bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 13
Nehemiah 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
1
मानिसहरूलाई मोशाका व्यवस्था जोडले पढेर सुनाएको बेलामा तिनीहरूले यो कुरा सुने, जहाँ अम्मोन अथवा मोआबीहरूलाई परमेश्वरको प्रजासँग मिसिन दिनुहुन्न भनी लेखिएको थियो।
2
मिश्रदेशबाट निस्की यात्रामा हिँडेका बेलामा अम्मोनी र मोआबीहरूले इस्राएलीहरूलाई केही खाना-पिना दिएका थिएनन्, त्यसका सट्टामा तिनीहरूले इस्राएलीहरूलाई सराप दिन बालामलाई ज्याला दिएका थिए। त्यही कारणले त्यसो लेखिएको थियो। तर हाम्रा परमेश्वरले त्यस सरापलाई आशिष्मा परिवर्तन गरिदिनुभएको थियो।
3
व्यवस्थाको यो नियम सुनेपछि इस्राएलीहरूले सबै अन्यजातिहरूलाई आफ्ना समाजदेखि निकालिदिए।
4
मन्दिरका ढुकुटीहरू रेख-देख गर्ने पूजाहारी एल्यासीबको तोबियासँग धेरै दिनदेखि राम्रो सम्बन्ध थियो।
5
उनले तोबियालाई मन्दिरको एउटा ठूलो कोठा चलाउन दिए। वास्तवमा पहिले मन्दिरमा ल्याइएका दान, अन्न, धूप, मन्दिरका ठूल्ठूला पूजाहारीलाई दिइएका दान, अन्नका दशौँ हिस्सा, दाखमद्य र लेवी, गवैया र पहरादारहरूलाई दिइएका भद्राक्षको तेल इत्यादि राख्नलाई मात्र त्यो कोठा चलाइन्थ्यो।
6
त्यसो भएको बेलामा म यरूशलेममा थिइनँ, कारण अर्तासास्त राजाले राज्य गरेको बत्तिसौं वर्षमा म राजाकहाँ कामको विवरण दिनलाई बेबिलोन गएको थिएँ। केही समयपछि
7
राजाको अनुमति पाएर म यरूशलेम फर्कें। तब एल्यासीबले तोबियालाई मन्दिरको कोठा दिएको देखेर म छक्कै परें र औधी दु:खी भएँ।
8
म साह्रै झोकिएँ (तोबियाका माल-मत्ता सबै फ्याँकिदिएँ)।
9
मैले मन्दिरका कोठाहरू रीतिअनुसार शुद्ध गर्न लाएँ र मन्दिरका ठूला-ठूला दानका अन्न र धूपहरू ठीक-ठीक ठाउँमा राख्न लाएँ।
10
मैले यो पनि थाहा पाएँ कि मन्दिरका गवैया र अरू लेवीहरू यरूशलेम छोडेर आ-आफ्ना खेतबारीमा फर्की गएका थिए, कारण तिनीहरूको जीविका चलाउन पुग्दो दान मानिसहरूले दिन छोडेका थिए।
11
यसरी मन्दिरमा चासो लिन छोडेको निम्ति मैले भारदारहरूलाई हकारें अनि लेवी र गवैयाहरूलाई मन्दिरमा फर्काइल्याएँ र तिनीहरूलाई आ-आफ्ना काममा लाएँ।
12
तब फेरि इस्राएलका सबै मानिसहरूले मन्दिरका भण्डारमा अन्न, दाखमद्य र भद्राक्षको तेलको दशौँ हिस्सा ल्याउन थाले।
13
मन्दिरको भण्डारको रेख-देख गर्नलाई मैले पूजाहारी शेलेम्याह, व्यवस्था शास्त्री सादोक र लेवी पदायाहलाई जिम्मा दिएँ। जक्कूरका छोरा र मत्तन्याहका नाति हानानलाई तिनीहरूमुनि सहायक खटाएँ। म जान्दथें कि यी मानिसहरूले इमानदारीसाथ आफ्ना सहकर्मीहरूका बीचमा सबै थोक बाँड्नेछन्।
14
हे मेरा परमेश्वर, मन्दिर र त्यसमा गरिने आराधनाको लागि मैले गरेका यी सबै कामहरू सम्झना राख्नुहोस्।
15
त्यति बेला मैले यहूदाका मानिसहरूले विश्रामको दिनमा अङ्गुर कोलमा पेलेको देखें। अरू मानिसहरूले अन्न, दाखमद्य, अङ्गुर, नेभारा र अरू कुराहरूको भारी गधामा लादेर यरूशलेम लैजान्थे। तिनीहरूलाई मैले विश्रामको दिनमा केही कुरा बेच-बिखन नगर्न चेतावनी दिएँ।
16
टुरोस सहरवासीहरू कति जना यरूशलेममा बस्थे। तिनीहरूले विश्रामको दिनमा बेच्न माछा र अरू सबै प्रकारका चीजबीज सहरमा ल्याउँथे।
17
मैले यहूदी मुखियाहरूलाई हकारें र भनें, “तिमीहरूले गरेका दुष्ट काम हेर। तिमीहरूले विश्रामको दिनलाई अपवित्र गरेका छौ।
18
यही कारणले गर्दा यस सहरको विनाश गराएर परमेश्वरले तिम्रा पिता-पुर्खाहरूलाई दण्ड दिनुभएको थियो। तरै पनि विश्रामको दिनलाई अपवित्र गरेर तिमीहरू परमेश्वरको अझ बढ्ता क्रोध इस्राएलमाथि ल्याउँछौ।”
19
यसकारण विश्रामको दिन सुरु हुनासाथ साँझ हुन थाल्ने बित्तिकै सहरमा मूल-ढोकाहरू बन्द गर्नू र विश्रामको दिन नसिद्धिउञ्जेल ती नखोल्नू भनी मैले आज्ञा दिएँ। विश्रामको दिनमा कुनै थोक लिएर सहरभित्र कोही पस्न नपाओस् भनी हेर्नलाई मैले केही मानिसहरूलाई ढोका-ढोकामा खटाएँ।
20
एक दुईपल्ट थरीथरीका चीज बेच-बिखन गर्ने व्यापारीहरूले पर्खालको बाहिरपट्टि नै शुक्रबारको रात काटेछन्।
21
मैले तिनीहरूलाई चेतावनी दिएँ, “त्यसरी बाहिर बसेर बिहान पर्खने काम छैन, फेरि त्यसो गर्यौ भने म तिमीहरूलाई कडा कारबाही गर्नेछु।” त्यसपछि तिनीहरू विश्रामको दिनमा आउन छोडे।
22
मैले लेवीहरूलाई आफैं शुद्ध हुन, त्यसपछि गएर मूल-ढोकामा पहरा दिन र यसरी विश्रामको दिन पवित्र राख्ने रीति ठीकसँग कायम राख्न आज्ञा दिएँ। हे परमेश्वर, यो पनि मेरो निम्ति सम्झना राख्नुहोस् र तपाईंको महान् प्रेममा मलाई कृपा गर्नुहोस्।
23
त्यस बेला मैले यो पनि देखें कि धेरै यहूदी पुरुषहरूले अश्दोद, अम्मोन र मोआबका स्त्रीहरूलाई विवाह गरेका रहेछन्।
24
तिनीहरूका आधासरो छोरा-छोरीहरूले अश्दोदी वा अन्य भाषा बोल्थे तर यहूदी भाषा बोल्न सक्दैनथे।
25
मैले ती मानिसहरूलाई हकारें, सराप दिएँ, कुटें र केश जगल्ट्याइदिएँ। तब मैले तिनीहरूलाई हामी र हाम्रा छोरा-छोरीले अब उसो कहिल्यै पनि अरू जातिहरूसँग अन्तरजातीय बिहावारी गर्नेछैनौं भनेर परमेश्वरको नाममा शपथ खान लाएँ।
26
मैले तिनीहरूलाई भनें, “विदेशी स्त्रीहरूले सोलोमन राजालाई पाप गर्न लाएका थिए। उनी अरू सबै देशका राजाहरूभन्दा महान् थिए। परमेश्वरले तिनलाई प्रेम गर्नुहुन्थ्यो र सारा इस्राएलमाथि राजा बनाउनुभयो। तर तिनले यही पाप गरे।
27
अब के हामीहरूले पनि तिम्रो नमुना लिएर विदेशी स्त्रीहरू विवाह गरी आफ्ना परमेश्वरको आज्ञा भङ्ग गर्नुपर्ने हो?”
28
मुख्य पूजाहारी एल्यासीबको छोरो योयादाको एक जना छोरोले बेथ-होरोन निवासी सन्बलतकी छोरीसँग विवाह गरेको थियो। यसैकारण मैले योयादालाई यरूशलेम छोड्न लाएँ।
29
हे परमेश्वर! यी मानिसहरूले कसरी पूजाहारीको उच्च स्थान र पूजाहारी र लेवीहरूसँग तपाईंले बाँध्नुभएको करारमाथि कलङ्क लाए, सो सम्झना राख्नुहोस्।
30
मैले मानिसहरूलाई सबै विदेशी कुराहरूदेखि चोख्याएँ, पूजाहारी र लेवीहरू प्रत्येकले आ-आफ्नो कर्तव्य बुझोस् भनी तिनीहरूका निम्ति नियमहरू बनाइदिएँ।
31
बलि चढाउन दाउरा ठीक ठहराएको समयमा मन्दिरमा ल्याउन पाउने प्रबन्ध मिलाएँ र मानिसहरूले पहिलो अन्न र फलफूल समयमा मन्दिरमा ल्याउने प्रबन्ध पनि मिलाएँ। यी सबै सम्झना गर्नुहोस्, हे परमेश्वर र मलाई आशिष् दिनुहोस्!
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13