bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 1
Nehemiah 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 2 →
1
यो हकल्याहको छोरो नहेम्याहले गरेको कामको वर्णन हो। [1] अर्तासास्त फारस देशका राजा छँदा उनले शासन गरेको बीसौँ वर्षमा किसलेव भनिने महिनामा म नहेम्याह फारस देशको राजधानी शूशनमा थिएँ।
2
त्यसै बेला हनानी नाम भएको मेरो एउटा भाइ एक दल मानिसहरूसँग यहूदाबाट आइपुग्यो। मैले उनीहरूलाई यरूशलेमको बारेमा र बेबिलोनियाको कैदबाट फर्किगएका आफ्ना यहूदा भाइ-बन्धुहरूका बारेमा सोधपुछ गरें।
3
ती कैदबाट बाँचेर घर फर्केका यहूदीहरू महासङ्कष्टमा छन्, छेउ-छाउमा बस्ने विदेशीहरूले तिनीहरूलाई हेला गर्छन्, यरूशलेमको पर्खाल अझै भत्केकै छ र आगाले नष्ट भएको दिनदेखि आजसम्म त्यसका फाटकहरू मर्मत भएका छैनन् भनेर तिनीहरूले मलाई भने।
4
यी कुरा सुनेर म भूइँमा बसें र रोएँ। मैले धेरै दिन शोक गरें र केही खाइनँ। मैले परमेश्वरलाई प्रार्थना गरें,
5
“हे परमप्रभु, स्वर्गका परमेश्वर, तपाईं महान् हुनुहुन्छ, हामी तपाईंको भय मान्छौं। तपाईंका आज्ञा मान्ने र तपाईंलाई प्रेम गर्नेहरूसँग गर्नुभएको आफ्नो करार तपाईंले विश्वासयोग्यतासाथ पूरा गर्नुहुन्छ।
6
मलाई हेर्नुहोस्, प्रभु! मेरो बिन्ती सुन्नुहोस्, म रात-दिन तपाईंको दास इस्राएलीहरूको निम्ति प्रार्थना गर्दछु। हामी इस्राएलीहरूले पाप गर्यौं। म मान्दछु। मेरा पुर्खाहरूले पाप गरे, मैले पनि पाप गरें।
7
हामीले तपाईंको विरुद्धमा दुष्कर्म गरेका छौं र तपाईंका आज्ञा मानेका छैनौं। तपाईंले आफ्ना दास मोशाद्वारा दिनुभएका विधि विधानहरू हामीले मानेका छैनौं।
8
तपाईंले मोशालाई दिनुभएका आफ्ना यी वचन स्मरण गर्नुहोस्, ‘तिमी इस्राएलका मानिसहरू अविश्वासी भयौ भने म तिमीहरूलाई अरू जातिहरूका बीच छरपस्ट पार्नेछु।
9
तर तिमीहरू मतिर फर्की आयौ र मेरा आज्ञापालन गर्यौ भने म तिमीहरूलाई मैले छानेको मेरो आराधनास्थलमा फर्काई ल्याउनेछु। संसारका कुना-कुनासम्म तिमीहरू छरिएका छौ भने पनि म तिमीहरूलाई फर्काई ल्याउनेछु।’
10
“हे परमप्रभु! यिनीहरू तपाईंका दास हुन्, तपाईंका आफ्ना प्रजा हुन्। तपाईंले आफ्नो महान् बल र शक्तिले यिनीहरूको उद्धार गर्नुभएको हो।
11
मेरो प्रार्थना सुन्नुहोस्। तपाईंलाई आदर गर्न चाहने तपाईंका अरू सबै दासहरूका प्रार्थना सुन्नुहोस्। मलाई आज सफलता दिनुहोस् र राजालाई मतिर दयालु बनाउनुहोस्।” ती दिनमा म राजाको मद्य टक्र्याउने एउटा अधिकारी थिएँ।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13