको छ।”
22
हिल्कियाह र राजाले तिनीसित पठाएकाहरू अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए, जो वस्त्रहरूको रेखदेख गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्नी थिइन्। उनी यरूशलेमको नयाँ भागमा बस्थिन्।
23
उनले तिनीहरूलाई भनिन्, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्,
24
याहवेह यसो भन्नुहुन्छ: ‘म यस ठाउँ र यसमा भएका मानिसहरूमा विपत्ति, अर्थात् यहूदाको राजाको सामु यस पुस्तकबाट पढिएका श्रापहरू ल्याउनेछु।
25
तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूका निम्ति धूप बालेका छन्। तिनीहरूका हातले बनाएका सबै कुराहरूले मलाई रिस उठाएका छन्। यसकारण यस ठाउँमा मेरो क्रोध खन्याइनेछ, र त्यो शान्त हुनेछैन।’
26
याहवेहसित सल्लाह लिन तिमीहरूलाई पठाउने यहूदाका राजालाई भन्, ‘तैँले सुनेका कुराहरूको विषयमा याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
27
तेरो हृदयले मेरा कुरा सुनेको हुनाले, यस ठाउँ र यसका मानिसहरूको विरुद्धमा मैले भनेको सुनेर तैँले आफूलाई परमेश्वरको सामु विनम्र तुल्याइस्; यसकारण तैँले मेरो सामु आफूलाई विनम्र तुल्याएर आफ्नो वस्त्र च्यातेर मेरो सामु रोइस्। अब मैले तेरो पुकार सुनेको छु भनी याहवेह घोषणा गर्नुहुन्छ।
28
अब म तँलाई तेरा पुर्खाहरूकहाँ भेला गराउनेछु, र तँ शान्तिमा गाडिनेछस्। तेरा आँखाले मैले यस ठाउँमा र यहाँ बस्नेहरूमा ल्याउने सबै विपत्तिहरू देख्नेछैन।’ ” यसकारण तिनीहरूले उनको जवाफ राजाकहाँ लगे।
29
तब राजाले यहूदा र यरूशलेमका सबै प्रधानहरूलाई एकसाथ बोलाए।
30
तिनी, यहूदाका र यरूशलेमका सबै बासिन्दाहरू, साथै पुजारीहरू र लेवीहरू, र सानादेखि लिएर ठूला सबै मानिसहरू याहवेहको मन्दिरसम्म गए। तिनले सबैले सुन्ने गरी याहवेहको मन्दिरमा भेट्टाइएको करारको पुस्तकबाट सबै कुराहरू पढे।
31
राजा आफ्नो खम्बाको छेउमा उभिए, र याहवेहको पछि लाग्न, उहाँका आज्ञाहरू, नियमहरू अनि उर्दीहरू आफ्नो सम्पूर्ण हृदय र प्राणले पालन गर्नको लागि र त्यस पुस्तकमा लेखिएका करारका वचनहरू पालन गर्न भनी याहवेहको सामु एउटा करार बाँधे।
32
तब तिनले यरूशलेम र बेन्यामीनमा भएका हरेकलाई करारका वचनमाथि प्रतिज्ञा गराए; यरूशलेमका मानिसहरूले परमेश्वर, अर्थात् तिनीहरूका पुर्खाहरूका परमेश्वरको करारअनुसार गरे।
33
योशियाहले सबै घृणित मूर्तिहरूलाई इस्राएलका सबै प्रान्तहरूबाट हटाए, र तिनले इस्राएलमा उपस्थित रहेका सबैलाई याहवेह तिनीहरूका परमेश्वरको सेवा गर्न लगाए। तिनी बाँचुन्जेल तिनीहरूले कहिल्यै पनि याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरको पछि लाग्न छोडेनन्।
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 35 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36