bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Chronicles 24
2 Chronicles 24
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 25 →
1
राजा हुँदा योआश सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाम सिब्या थियो; जो बेर्शेबाकी थिइन्।
2
योआशले पुजारी यहोयादाको जीवनकालभरि नै याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे।
3
यहोयादाले तिनका निम्ति दुई पत्नीहरू चुने, जसबाट तिनका छोराछोरीहरू भए।
4
केही समयपछि योआशले याहवेहको मन्दिर मर्मत गर्ने निश्चय गरे।
5
तिनले पुजारीहरू र लेवीहरूलाई एकसाथ बोलाएर तिनीहरूलाई भने, “यहूदाका सहरहरूमा गएर सारा इस्राएलीहरूबाट वर्षेनी परमेश्वरको मन्दिर मर्मत गर्ने रकम बटुल्नुहोस्। यो काम छिट्टै गरिहाल्नू।” तर लेवीहरूले झट्टै काम गरेनन्।
6
यसकारण राजाले मुख्य पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “याहवेहको सेवक मोशा र इस्राएलको समुदायले साक्षी पाटीको पालको निम्ति तोकिएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी किन लेवीहरूलाई कर लाउनुभएन?”
7
त्यस बेला त्यस दुष्ट स्त्री अतल्याहका छोराहरू परमेश्वरको भवनभित्र जबरजस्ती पसे; अनि त्यसका पवित्र चीजहरू पनि बालहरूको निम्ति प्रयोग गरेका थिए।
8
राजाको आदेशमा एउटा बाकस बनाइयो, र त्यसलाई याहवेहको भवनको मूलढोकामा बाहिर राखियो।
9
त्यसपछि यहूदा र यरूशलेममा याहवेका निम्ति कर ल्याउनुपर्छ भनी घोषणा गरियो, जुन कर परमेश्वरका जन मोशाले इस्राएलमाथि उजाडस्थानमा लगाएका थिए।
10
सबै अधिकृतहरू र मानिसहरूले आ-आफ्ना भेटी बाकस नभरुन्जेल खुशीसाथ त्यसमा हालिरहे।
11
लेवीहरूले जहिले पनि त्यो बाकस राजाका अधिकृतहरूकहाँ ल्याउँथे, र तिनीहरूले त्यहाँ धेरै रकम भएको देख्थे। राजकीय सचिव र मुख्य पुजारीका अधिकृत आएर त्यो बाकस खाली गरेर त्यसलाई त्यसकै ठाउँमा राखिदिन्थे। तिनीहरूले नियमित रूपले त्यसो गरे, र ठूलो रकम जम्मा गरे।
12
राजा र यहोयादाले त्यो रकम याहवेहको भवनको निम्ति काम गर्ने मानिसहरूलाई दिए। तिनीहरूले याहवेहको भवन पुनर्निर्माण गर्नको लागि डकर्मीहरू, सिकर्मीहरू, र मन्दिर मर्मत गर्नको लागि फलाम र काँसाका काम गर्नेहरूलाई पनि ज्यालामा लिए।
13
काम जिम्मा लिएका मानिसहरू उद्यमी थिए, र तिनीहरूको अधीनमा काम अगि बढ्यो। तिनीहरूले परमेश्वरको भवन त्यसको पहिलेको नमुनाअनुसार पुनर्निर्माण गरे, र थप बलियो बनाए
14
तिनीहरूले सिद्ध्याएपछि बाँकी रहेको रकम राजा र यहोयादाकहाँ ल्याए। अनि त्यसबाट याहवेहको भवनका सामग्रीहरू, सेवाका निम्ति र होमबलिका निम्ति सामग्रीहरू, सुन र चाँदीका थाल, कचौरा र अरू चीजहरू बनाइए। यहोयादा बाँचुन्जेल याहवेहको भवनमा होमबलि चढाउने काम भइरह्यो।
15
जब यहोयादा वृद्ध भए, तब तिनी एक सय तीस वर्षको उमेरमा मरे।
16
तिनले परमेश्वर र उहाँको भवनका निम्ति इस्राएलमा असल काम गरेकाले तिनी राजाहरूसित दावीदको सहरमा गाडिए।
17
यहोयादाको मृत्युपछि यहूदाका अधिकृतहरू आए, र राजालाई दण्डवत् गरे। तब तिनले उनीहरूका कुरा सुने।
18
तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरको भवनलाई त्यागे; अनि अशेरा देवीका खम्बाहरू र मूर्तिहरूलाई पुजे। तिनीहरूका दोषको कारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आयो।
19
याहवेहले मानिसहरूलाई आफूकहाँ फर्काएर ल्याउनलाई अगमवक्ताहरू पठाउनुभयो; अनि तिनीहरूले उनीहरूका विरुद्धमा साक्षी दिए, तर उनीहरूले सुनेनन्।
20
तब याहवेहको आत्मा पुजारी यहोयादाका छोरा जकरियाकहाँ आउनुभयो। मनिसहरूको सामु खडा भएर तिनले भने, “परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरू याहवेहका आज्ञाहरू किन उल्लङ्घन गर्छौ? तिमीहरूको उन्नति हुनेछैन। तिमीहरूले याहवेहलाई त्यागेका छौ, यसकारण उहाँले पनि तिमीहरूलाई ल्याग्नुभएको छ।’ ”
21
तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र राजाको आज्ञाअनुसार तिनीहरूले उनलाई याहवेहको मन्दिरको आँगनमा ढुङ्गाले हानेर मारे।
22
राजा योआशले जकरियाका पिता यहोयादाले तिनीप्रति देखाएको दया सम्झेनन्, तर तिनका छोरालाई मारे। अनि मर्ने बेला तिनले यसो भने, “याहवेहले यो देखून्, तपाईंसित त्यही अनुसारको लेखा लिऊन्।”
23
त्यस वर्षको अन्त्यमा अरामको फौज योआशको विरुद्धमा आए। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरे। मानिसहरूका सबै अगुवाहरूलाई मारिदिए। तिनीहरूले लुटका सबै मालहरू तिनीहरूका राजाकहाँ दमस्कसमा पठाइदिए।
24
अरामी फौजमा थोरै मानिसहरू थिए; तापनि याहवेहले तिनीहरूका हातमा एउटा धेरै ठूलो फौजलाई सुम्पिदिनुभयो। यहूदाले याहवेह आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेको कारण योआशमाथि न्याय पर्न गयो।
25
अरामीहरू हटेर जाँदा तिनीहरूले योआशलाई घाइते अवस्थामा छोडे। तिनका अधिकृतहरूले पुजारी यहोयादाका छोरा जकरियाको हत्याको कारण तिनको विरुद्धमा षड्यन्त्र गरे, तब तिनलाई आफ्ना पलङमै मारे। यसरी तिनी मरे, र दावीदको सहरमा गाडिए, तर राजाहरूका चिहानहरूमा गाडिएनन्।
26
तिनको विरुद्धमा षड्यन्त्र गर्नेहरू यिनै थिएः अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद।
27
तिनका छोराहरूको विवरण र तिनको विषयमा भएका धेरै अगमवाणीहरू र परमेश्वरको भवनको पुनर्निर्माणको विषयमा राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36