bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Chronicles 9
2 Chronicles 9
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 10 →
1
जब शेबाकी रानीले सोलोमनको ख्यातिको विषयमा सुनिन्, तब तिनी उनलाई जाँच गर्नलाई कठिन प्रश्नहरू लिएर यरूशलेममा आइन्। तिनी विशाल लावालश्करको साथमा मसलाहरू, धेरै सुन र बहुमूल्य पत्थरहरू ऊँटहरूमा लदाएर सोलोमनकहाँ आइन्। तिनले सोलोमनसित आफ्ना मनका सबै प्रश्नहरू सोधिन्।
2
सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। उनले शेबाकी रानीलाई बताउन नसक्ने एउटै प्रश्न पनि कठिन थिएन।
3
जब शेबाकी रानीले सोलोमनको बुद्धि जाँचेर सकिन्; अनि उनले बनाएको त्यो महल,
4
उनका टेबुलका भोजन, उनका अधिकृतहरूको बसाइ, हेरविचार गर्ने नोकरहरू र उनका विशिष्ट वस्त्र, आफ्ना विशिष्ट वस्त्रसहितका मद्य टक्राउनेहरू र उनले याहवेहको मन्दिरमा चढाएका होमबलिहरू देखिन्, तब तिनी छक्क परिन्।
5
तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ।
6
तर आफैँ आएर आफ्नै आँखाले नदेखेसम्म मैले तिनीहरूले भनेका कुराहरू पत्याएकी थिइनँ। साँच्चै, मलाई त तपाईंको महानताको विषयमा आधा पनि बताइएको रहेनछ। मैले सुनेको कुराभन्दा तपाईं अझ बुद्धिमान् हुनुहुँदोरहेछ।
7
तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्!
8
याहवेह तपाईंको परमेश्वरको प्रशंसा होस्, जसले तपाईंमा आनन्द लिनुभएर याहवेह तपाईंको परमेश्वरका निम्ति शासन गर्नलाई राजाको रूपमा आफ्नो सिंहासनमा बसाल्नुभएको छ। तपाईंको परमेश्वरले तिनीहरूलाई सदासर्वदा सम्हाल्न इस्राएललाई प्रेम गर्नुभयो। त्यसकारण न्याय र धार्मिकता अटल राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभएको छ।”
9
तब तिनले राजालाई एक सय बीस टालेन्ट सुन, धेरै मसलाहरू र बहुमूल्य पत्थरहरू दिइन्। शेबाकी रानीले राजा सोलोमनलाई जुन मसलाहरू दिएकी थिइन्, त्यस्तो फेरि कहिल्यै आएन।
10
(हीरामका मानिसहरू र सोलोमनका मानिसहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ र बहुमूल्य पत्थरहरू पनि ल्याए।
11
राजाले ती चन्दनका काठहरू याहवेहको मन्दिर र राजमहलका खुड्किलाहरू बनाउने काममा तथा सङ्गीतकारहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा लगाए। त्यस्ता कुराहरू यहूदामा कहिल्यै देखिएको थिएन।)
12
राजा सोलोमनले शेबाकी रानीलाई तिनले इच्छा गरेका र मागेका सबै कुराहरू दिए। उनीकहाँ तिनले जे-जे ल्याएकी थिइन्, त्योभन्दा बढी उनले तिनलाई दिए। त्यसपछि तिनी आफ्ना लावालस्करसित आफ्नै देशमा फर्किन्।
13
सोलोमनले प्रतिवर्ष पाउने सुनको तौल छ सय छयसट्ठी टालेन्ट थियो।
14
यस अतिरिक्त सामान निर्यात गर्ने व्यापारी र व्यवसायीहरूले पनि राजस्व ल्याउँथे। अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूले पनि राजाका निम्ति सुन र चाँदी ल्याउँथे।
15
राजा सोलोमनले पिटेको सुनका दुई सय वटा ठूला-ठूला ढालहरू बनाए। हरेक ढालमा छ सय शेकेल पिटिएको सुन लागेको थियो।
16
तिनले प्रत्येक ढालमा तीन सय शेकेल सुन लाग्ने गरी तीन सय वटा स-साना ढालहरू पनि पिटेका सुनले बनाए। राजाले ती ढालहरू लेबनानको वनमा भएको महलमा राखे।
17
त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे।
18
सिंहासनमा उक्लने छ वटा खुड्किलाहरू थिए। त्यसमा सुनको पाउदान जोडिएको थियो। आसनका दुवैतिर हात अडाउने बाहुहरू थिए। हरेकको छेउ-छेउमा एक-एक वटा सिंह उभिएका थिए।
19
ती छ वटा खुड्किलाहरूमा, प्रत्येक खुड्किलामा दुई-दुई गरी जम्मा बाह्र वटा सिंहहरू थिए। कुनै पनि राज्यमा योजस्तो कहिल्यै बनाइएको थिएन।
20
राजा सोलोमनका पिउने सबै कचौराहरू सुनका थिए। लेबनानको वनको महलका सबै घरका सामानहरू निखुर सुनका थिए। कुनै पनि चीज चाँदीको बनाइएको थिएन; किनकि सोलोमनको समयमा चाँदी कम मूल्यको गनिन्थ्यो।
21
राजासित तर्शीशमा हीरामका मानिसहरूद्वारा चलाइने व्यापारी जहाजहरूको एक दल थियो। प्रत्येक तेस्रो वर्ष यो सुन, चाँदी, हस्तीदन्त, बाँदर र ढेढुहरू लिएर फर्कन्थ्यो।
22
यसरी राजा सोलोमन धन र बुद्धिमा संसारका सबै राजाहरूभन्दा महान् थिए।
23
संसारका सबै राजाहरू परमेश्वरले सोलोमनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्नका निम्ति तिनको सामु जाने इच्छा गर्दथे।
24
वर्षैपिच्छे आउने हरेकले उपहारस्वरूप चाँदी र सुनका सामानहरू, वस्त्रहरू, हतियारहरू र मसलाहरू, घोडाहरू र खच्चरहरू ल्याउँथे।
25
आफ्ना घोडा र रथहरूका निम्ति सोलोमनका चार हजार तबेला थिए। तिनका बाह्र हजार घोडाहरू थिए। तीमध्ये कतिलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाईचाहिँ आफूसित यरूशलेममा राखे।
26
तिनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देशसम्म, इजिप्टको सिमानासम्म सबै राजाहरूमाथि शासन गर्थे।
27
राजाले यरूशलेममा चाँदीलाई ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए।
28
सोलोमनका घोडाहरू इजिप्टबाट र अरू देशहरूबाट आयात गरिन्थे।
29
सोलोमनको शासनकालका अरू घटनाहरू, सुरुदेखि अन्त्यसम्म, नातान अगमवक्ताको इतिहास, शीलोनी अहीयाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्तकमा वर्णन गरिएका छैनन् र?
30
सोलोमनले सारा इस्राएलमाथि यरूशलेममा चालीस वर्ष राज्य गरे।
31
त्यसपछि तिनी आफ्ना पुर्खाहरूसित सुते, र आफ्ना पिता दावीदको सहरका चिहानमा गाडिए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36