bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 11
Nehemiah 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 12 →
1
इस्राएली मुखियाहरू यरूशलेममा बास गर्न थाले। बाँकी मानिसहरूले चिट्ठा हालेर प्रत्येक दश परिवारदेखि एक परिवार पवित्र सहर यरूशलेममा गई बास गर्नलाई चुने। अरू परिवारहरूचाहिँ अन्य सहर र गाउँतिर बास गर्ने भए।
2
अरू यरूशलेममा गएर बास गर्न आफ्नो इच्छाले अघि सर्नेहरूलाई मानिसहरूले प्रशंसा गर्थे।
3
अन्य सहरहरूमा इस्राएलका मानिसहरू: पूजाहारी, लेवी, मन्दिरका कामदारहरू र सोलोमनका चाकरहरूका सन्तानहरू सबै आफ्नै धन-सम्पत्ति लिएर आ-आफ्ना सहरमा बास गर्थे। यहूदा प्रान्तदेखि यरूशलेममा आएर बास गर्ने मुख्य-मुख्य नागरिकहरू यिनीहरू थिए:
4
यहूदा कुलका: उज्जियाहका छोरा र जकरियाका नाति अतायाह, उनका अरू पुर्खाहरूमा अमर्याह, शपत्याह र महलालेल थिए र तिनीहरू सबै फारेसका सन्तान थिए।
5
बारूकका छोरा र कोल-होजेका नाति मासेयाह, उनका अरू पुर्खाहरूमा हजायाह, अदायाह, योयारीब र जकरिया थिए। तिनीहरू सबै यहूदाका छोरा शेलहका सन्तानहरू थिए।
6
फारेसका वंशदेखि ४६८ जना नाम चलेका मानिसहरू यरूशलेममा बास गर्थे।
7
बेन्यामीन कुलका: मशुल्लामका छोरा र योएदका नाति सल्लु, उनका अरू पुर्खाहरूमा पदायाह, कोलायाह, मासेयाह, इथीएल र यशयाह थिए।
8
सल्लूका कुटुम्बहरू गब्बै र सल्लै र जम्मा ९२८ जना बेन्यामीनीहरू यरूशलेममा बस्थे।
9
जिक्रीका छोरा योएल तिनीहरूका अगुवा थिए। तीपछि हस्सेनूअका छोरा यहूदा दोस्रो अगुवा थिए।
10
पूजाहारीहरू: योयारीबका छोरा यदायाह र याकीन,
11
हिल्कियाहका छोरा र मशुल्लामका नाति सरायाह, उनका अरू पुर्खाहरूमा सादोक, मरायोत र मुख्य पूजाहारी अहीतूब थिए।
12
यस कुलका जम्मा ८२२ जनाले मन्दिरमा सेवाकार्य गर्थे। यरोहामका छोरा र पेलाल्याहका नाति अदायाह, उनका अरू पुर्खाहरू अम्सी, जकरिया, पशहूर र मल्कियाह थिए।
13
यो कुलबाट जम्मा २४२ जना परिवारका मुखियाहरू थिए। अज्रेलका छोरा र अहजैका नाति अमाश्शै, उनका अरू पुर्खाहरूमा मशिल्लेमोत र इम्मेर थिए।
14
यो कुलबाट वीर-वीर सैनिक जम्मा १२८ जना थिए। एउटा मुख्य परिवारका जब्दीएल, तिनीहरूका अगुवा थिए।
15
लेवीहरू: हश्शूबका छोरा र अज्रीकामका नाति शमायाह, उनका अरू पुर्खामा हशब्याह र बुन्नी थिए।
16
मन्दिर बाहिरका काम हेर्ने दुई भाइ मुख्य लेवीहरू सब्बतै र योजाबाद।
17
मीयकाका छोरा र जब्दीका नाति मत्तन्याह, जब्दी आसापका परिवारका थिए। धन्यवादको प्रार्थना गाउँदा, मन्दिरका गवैयाहरूको अगुवाइ मत्तन्याहले गर्थे। मत्तन्याहको सहायक, बक्बुक्याह। शम्मूअका छोरा र गालालका नाति, अब्दा। गालाल यदूतूनको परिवारका थिए।
18
जम्मा २८४ जना लेवीहरू यरूशलेम सहरमा बास गर्थे।
19
मन्दिरका पहरादारहरू: अक्कूब, तल्मोन र तिनीहरूका कुटुम्बहरू जम्मा १७२ जना।
20
अरू बाँचेका इस्राएलीहरू, पूजाहारी र लेवीहरू यहूदाका अरू सहर र गाउँतिर आफ्नै धन-सम्पत्ति लिएर बस्थे।
21
मन्दिरमा काम गर्नेहरू यरूशलेमभित्र ओफेल भनिने भागमा बस्थे, तिनीहरूले सीहा र गिश्पा नामक मुखियाका रेख-देखमा काम गर्थे।
22
बानीका छोरा र हशब्याहका नाति उज्जीचाहिँ यरूशलेमवासी लेवीहरूका मुखिया थिए। उनका पुर्खाहरूमा मत्तन्याह र मीयका थिए, जो आसाप वंशका थिए। यो वंशको जिम्मामा मन्दिरको सङ्गीत कार्य थियो।
23
तिनीहरूले मन्दिरका सङ्गीत कार्यक्रम दिनहुँ पालैपालो चलाउन राजाले नियम बनाइदिएका थिए।
24
फारसी राजदरबारमा इस्राएलीहरूको प्रतिनिधि मशेजेबेलका छोरा पतहियाह खटाइएका थिए। उनी यहूदा वंशका जेरह परिवारको थिए।
25
धेरै मानिसहरू यरूशलेममा बस्थे। सहरका छेउमा तिनीहरूको खेतबारी थियो। यहूदा कुलका मानिसहरू किर्यत-अर्बा, दीबोन, यकब्सेल सहरहरू र तिनका नजिकका गाउँहरूमा बस्थे।
26
तिनीहरू येशूअ, मोलादा, बेथ-पालेत,
27
हसर-शूआल र बेर्शेबा सहरहरू र तिनका चारैपट्टिका गाउँहरूमा,
28
सिक्लग र मकोना सहरहरू र छेउछाउका गाउँहरूमा,
29
एन-रिम्मोन, सोरा, यर्मूत,
30
जानोह, अदुल्लाम सहरहरू र तिनका छेउछाउका गाउँहरूमा, लाकीश र त्यस छेउका खेतबारीमा, आजेका र त्यस छेउका गाउँ-बस्तीहरूमा पनि बस्थे अर्थात् यहूदा कुलका मानिसहरू दक्षिणमा बेर्शेबादेखि उत्तरमा हिन्नोमको बेसीसम्म बास गर्थे।
31
बेन्यामीन कुलका मानिसहरू गेबादेखि उत्तरतर्फ, मिकमाश, अय्या, बेथेल र छेउ-छाउका गाउँहरूमा,
32
अनातोत, नोब, हननिया,
33
हासोर, रामा, गित्तैम,
34
हादीद, सबोयीम, नबलत,
35
लोद, ओनो र शिल्पीहरूका बेसीमा बस्थे।
36
यहूदा कुलसँग पनि केही लेवीहरू बसेका थिए, तिनीहरूलाई बेन्यामीन कुलसँग बस्न खटाइएको थियो।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13