bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 4
Nehemiah 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 5 →
1
हामी यहूदीहरूले पर्खाल बनाउन थालेको सुनेर सन्बलत औधी झोकियो र हाम्रो गिल्ला गर्न थाल्यो।
2
आफ्ना साथीहरू र सामरी सैनिकहरूको अघि उसले भन्यो, “यी निर्धा यहूदीहरूले के गर्छौं भनेर सोच्दा हुन्? के तिनीहरूले सहर नयाँ गरी बनाउने हुन्? तिनीहरूले बलिदान चढाएर एकै दिनमा काम सिध्याउँछौं भनी ठान्छन् कि कसो? ती जलेका धूलाहरूबाट तिनीहरूले घर बनाउने ढुङ्गा निकाल्छौं भन्छन् त?”
3
छेउमा उभिरहेको तोबियाले भन्यो, “तिनीहरूले कस्तो पर्खाल बनाउन सक्लान् र? एउटा स्यालले पनि भत्काइदिनेछ।”
4
मैले प्रार्थना गरें, “हे परमेश्वर, सुन्नुहोस्, तिनीहरूले कसरी हामीलाई खिसी गर्दै छन्। तिनीहरूको गिल्ला तिनीहरूकै थाप्लोमा परोस्। तिनीहरूका सारा धन चोरले लुटून् र तिनीहरूलाई विदेशमा कैदी भएर जानुपरोस्।
5
तिनीहरूले गरेका दुष्कर्म र पाप नभुल्नुहोस् किनकि हामी पर्खाल बनाउनेहरूलाई तिनीहरूले अपमान गरेका छन्।”
6
हामीले पर्खाल बनाइरह्यौं र चाँडै त्यसको आधा उचाइसम्म उठायौं। मानिसहरू काम सिध्याउन उत्सुक थिए।
7
हाम्रो यरूशलेमको पर्खाल बनाउने काम अघि बढिरहेको छ र पर्खालका प्वालहरू पुरिंदै छन् भन्ने कुरा सुनेर सन्बलत, तोबिया, अरबी अम्मोनी र अश्दोदीहरू औधी रिसाए।
8
तब तिनीहरूले आएर यरूशलेममाथि आक्रमण गर्ने र खलबल मच्चाउने जाल रचे।
9
तर हामीले हाम्रा परमेश्वरसित बिन्ती गरिरह्यौं र रात-दिन पहरा गर्न मानिसहरू खटायौं।
10
यहूदाका मानिसहरूले यस्तो एउटा गीत गाउँथे: “हामी बोझ बोकेर दुर्बल भएका छौं; यति बिघ्न धुलो-कसिङ्गर बोकी फाल्नुपरेको छ; आज कसरी हामीले पर्खाल बनाउन सकौंला र?”
11
हाम्रा विरोधीहरूले पनि भने, “तिनीहरूले चाल पाउनु वा देख्नुअघि नै हामी तिनीहरूमाथि हमला गरेर तिनीहरूलाई मारिदिनेछौं र यस कामलाई नाश पारिदिनेछौं।
12
तर शत्रुहरूका बीचमा बास गर्ने यहूदीहरू शत्रुले हाम्रा विरुद्धमा गरेका युक्तिहरूको बारेमा हामीलाई होशियार गराउन घरीघरी आइरहन्थे।
13
यसकारण मैले मानिसहरूलाई तरवार, भाला र धनु-काँड भिर्नलाई र आ-आफ्ना कुलअनुसार पर्खाल बनिनसकेका ठाउँ-ठाउँमा पहरा राखिदिएँ।
14
मानिसहरू चिन्तित देखिन्थे। यसकारण तिनीहरूलाई र तिनका अगुवा र भारदारहरूलाई मैले यसो भनें, “शत्रुहरूसँग नडराऔं। हाम्रा परमप्रभु कति महान् र भययोग्य हुनुहुन्छ भनी याद गर र आफ्ना स्वदेशी भाइ-बन्धुहरू, छोरा-छोरीहरू, स्वास्नीहरू र घरका लागि लडाइँ गर।”
15
हाम्रा शत्रुहरूले बुझे कि हामीलाई तिनीहरूले गरिरहेका जालसाजी पत्ता लागेको थियो। परमेश्वरले तिनीहरूको युक्ति भताभुङ्ग पारिदिनुभएको तिनीहरूले थाहा पाए। हामी आफ्ना पर्खाल बनाउने काममा लागिरह्यौं।
16
त्यसपछि मेरा मानिसहरूले आधासरो काम गर्थे र आधासरोले चाहिँ झिलम पहिरेर भाला, ढाल र धनु-काँड लिएर पहरा दिन्थे। हाम्रा अगुवाहरूले पनि
17
पर्खाल बनाउने काममा लागेका मानिसहरूलाई पूरा आड, भरोसा र मद्दत दिए। पर्खाल बनाउने सामान बोक्ने भरियाहरू पनि एक हातले काम गर्थे र अर्को हातले हतियार बोक्थे।
18
अनि काम गर्ने मानिस प्रत्येकले कम्मरमा एउटा तरवार भिरेको हुन्थ्यो। तुरही फुकेर सावधान गराउने मानिससँग रहन्थ्यो।
19
अगुवा, भारदार र सबै मानिसहरूलाई मैले भनें, “काम टाढासम्म फैलिएर गएको छ र पर्खालमाथि हामी एक-अर्कादेखि टाढा-टाढामा हुन्छौं।
20
जब तिमीहरूले तुरहीको स्वर सुन्छौ, मेरा चारैपट्टि भेला होओ। हाम्रा परमेश्वरले हाम्रो निम्ति लडाइँ गर्नुहुनेछ।”
21
यसरी दिनहुँ बिहान घाम उदाएदेखि राती तारा ननिस्कुञ्जेलसम्म हामी आधासरो मानिस पर्खालमा काम गर्थ्यौं र आधासरो भाला लिएर पहरा दिन्थ्यौं।
22
त्यति बेला मैले मुखियाहरूलाई भनें, “तिमीहरू राती आफ्ना मानिसहरूसँग यरूशलेमभित्रै बस्नुपर्छ, त्यसो गर्दा हामीले राती पहरा दिन सक्छौं र दिउँसो काम गर्न सक्छौं।”
23
म, मेरा साथी, चाकर र अङ्गरक्षकहरू कसैले पनि राती लाएका लुगा फुकाल्दैनथ्यौं र हतियार साथैमा राख्थ्यौं। सबैले रातभरि लुगा नखोली हतियार भिरेर बस्थ्यौं।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13