bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 8
Nehemiah 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 9 →
1
सात महिना बितुञ्जेल इस्राएलीहरू सहरमा बसोबास गर्न लागिसकेका थिए। त्यस महिनाको पहिलो दिनमा तिनीहरू सबै यरूशलेममा पानी-ढोकाको भित्रपट्टि चोकमा भेला भए। व्यवस्थाका शास्त्री पुरोहित एज्रालाई तिनीहरूले व्यवस्थाको पुस्तक चोकमा ल्याउन लाए। व्यवस्था-विधि परमेश्वरले मोशाको हातद्वारा इस्राएलीहरूलाई दिनुभएको थियो।
2
एज्राले मानिसहरू भेला भएका ठाउँमा व्यवस्थाको पुस्तक ल्याए। त्यहाँ नर-नारी र बुझ्न सक्ने उमेर भएका केटा-केटीहरू सबै थिए।
3
त्यहाँ चोकको ढोकानिर बिहान घाम झुल्केदेखि मध्य-दिनसम्म एज्राले व्यवस्था पढी सुनाए र मानिसहरूले खुबै ध्यान दिएर सुने।
4
त्यसको निम्ति त्यहाँ एउटा काठको मञ्च बनिएको थियो र एज्रा काठको मञ्चमाथि उभिएका थिए। उनको दाहिनेपट्टि मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह, मासेयाह र देब्रे हातपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम उभिएका थिए।
5
त्यसरी एज्रा मञ्चमा उभिएको बेलामा मानिसहरूले उनलाई एकटक लाएर हेरिरहे। उनले व्यवस्थाको पुस्तक खोल्ने बित्तिकै मानिसहरू खडा भए।
6
एज्राले भने, “महान् परमेश्वर प्रभुको प्रशंसा गर!” तब सबै मानिसहरूले हात आकाशतिर उचालेर “आमेन, आमेन” भने। शिर भूइँसम्म निहुराएर घुँडा टेकी तिनीहरूले परमेश्वरलाई प्रणाम गरे।
7
तब तिनीहरू आ-आफ्ना ठाउँमा उभिए र येशूअ, बानी, शरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान र पलयाह नाम भएका लेवीहरूले तिनीहरूलाई व्यवस्थाको अर्थ खोलेर बुझाए।
8
तिनीहरूले मुखमुखै व्यवस्था सरल भाषामा अनुवाद गर्दै अर्थ खोलिदिए र मानिसहरूले बुझे।
9
व्यवस्थाका वचनले मानिसहरूको हृदय छोयो र तिनीहरू रुन लागे। तब बडा-हाकिम नहेम्याह, पूजाहारी शास्त्री एज्रा, शिक्षा दिइरहेका लेवीहरूले तिनीहरूलाई भने, “आजको दिन हाम्रा प्रभु परमेश्वरको लागि पवित्र छ, यसर्थ आज तिमीहरू रुनु-कराउनुहुँदैन।
10
अब घर गएर भोज खाओ। जोसँग पुग्दो छैन, ऊसँग आफ्ना भोजन र दाखमद्य बाँडेर खाओ। हाम्रा परमप्रभुको निम्ति आजको दिन पवित्र छ। यसैले विलाप नगर। परमप्रभुले दिनुहुने आनन्दले तिमीहरू बलिया हुनेछौ।”
11
लेवीहरूले मानिसहरूका बीचमा घुमी-घुमी तिनीहरूलाई शान्त गराए, आज जस्तो पवित्र दिनमा विलाप नगर भनी सम्झाए।
12
तब सबै इस्राएलीहरू घर गए, आनन्दसाथ खाए, पिए, आफूसँग भएका कुरा अरूसँग बाँडे किनभने व्यवस्थाबाट पढी सुनाइएका कुरा तिनीहरूले बुझेका थिए।
13
भोलिपल्ट वंश-वंशका मुखियाहरू, पूजाहारी र लेवीहरू व्यवस्थाका शिक्षा अध्ययन गर्न एज्राकहाँ गए।
14
तिनीहरूले देखे कि परमेश्वरले मोशाद्वारा दिनुभएको व्यवस्थाअनुसार केही दिनको निम्ति हामीहरू छाप्रोमा बस्नुपर्थ्यो। त्यसलाई छाप्रो वासको चाड भनिन्थ्यो।
15
तब तिनीहरूले यरूशलेम र अरू सहरहरूभरि यस्तो समाचार पठाए, “पहाडमा जाओ, धूपी, भद्राक्ष, मेहदी, खजूर र अरू रूखबाट हाँगाबिँगा बटुलेर ल्याओ। व्यवस्थामा लेखेअनुसार हामीले छाप्रो बनाउनुपर्छ।”
16
तब मानिसहरूले हाँगाबिँगा ल्याएर छाप्रो बनाए। घरको कौसीमाथि, आँगनमा, मन्दिरको चोकमा, पानी-ढोका र एफ्राइम ढोकाछेउका चोकहरूमा तिनीहरूले छाप्रो बनाए।
17
कैदबाट छुटेर आएका सबै मानिसहरू छाप्रो बनाएर बसे। नूनका छोरा यहोशूको पालादेखि अहिलेसम्म पहिलोपल्ट यसरी तिनीहरू छाप्रो हालेर बसेका थिए, यसैले मानिसहरूमा ठूलो जोश र आनन्द थियो।
18
चाडका पहिलो दिनदेखि अन्तिम दिनसम्म दिनहुँ एज्राले परमेश्वरको व्यवस्थाको पुस्तकबाट एक-एक भाग पढे। सात दिनसम्म यसरी मनाएपछि आठौँ दिनमा व्यवस्थाअनुसार तिनीहरूले चाडको आखिरी उत्सव मनाए।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13