bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 3
Nehemiah 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
1
सहरको पर्खाल यसरी फेरि बनियो। मुख्य पूजाहारी एल्यासीब र उनका अरू पूजाहारी साथीहरू मिलेर भेडा-ढोका बनाए, त्यसलाई समर्पण गरे र त्यसका फाटकहरू खडा गरे। त्यसरी तिनीहरूले पर्खाललाई सय-सयको बुर्जा र हननेलको बुर्जासम्म मर्मत गरेर लगे र तिनलाई पवित्र गरी समर्पण गरे।
2
अर्को हिस्सा यरीहोवासीहरूले बनाए र त्यसपछि अर्को हिस्सा इम्रीको छोरा जक्कूरले बनाए।
3
हस्सेनाको वंशले माछा-ढोका बनाए। तिनीहरूले बीमहरू बसाले र फाटकहरू बन्द गर्न छेस्किनी र आग्लाहरू लगाए।
4
त्यस पछिको हिस्सा हक्कोसको नाति र उरियाहको छोरा मरेमोतले बनाए। मेशेजेबेलको नाति अनि बेरेक्याहको छोरा मशुल्लामले त्यस पछिको भाग मर्मत गरे। त्यसपछिको हिस्सा बानाको छोरा सादोकले बनाए।
5
त्यसपछि तकोका मानिसहरूले अर्को हिस्सा बनाए; तर त्यस सहरका भारदारहरूले खटाएअनुसार हात लगाएर काम गर्न अस्वीकार गरे।
6
पसेहको छोरा योयादा र बसोदयाहको छोरा मशुल्लामले पुरानो ढोका बनाए, तिनीहरूले बीमहरू र फाटकहरू बसाले र फाटक बन्द गर्ने छेस्किनी र आग्लाहरू लगाए।
7
गिबोनवासी मलत्याह, मेरोनोतवासी यादान, गिबोन र मिस्पाका मानिसहरूले अर्को हिस्सा यूफ्रेटिसको पश्चिमतर्फको प्रान्तको बडा-हाकिमको बासस्थानसम्म बनाएर लगे।
8
सुनार हरयाहको छोरो उज्जीएलले त्यस पछिको भाग बनाए। अत्तर बनाउने हनन्याहले अर्को हिस्सा बनाएर चौडा पर्खालसम्म पुर्याए।
9
हूरको छोरो रपायाहले त्यस पछिको हिस्सा बनाए। उनले यरूशलेमको आधा जिल्लामाथि शासन गर्थे।
10
त्यसपछि आफ्ना घरछेउको अर्को हिस्सा हारूमापको छोरा यदायाहले बनाए। त्यसपछिको अर्को हिस्सा हशबन्याहको छोरो हत्तूशले बनाए।
11
त्यसपछि अर्को हिस्सा र भट्टीको बुर्जा हारीमको छोरा मल्कियाह र पहत-मोआबको छोरा हश्शूबले बनाए।
12
त्यस पछिको अर्को हिस्सा हल्लोहेशको छोरा शल्लूमले बनाए। उनले यरूशलेमको बाँकी आधा जिल्लामाथि शासन गर्थे (उनका छोरीहरूले त्यस काममा मद्दत गरे।)
13
बेसीको मूल-ढोका हानून र जानोह सहरका बासिन्दाहरूले बनाए। तिनीहरूले फाटकहरू ठीक ठाउँमा बसाले, ती बन्द गर्ने छेस्किनी र आग्लाहरू लगाए र चार सय चालीस मिटर पर्खाल मर्मत गरेर घुर्याने-ढोकासम्म लगे।
14
घुर्याने-ढोकाचाहिँ बेथ-हक्केरेम जिल्लाका शासक रेकाबको छोरा मल्कियाहले बनाए। उनले फाटकहरू ठीक ठाउँमा बसालेर ती बन्द गर्ने छेस्किनी र आग्लाहरू लगाए।
15
मिस्पा जिल्लाका शासक कोल-होजेको छोरा शल्लूनले फोहोरा ढोका बनाए। उनले फाटकको प्रवेश— द्वारमाथि छाना हाले, फाटकहरू बसाले र छेस्किनी र आग्लाहरू लगाए। सिलोआमको पोखरीनिर राजाको बगैँचाछेउको पर्खाल बनाएर उनले दाऊदको सहर पस्ने खुट्किलाहरूसम्म मरमत गरे।
16
आधा बेथ-सर जिल्लाका शासक अज्बूकको छोरो नहेम्याहले अर्को हिस्सा बनाएर दाऊदका चिहान, पोखरी र सेनाका छाउनीसम्म मर्मत गरेर लगे।
17
त्यसपछि पर्खालका अरू हिस्साहरू यी लेवीहरूले मरमत गरे: बानीको छोरा रेहूमले एक हिस्सा, आधा कीलाह जिल्लाका शासक हशब्याहले अर्को हिस्सा,
18
बाँकी आधा कीलाह जिल्लाका शासक हेनादादको छोरो बिन्नूईले अर्को हिस्सा
19
र अर्को हिस्सा मिस्पाका शासक येशूअका छोरा एसेरले सिलखानाको अघिल्लो भाग मरमत गरेर पर्खाल घुमेको ठाउँसम्म बनाएर लगे।
20
मुख्य पूजाहारी एल्यासीबको घरको प्रवेशद्वारसम्म अर्को हिस्सा जब्बैको छोरो बारूकले बनाए
21
अनि त्यस घरको अन्त्यसम्म अर्को हिस्सा हक्कोसको नाति र उरियाहको छोरा मरेमोतले बनाए।
22
त्यसपछि बाँकी रहेका पर्खालका भागहरू यी पुरोहितहरूले बनाए: यरूशलेमका छेउछाउका पुरोहितहरूले एक हिस्सा बनाए:
23
बेन्यामीन र हश्शूबले आफ्ना घर अघिको हिस्सा बनाए। हननियाको नाति र मासेयाहको छोरो अजर्याहले आफ्नो घर अघिको भाग बनाए।
24
अजर्याहको घरदेखि पर्खालको अर्को कुनासम्म हेनादादको छोरो बिन्नूईले बनाए।
25
[25-26] पर्खालको सो कुनादेखि पालेहरूका चोकछेउ माथिल्लो राजमहलको बुर्जासम्म उज्जैको छोरो पालालले बनाए। अर्को हिस्सा पूर्वपट्टि पानी-ढोका र मन्दिरको रक्षाको निम्ति बनेको बुर्जासम्म परोशको छोरो पदायाहले बनाए। (यो सहरको ओफेल भनिने भागमा थियो, जहाँ मन्दिरमा काम गर्नेहरू बास गर्थे।)
27
तकोका मानिसहरूले एक हिस्सा मन्दिरको रक्षाको निम्ति बनेको बुर्जाको ठीक उल्टापट्टि ओफेलको छेउको पर्खालसम्म बनाए। यो तिनीहरूले बनाएको दोस्रो हिस्सा थियो।
28
एक हुल पूजाहारीहरूले आ-आफ्ना घरका अघिका भाग बनाए। यो हिस्सा घोडाहरूको ढोकादेखि उत्तरतिर गएको थियो।
29
इम्मेरको छोरा सादोकले आफ्नो घर अघिको भाग बनाए। पूर्वको द्वारपाल शकन्याहको छोरो शेमायाहले त्यसको छेउको हिस्सा बनाए।
30
शेलेम्याहको छोरो हनन्याह र सालापको जन्तरे छोरो हानूनले अर्को एक भाग बनाए। यो तिनीहरूले बनाएको दोस्रो हिस्सा थियो। बेरेक्याहको छोरो मशुल्लामले आफ्नो घर अघिको भाग बनाए।
31
मल्कियाह भनिने सुनारले एक हिस्सा बनाएर मन्दिरमा काम गर्नेहरू बास गर्ने र व्यापारीहरूले पनि चलाउने भवनसम्म पर्खाल पुर्याए। यो भवन पर्खालको उत्तर-पूर्वपट्टि कुनाको टुप्पामा बनेको कोठाको नजिक मन्दिरको मिफकद भनिने ढोकाको छेउमा पर्थ्यो।
32
अनि सो कोठादेखि भेडा-ढोकासम्म अन्तिम हिस्साचाहिँ सुनार र व्यापारीहरूले बनाए।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13