bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Chronicles 31
2 Chronicles 31
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 32 →
1
जब उत्सव सकियो, तब उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका नगरहरूमा गएर चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए; अनि अशेरा देवीका खम्बाहरू ढालिदिए। तिनीहरूले समस्त यहूदा र बेन्यामीन, एफ्राइम र मनश्शेका अग्ला देवस्थान र वेदीहरू भत्काइदिए। यी सबै गरिसकेपछि प्रत्येक इस्राएली आ-आफ्नो नगर र पैतृक भूमिमा फर्के।
2
हिजकियाहले पुजारीहरू र लेवीहरूका प्रत्येकलाई तिनीहरूका पुजारी र लेवीहरूका कर्तव्यअनुसार होमबलि र मेलबलिहरू चढाउन, धन्यवाद चढाउन; अनि सेवा गर्नलाई याहवेहको वासस्थानका मूलढोकाहरूमा प्रशंसा-स्तुतिहरू गाउने काममा दल-दल गरेर खटाइदिए।
3
राजाले आफ्नै सम्पत्तिबाट याहवेहको व्यवस्थामा लेखिएअनुसार बिहान र बेलुकाका होमबलिहरू र शब्बाथहरू, औँसीहरू र तोकिएका चाडहरूका निम्ति भेटी दिए।
4
पुजारीहरू र लेवीहरूले आफूलाई याहवेहको व्यवस्थाका निम्ति अर्पण गर्न सकून् भनेर राजाले यरूशलेममा बस्ने मानिसहरूलाई पुजारीहरू र लेवीहरूको भाग दिनू भनेर हुकुम गरे।
5
त्यो हुकुम हुनेबित्तिकै इस्राएलीहरूले उदार चित्तले आफ्ना अन्न, नयाँ दाखमद्य, जैतुनको तेल, मह र खेतले उब्जाएका सबै कुराको पहिलो फल दिए। तिनीहरूले हरेक कुराको प्रशस्त मात्रामा दशांश ल्याए।
6
यहूदाका नगरहरूमा बस्ने इस्राएल र यहूदाका मानिसहरूले पनि आफ्ना बथान र बगालका दशांश र याहवेह तिनीहरूका परमेश्वरकहाँ अर्पण गरिएका पवित्र चीजहरूको दशांश ल्याए; अनि तिनीहरूले ती कुराहरूको थाक-थाक लगाए।
7
तिनीहरूले तेस्रो महिनामा थाकहरू लगाउन थाले, र सातौँ महिनामा सिद्ध्याए।
8
जब हिजकिया र तिनका सबै अधिकृतहरू आएर ती थाकहरू देखे, तब तिनीहरूले याहवेहको प्रशंसा गरे, र आफ्ना प्रजा इस्राएललाई आशीर्वाद दिए।
9
हिजकियाले ती थुप्राहरूको विषयमा पुजारीहरू र लेवीहरूलाई सोधे,
10
र सादोकको परिवारबाटका मुख्य पुजारी अजर्याहले जवाफ दिए, “मानिसहरूले आफ्ना भेटीहरू याहवेहको मन्दिरमा ल्याउन थालेदेखि हामीसित खानलाई प्रशस्त छन् र प्रशस्त उब्रन्छन्। किनकि याहवेहले उहाँका मानिसहरूलाई आशिष् दिनुभएको छ, र धेरै मात्रामा उब्रेका पनि छन्।”
11
हिजकियाले याहवेहको मन्दिरमा भण्डार-कक्षहरू तयार गर्ने हुकुम दिए; अनि तिनीहरूद्वारा ती तयार गरिए।
12
तब तिनीहरूले विश्वासयोग्यतासाथ भेटीहरू, दशांशहरू र अर्पण गरिएका उपहारहरू ल्याए। यी कुराहरूका अधिकृत लेवी कनन्याह थिए। अनि उपअधिकृत पदमा चाहिँ तिनका भाइ शिमी थिए।
13
राजा हिजकिया र परमेश्वरको मन्दिरको जिम्मामा रहेका अधिकृत अजर्याहद्वारा नियुक्त गरिएका यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह, कनन्याह र तिनका भाइ शिमीका अधीनमा रेखदेख गर्नेहरू थिए।
14
लेवी यिम्नाका छोरा कोरे पूर्वपट्टि मूलढोकाका द्वारपाल थिए; अनि तिनीचाहिँ परमेश्वरका स्वेच्छा-भेटीहरू, याहवेहका भेटीहरू र पवित्र गराइएका चीजहरू बाँड्ने काममा अधिपति थिए।
15
अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याहले तिनीहरूका सङ्गी पुजारीहरूका सहरहरूमा तिनीहरूका दल-दलअनुसार, तिनीहरूका बुढापाका र जवानहरूलाई विश्वासयोग्य रूपले बाँड्नलाई लेवी कोरेलाई सहायता गरे।
16
यसबाहेक तिनीहरूले वंशावलीमा नाम दर्ता भएका तीन वर्ष उमेर पुगेका र त्योभन्दा माथिकालाई आफ्ना जिम्मेवारी र दलहरूअनुसार तिनीहरूका विभिन्न कामहरूका जिम्मेवारी दिनहुँ निभाउनका लागि याहवेहको मन्दिरभित्र प्रवेश गर्नेहरूलाई पनि बाँडिदिए।
17
तिनीहरूले आफ्ना परिवारहरूका वंशावलीमा नाम दर्ता गराइदिएका र बीस वर्षभन्दा माथिका लेवीहरूलाई तिनीहरूका जिम्मेवारी र दलअनुसारका पुजारीहरूलाई बाँडिदिन्थे।
18
तिनीहरूले सबै बालबच्चा, पत्नी र यी वंशावलीहरूमा सूचित भएका सम्पूर्ण समाजका छोराछोरीहरूलाई पनि सामेल गराए। किनकि तिनीहरू आफूलाई पवित्र पार्नमा विश्वासयोग्य थिए।
19
सहरहरूका चारैतिर भएका खेतीका जमिनहरूमा बस्ने अथवा कुनै सहरमा बस्ने हारूनका वंशका पुजारीहरू, हारूनका सन्तानहरूका निम्ति चाहिँ तिनीहरूका बीचमा भएका हरेक पुरुष र लेवीका वंशावलीहरूमा दर्ता भएअनुसार सबैका भागहरू बाँडिदिन नामद्वारा तोकिएका मानिसहरू खटाइएका थिए।
20
हिजकियाले यहूदाभरि यसो गरेर याहवेह आफ्ना परमेश्वरको दृष्टिमा जे असल, ठिक र सत्य थियो, त्यही गरे।
21
परमेश्वरको मन्दिरको सेवा, व्यवस्था र आज्ञाहरूका पालनमा तिनले गरेका हरेक काममा तिनले आफ्ना परमेश्वरलाई खोजे र सम्पूर्ण हृदयले गरे। यसकारण तिनको उन्नति भयो।
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 32 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36