bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 12
Nehemiah 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 13 →
1
शालतिएलका छोरा यरुबाबेल र येशूअ मुख्य पूजाहारीसँग कैदबाट फर्की आएका पूजाहारी र लेवीहरू यी हुन्:
2
[2-7] पूजाहारीहरू: सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्लूक, हत्तूश, शकन्याह, रेहूम, मरेमोत, इद्दो, गिन्नतोन, अबिया, मियामीन, मदाहा, बिल्गा, शमायाह, योयारीब, यदायाह, सल्लू, अमोक, हिल्कियाह र यदायाह। येशूअका पालामा सबै पूजाहारीहरूका बीचमा यिनीहरू अगुवा थिए।
8
लेवीहरू: धन्यवादी भजन गाउन येशूअ, बिन्नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्याह जिम्मेवार थिए।
9
बक्बुक्याह, उन्नी र अरू लेवीहरूले पालैसित गाउँथे।
10
येशूअ योयाकीमका पिता, योयाकीम एल्यासीबका पिता, एल्यासीब योयादाका पिता,
11
योयादा जोनाथनका पिता र जोनाथन यद्दूअका पिता थिए।
12
[12-21] योयाकीम मुख्य पूजाहारी छँदा यिनीहरू पूजाहारी परिवारका मुखिया थिए: [पूजाहारी] — [मुखिया] मरायाह — सरायाह हनन्याह — यर्मिया मशुल्लाम — एज्रा येहोहानान — अमर्याह जोनाथन — मल्लूक योसेफश — कन्याह अदना — हारीम हल्कै — मरेमोत जकरिया — इद्दो मशुल्लाम — गिन्नतोन जिक्री — अबिया — मिन्यामीन पिल्तै — मोदाहा शम्मूअ — बिल्गा यहोनातान — शमायाह मत्तनै — योयारीब उज्जी — यदायाह कल्लै — सल्लू एबेर — अमोक हशब्याह — हिल्कियाह नतनेल — यदायाह।
22
एल्यासीब, योयादा, योहानान र येद्दूअ मुख्य पूजाहारीहरूका जीवनकालमा लेवी र पूजाहारी परिवारका मुखियाहरूका नामावली राखिदिएका थिए। फारस देशमा महाराजा दाराले राज्य गर्दा ती नामावली लेखी सकिएका थिए।
23
सरकारी कागज-पत्रमा लेवी परिवारका मुखियाहरूका नामचाहिँ एल्यासीबका नाति योहानानका पालासम्म मात्र लेखिएका थिए।
24
लेवीहरू दल-दलमा बाँडिएका थिए। ती दलका मुखियाहरू हशब्याह, शरेबियाह, येशूअ, बिन्नूई र कादमीएल थिए। परमेश्वरका जन दाऊद राजाले दिएका आदेशअनुसार एक बेलामा दुई दलले पालैपालो परमेश्वरलाई स्तुति गर्थे र धन्यवाद चढाउँथे।
25
मन्दिरका मूल-ढोकाछेउका ढुकुटीहरूमा पहरा दिनलाई मत्तन्याह, बक्बुक्याह, ओबदिया, मशुल्लाम, तल्मोन र अक्कूब द्वारपालहरू जिम्मेवार थिए।
26
येशूअका छोरा र यहोसादाकका नाति योयाकीमको पालामा यी मानिसहरू त्यसरी खटाइएका थिए। त्यस समयमा बडा-हाकिम नहेम्याह र व्यवस्थाको शास्त्री पुरोहित एज्रा थिए।
27
यरूशलेम सहरको पर्खाल समर्पण गरिएको समयमा झ्याम्टा र सारङ्गी बजाएर धन्यवादको भजन गाउन विभिन्न ठाउँमा बसेका लेवीहरू तिनीहरू बसेका ठाउँदेखि यरूशलेममा भेला भए।
28
लेवी, गवैया परिवारहरू, यरूशलेम र नतोपा सहरको चारैपट्टि तिनीहरू बसेका ठाउँदेखि
29
र बेथ-गिलगाल, गेबा र अज्मावेतदेखि आए।
30
पूजाहारी र लेवीहरू रीतिअनुसार आफैं शुद्ध भए र तिनीहरूले मानिसहरू, मूल-ढोकाहरू र पर्खाल शुद्ध गरे।
31
परमेश्वरलाई धन्यवाद दिँदै सहरको चारैपट्टि घुम्न मैले मानिसहरूका दुई वटा ठूल्ठूला दल बनाएँ। र यहूदाका मुखियाहरूलाई पर्खालमाथि भेला गरें र तिनीहरूलाई ती दुई दलमाथि अगुवा खटाएँ। एक दल पर्खालमाथि दाहिनेतिर फोहोर फाल्ने ढोकातर्फ गयो।
32
गवैयाहरूको पछिपछि होशयाह र उनको पछि-पछि यहूदाका आधासरो मुखियाहरू थिए।
33
[33-35] त्यसपछि तुरही बजाएर अजर्याह, एज्रा, मशुल्लाम, यहूदा, बेन्यामीन, शमायाह र यर्मिया पूजाहारीहरू हिँडे। तिनका पछि जोनाथनका छोरा र शमायाहका नाति जकरिया हिँडे। (उनका पुर्खाहरूमा आसाप कुलका मत्तन्याह, मीकाया र जक्कूर थिए)।
36
उनका पछि-पछि उनैको कुलका अरूहरू: शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी हिँडे। परमेश्वरका जन दाऊद राजाले बजाएका जस्तै बाजाहरू तिनीहरूले हातमा लिएका थिए। व्यवस्थाका शास्त्री एज्रा तिनीहरूका अगुवा थिए।
37
फोहोरा-ढोका पुगेपछि दाऊदको सहर जाने सिँढी उक्लेर तिनीहरू दाऊदको महल नाघेर गए। त्यहाँबाट फर्केर सहरको पूर्वपट्टि तिनीहरू पानी-ढोकासम्म गए।
38
अर्को दल धन्यवादी भजन गाउँदै पर्खालमाथि देब्रेतिर लाग्यो। आधासरो मानिस लिएर म तिनीहरूका पछि-पछि लागें। भट्टी-बुर्जा नाघेर हामी चौडा पर्खालमा पुग्यौं।
39
त्यहाँबाट एफ्राइमी ढोका, येशना ढोका, माछा-ढोका र हननेलको धरहरा भएर हामी भेडा-ढोका पुग्यौं र मन्दिरको मूल-ढोकासम्म हामी पुग्यौं।
40
यसरी परमेश्वरलाई धन्यवाद दिने दुवै दल मन्दिरको छेउसम्म पुगे। मसँग जति अगुवाहरू थिए, तीबाहेक
41
मेरा दलमा एल्याकीम, मासेयाह, मिन्यामीन, मीकाया, एल्योएनै, जकरिया र हनन्याह पूजाहारी थिए। तिनीहरू तुरही बजाउँदै हिँडेका थिए।
42
तिनका पछि मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एसेर थिए। यिज्रहियाहको अगुवाइमा गवैयाहरूले उच्च स्वरमा गाए।
43
त्यस दिन धेरै बलिदान चढाइए। मानिसहरू औधी आनन्दित भए, कारण परमेश्वरले तिनीहरूलाई प्रसन्न गराउनुभएको थियो। स्त्री र छोरा-छोरीहरूले पनि आनन्द मनाए। तिनीहरूका आनन्दको स्वर धेरै टाढासम्म सुनिन्थ्यो।
44
त्यस बेला मन्दिरमा चढाइएका दान राखिने भण्डारहरू हेर्न मानिसहरू खटाइएका थिए। दशौँ हिस्सा, वर्षेनी पाकेका पहिला अन्न र फलफूल पनि त्यहीँ राखिन्थ्यो। छेउ-छाउका सहर नजिकको खेतबारीहरूबाट व्यवस्थाअनुसार पूजाहारी र लेवीहरूले पाउने दान जम्मा गर्ने काम पनि ती मानिसहरूलाई सुम्पिदिइएको थियो। यहूदाका सबै मानिसहरू पूजाहारी र लेवीहरूसँग खुसी थिए,
45
कारण तिनीहरूले परमेश्वरका आज्ञाअनुसार चोख्याउने र अरू रीतिविधि गर्दथे। मन्दिरका गवैया र पहरादारहरूले पनि दाऊद राजा र उनका छोरा सोलोमनले बनाएका नियमअनुसार आफ्ना काम गर्थे।
46
दाऊद राजाका समयदेखि र त्योभन्दा अघि आसाप गवैयाका पालादेखि गवैयाहरूले परमेश्वरलाई प्रशंसा र धन्यवाद दिने भजन गाउन मानिसहरूलाई अगुवाइ गर्दथे।
47
यरुबाबेलको समयमा र नहेम्याहको समयमा पनि इस्राएलका सबै मानिसहरूले मन्दिरको गवैया र पहरादारहरूका जीविकाको निम्ति दिनहुँ दान दिन्थे। मानिसहरूले लेवीहरूलाई पवित्र दान दिन्थे र त्यसबाट लेवीहरूले तोकिएको हिस्सा पूजाहारीहरूलाई दिन्थे।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13