bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 10
Nehemiah 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 11 →
1
करार-पत्रमा सबैभन्दा पहिले हकल्याहको छोरा नहेम्याह बडा-हाकिमले सही गरे। त्यसपछि सिदकियाहले सही गरे। तीपछि यिनीहरूले सही गरे:
2
[2-8] पूजाहारीहरू: सरायाह, अजर्याह, यर्मिया, पशहूर, अमर्याह, मल्कियाह, हत्तूश, शबन्याह, मल्लूक, हारीम, मरेमोत, ओबदिया, दानिएल, गिन्नतोन, बारूक, मशुल्लाम, अबिया, मियामीन, माज्याह, बिल्गै र शमायाह।
9
[9-13] लेवीहरू: अजन्याहका छोरा येशूअ, हेनादादका वंशका बिन्नूई, कादमीएल, शबन्याह, होदियाह, कलीता, पलयाह, हानान, मीयका, रहोब, हशब्याह, जक्कूर, शरेबियाह, शबन्याह, होदियाह, बानी र बनीनू।
14
[14-27] इस्राएलीहरूका अगुवाहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी, बुन्नी, अज्गाद, बेबै, अदोनियाह, बिग्वै, आदीन, आतेर, हिजकिया, अज्जूर, होदियाह, हाशूम, बेजै, हारीप, अनातोत, नेबै, मग्पीआस, मशुल्लाम, हेजीर, मशेजेबेल, सादोक, यदूअ, पलत्याह, हानान, अनायाह, होशिया, हनन्याह, हश्शूब, हल्लोहेश, पिल्हा, शोबक, रेहूम, हशब्ना, मासेयाह, अहिया, हानान, आनान, मल्लूक, हारीम र बानाह।
28
हामी इस्राएलका पूजाहारी, लेवी, मन्दिरका पहरादार, गवैया, कारिन्दाहरू र अरू इस्राएलीहरूले परमेश्वरका व्यवस्था पालन गरेर आफैंलाई देशभित्रका विदेशी मानिसहरूदेखि अलग गरेका छौं र आफ्ना स्वास्नी र बुझ्न सक्ने उमेर भएका केटा-केटीहरूसमेत
29
हाम्रा मुखियाहरूसँग एक भएर यो शपथ खाएका छौं कि हामी परमेश्वरले मोशाद्वारा दिनुभएको व्यवस्था-विधिअनुसार आफ्ना जीवन बिताउनेछौं। यो वाचा भङ्ग गरेमा हामी परमेश्वरको सराप-दण्डको भागिदार बन्नेछौं। परमेश्वर परमप्रभुले दिनुभएको आज्ञा पालन गर्नेछौं र उहाँका सबै व्यवस्था र आदेशहरू पालन गर्नेछौं।
30
हाम्रा देशमा बास गर्ने विदेशी मानिसहरूसँग हामी अन्तरजातीय बिहावारी गर्नेछैनौं।
31
ती विदेशीहरूले विश्रामका दिन वा अरू पवित्र दिनमा बेच्नलाई ल्याएका अन्न वा अरू वस्तुहरू हामी किन्नेछैनौं। हरेक सातौँ वर्ष हामी जमिनमा अन्न लाउनेछैनौं र सबै ऋण छोडिदिनेछौं।
32
वर्षेनी मन्दिरको खर्च चलाउन हामी प्रत्येकले करिब ५ ग्राम चाँदी दिनेछौं।
33
मन्दिरको सेवाको निम्ति पवित्र रोटी, दैनिक अन्नबलि, होमबलिको लागि पशुहरू, विश्रामको दिन, औंसी र अरू चाड-पर्वमा चाहिने भेटीहरू, इस्राएलको प्रायश्चितका निम्ति पापबलि र अरू मन्दिरलाई चाहिने पदार्थहरू हामी दिनेछौं।
34
व्यवस्थामा लेखेअनुसार बलि चढाउँदा चाहिने दाउरा इस्राएलका वंशले पालैपालो गरेर वर्षेनी दिनेछन्। पूजाहारी, लेवी र मानिसहरू सबै मिली, चिट्ठा हालेर, कुन वंशले दाउरा दिने हो, त्यो हामी वर्षेनी खटाउनेछौं।
35
वर्षेनी आफ्ना जमिनमा बटुलेका पहिला अन्न र रूखमा फलेका अगौटे फलहरू मन्दिरमा परमेश्वरलाई चढाउनेछौं।
36
हाम्रा परिवारमा जन्मेका जेठा छोरा व्यवस्थाअनुसार मन्दिरमा पूजाहारीकहाँ लगेर परमेश्वरलाई अर्पण गर्नेछौं। त्यसरी नै गाई-वस्तुका पहिला बाछो र भेडा-बाख्राका पहिला पाठा हामी अर्पण गर्नेछौं।
37
वर्षेनी आफ्नो जमिनको पहिलो अन्नदेखि तयार गरेर मुछेको पिठो र हामीले चढाउनुपर्ने भद्राक्षको तेल, दाखमद्य र सबै प्रकारका फलहरू मन्दिरमा पूजाहारीकहाँ टक्र्याउनेछौं। गाउँमा दशौँ हिस्सा उठाउन खटिएका लेवीहरूलाई हामी आफ्ना जमिनका उब्जनीको दशौँ भाग दिनेछौं।
38
दशौँ हिस्सा उठाएको बेलामा हारून वंशका पूजाहारीहरू लेवीहरूसँग रहनेछन् र यसरी सङ्ग्रह गरेका दशौँ हिस्साको भागबाट अर्को दशौँ भाग निकाली ती लेवीहरूले मन्दिरमा चलाउनका लागि मन्दिरको ढुकुटीमा जम्मा गर्नेछन्।
39
भेटीमा सङ्ग्रह भएका अन्न, दाख-मद्य र भद्राक्षको तेल, इस्राएली र लेवीहरूको मन्दिरको ठूल्ठूला कोठामा जम्मा गर्नेछन्, जहाँ मन्दिरका काम गर्ने पूजाहारी, पहरादार र अरू कारिन्दाहरूका बास गर्ने कोठाहरू छन्। हाम्रा परमेश्वरको भवनलाई हामी अवहेलना गर्नेछैनौं।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13