bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 6
Nehemiah 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 7 →
1
सन्बलत, तोबिया, गेशेम र हाम्रा अरू शत्रुहरूका कानमा हामीले पर्खाल बनाइसकेका र सबै फाँकाहरू बन्द गरिसकेको खबर पुग्यो। हामीले अझै मूल-ढोकाहरूमा खापाचाहिँ लगाईसकेका थिएनौं।
2
यसकारण सन्बलत र गेशेमले तिनीहरूसँग ओनो बेँसीमा कुनै गाउँमा भेट गर्न मलाई खबर पठाए। मलाई जोखिममा पार्ने यो तिनीहरूको एउटा उपाय थियो।
3
मैले यस्तो उत्तर दिएर समाचार पठाएँ, “अहिले मेरो हातमा जरुरी काम छ र काम छोडेर म आउन सक्दिनँ। तिमीहरूलाई भेट्न आएर म यहाँको काम रोक्न सक्दिनँ।”
4
चार पटक तिनीहरूले मलाई यस्तो खबर गरे र चारै पटक मैले तिनीहरूलाई त्यस्तै जवाफ दिएँ।
5
तब सन्बलतले मलाई पाँचौँ पटक पनि एक जना चाकरद्वारा खबर पठायो। यो खबर एउटा खुल्ला पत्रको रूपमा थियो।
6
त्यहाँ लेखिएको थियो: “गेशेमले मलाई भनेको छ कि तिमी विद्रोह गर्न चाहन्छौ भन्ने हल्ला छिमेकीका देशभरि फैलिएको छ त्यसैकारण तिमीले पर्खाल नयाँ गरी बनाउँदै छौ रे। तिमी आफैंलाई राजा बनाउने सुरमा छौ रे।
7
कति जना अगमवक्ताहरूलाई तिमी यहूदाका राजा हौ भनी यरूशलेममा घोषणा गर्न तयार पारेका छौ रे। राजाले यो कुरा निश्चय सुन्नेछन्। यसैले हामी दुवै, भेटेर यसबारेमा कुरा गर्न ठीक ठहर्दछ, यही सल्लाह म तिमीलाई दिँदछु।”
8
मैले उसलाई उत्तर दिएँ, “तिमीले भनेको कुरा साँचो होइन, यो तिमीले बनाएको कुरा हो।”
9
तिनीहरूले हामीलाई काम बन्द गराउन तर्साउन खोज्थे। मैले प्रार्थना गरें, “हे परमेश्वर, मलाई शक्ति दिनुहोस्।”
10
त्यति बेलातिर म दलायाहको छोरा शमायाहलाई भेट्न गएँ। ऊ महेतबेलको नाति थियो र घरदेखि निस्कन सक्दैनथ्यो। उसले मलाई भन्यो, “हामी दुई गएर मन्दिरको पवित्रस्थानमा लुक्नुपर्नेछ, कारण तिमीलाई मार्न तिनीहरू आउँदै छन्। कुनै पनि रात तिमीलाई मार्न तिनीहरू आइपुग्नेछन्।”
11
मैले उत्तर दिएर भनें, “म भाग्ने र लुक्ने खालको मानिस होइनँ। के म मन्दिरमा लुकेर आफ्नो प्राण बचाउनेछु भनी तिमी ठान्छौ? म कहिल्यै त्यसो गर्दिनँ।”
12
तब मैले यो कुरामा विचार गरें। मैले बुझें कि परमेश्वर शमायाहसँग बोल्नुभएको थिएन तर तोबिया र सन्बलतले घुस दिएर उसलाई त्यसो भन्न लगाएका थिए।
13
मलाई तर्साएर पाप गराउन शमायाहले घुस लिएको थियो। त्यसरी मेरो बदनाम गरेर तिनीहरू मेरो बेइज्जत भएको हेर्न चाहन्थे।
14
मैले प्रार्थना गरें, “हे परमेश्वर, तोबिया र सन्बलतले गरेका काम याद राख्नुहोस् र तिनीहरूलाई दण्ड दिनुहोस्। मलाई धम्की दिएर तर्साउने नोअदिया नाम गरेकी नारी र अरू सबै अगमवक्ताहरूलाई याद गर्नुहोस्।”
15
बाउन्न दिनसम्म काम गरेपछि एलूल भनिने महिनाको पच्चीसौं दिनमा पूरा पर्खाल बनिसिद्धिए।
16
छिमेकी देशमा हाम्रा शत्रुहरूले यो कुरा सुने। तिनीहरूले बुझे कि परमेश्वरको मद्दतले यो काम पूरा भएको थियो र तिनीहरूलाई लाज भयो।
17
यी सबैका बीचमा यहूदी अगुवाहरू तोबियासँग पत्र-व्यवहार गरिरहेका थिए।
18
तोबियाको ससुरा आराको छोरा शकन्याह यहूदी थियो। त्यसकारण यरूशलेममा धेरै जना तोबियापट्टि लागेका थिए। त्योबाहेक उसको छोरा यहोहानानले मशुल्लामकी छोरीसित विवाह गरेका थियो। मशुल्लाम बेरेक्याहको छोरा थियो।
19
मानिसहरू मेरो सामु आएर तोबियाले गरेका असल कामहरूका बारेमा भन्थे र मैले भनेका सबै कुराहरू उसकहाँ पुर्याउँथे अनि उसले मलाई धम्की दिएर चिठ्ठी पठाइरहन्थ्यो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13