bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Chronicles 16
2 Chronicles 16
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 17 →
1
आसाको शासनकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा उठे। तिनले कसैलाई पनि यहूदाका राजा आसाको प्रान्तबाट बाहिर जान र भित्र पस्न नदिनलाई रामाको चारैतिर पर्खाल बनाए।
2
तब आसाले याहवेहको मन्दिरका भण्डारहरूमा भएका र तिनका आफ्नै महलमा भएका चाँदी र सुन निकालेर दमस्कसमा अरामका राजा बेन-हददकहाँ पठाए।
3
तिनले भने, “मेरा पिता र तपाईंका पिताको बीचमा झैँ, म र तपाईंको बीचमा पनि एउटा सन्धि होस्। हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुन पठाइरहेको छु। अब तपाईं र इस्राएलका राजा बाशाको बीचको सन्धि तोड्नुहोस्; ताकि तिनी मदेखि हटेर जाऊन्।”
4
तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्तालीका सबै भण्डार सहरहरू जिते।
5
यो सुनेर बाशाले रामालाई निर्माण गर्न छोडिदिए, र आफ्नो काम बन्द गरिदिए।
6
राजा आसाले यहूदाका सबै मानिसहरू ल्याए; अनि तिनीहरूले रामाबाट बाशाले प्रयोग गरिरहेका ढुङ्गा र काठहरू बोकेर लगे। ती थोकहरूबाट तिनले गेबा र मिस्पा निर्माण गरे।
7
त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए, र तिनले उनलाई भने: “तपाईंले याहवेह, तपाईंका परमेश्वरमाथि होइन; तर अरामका राजामाथि भरोसा गर्नुभएको कारण आरामका राजाका सेना तपाईंको हातबाट उम्क्यो।
8
के कूशी र लिबियालीहरू धेरै संख्यामा रथहरू र घोडचढीहरू भएका शक्तिशाली फौज थिएनन् र? तरै पनि तपाईंले याहवेहमाथि भरोसा राख्नुभएको हुनाले उहाँले तिनीहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो।
9
किनकि जसको हृदय उहाँप्रति पूर्ण रूपमा समर्पित छ, तिनीहरूलाई बलियो पार्नको लागि याहवेहको दृष्टि पृथ्वीभरि रहिरहेको हुन्छ। तपाईंले मूर्ख काम गर्नुभयो; यसैले अब उसो तपाईंले युद्ध गरिरहनुपर्नेछ।”
10
यसकारण आसा दर्शीसित यतिसम्म रिसाए, कि तिनले उनलाई झ्यालखानामा हालिदिए। त्यस बेला तिनले केही मानिसहरूमाथि धेरै अत्याचार पनि गरे।
11
आसाको शासनकालका सुरुदेखि अन्तिमसम्मका घटनाहरू यहूदा र इस्राएलका राजाहरूका पुस्तकहरूमा लेखिएका छन्।
12
तिनको शासनको उनन्चालीसौँ वर्षमा आसाको खुट्टामा एउटा रोगले आक्रमण गर्यो। तिनको रोग गम्भीर भए तापनि आफ्नो बिरामी अवस्थामा तिनले याहवेहबाट सहायता नमागेर वैद्यहरू मात्र खोजे।
13
तब आफ्नो शासनकालको एकचालीसौँ वर्षमा आसा मरे, र आफ्ना पुर्खाहरूसित सुते।
14
मानिसहरूले तिनलाई चिहानमा गाडे, जो तिनले दावीदको सहरमा आफ्नो निम्ति बनाएका थिए। तिनीहरूले सबै किसिमका मसला र मिसाएका सुगन्धित मसलामाथि तिनलाई राखे; अनि तिनीहरूले तिनको सम्मानमा मृत्युको शोक प्रकट गर्दै एउटा ठूलो आगो बाले।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36