bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 2
Nehemiah 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 3 →
1
चार महिनापछि एक दिन राजा अर्तासास्त भोजनमा बसेका बेलामा उनलाई मैले मद्य टक्र्याएँ। उनले मलाई कहिल्यै उदास देखेका थिएनन्।
2
उनले सोधे, “तिमी किन यस्तो उदास देखिन्छौ? तिमी बिरामी त छैनौ। तिमी निश्चय अफसोसमा छौ।” म अलिक आत्तिएँ
3
र यसरी उत्तर दिएँ, “राजाको दीर्घायु होस्, म कसरी उदासी देखा नपरूँ, मेरा पुर्खाहरू गाडिएका सहर ध्वस्त भएको छ र त्यसका फाटकहरू आगाले भस्म भएका छन्।”
4
राजाले सोधे, “तिमी के चाहन्छौ?” मैले स्वर्गका परमेश्वरलाई प्रार्थना गरें
5
र राजालाई भनें, “राजा मसँग खुसी हुनुहुन्छ र दासको बिन्ती ग्रहण गर्नुहुन्छ भने मलाई यहूदा देशमा जाने आज्ञा दिनुहोस्, त्यहाँ मेरा पुर्खाहरू गाडिएका छन् र फेरि त्यो सहर नयाँ गरी बनाउन पाऊँ।”
6
राजाले मेरो बिन्ती स्वीकार गरे। रानी पनि साथमा थिइन्। राजाले सोधे, “तिमी कति दिनका निम्ति जान्छौ र कहिलेसम्म फर्कन्छौ?” मैले राजालाई सो बारेमा बताइदिएँ।
7
त्यसपछि मैले राजासित मलाई यहूदासम्म जाने अनुमति दिनू भनेर यूफ्रेटिस नदीपारि पश्चिमतिरको प्रान्तका बडा-हाकिमहरूको नाममा लेखिएको आज्ञा-पत्रहरू मागें।
8
राजाका वन विभागका अधिकारी आसापको नाउँमा पनि मन्दिरको रक्षाको निम्ति बनेका किल्लाका ढोका र फाटकहरू बनाउन अनि सहरका पर्खालहरू र मेरो बस्ने घर बनाउन चाहिने काठपात दिनू भन्ने एउटा आज्ञा-पत्र मागें। मैले मागेको सबै कुरा राजाले दिए किनभने परमेश्वर मसँग हुनुहुन्थ्यो।
9
राजाले केही घोडसवार सैनिक र अफिसरहरू पठाइदिए र म यूफ्रेटिसपारि पश्चिमतिरको प्रान्तमा पुगें। राजाका आज्ञा-पत्रहरू मैले त्यहाँका प्रान्तका हाकिमहरूलाई दिएँ।
10
तर बेथ-होरोन सहरमा बस्ने सन्बलत र अम्मोन प्रान्तका तोबिया नाम भएका अधिकारी भने इस्राएलका मानिसहरूका भलाइ गर्न कुनै व्यक्ति आएको छ भन्ने कुरा सुनेर खुबै रिसाए।
11
म यरूशलेममा पुगें। त्यहाँ तीन दिनसम्म मैले कसैलाई
12
परमेश्वरले मलाई यरूशलेममा के गर्न पठाउनुभएको हो भन्ने बारेमा केही भनिनँ। तब मध्यरातमा केही मानिसहरू साथमा लिएर म बाहिर निस्कें। मैले चढेको एउटा गधाबाहेक अरू पशु हामीसँग थिएन।
13
पश्चिमपट्टि बेसीको मूल-ढोकाबाट म राती सहरदेखि निस्कें। दक्षिणतर्फ अजिङ्गरे भनिने पानीको फोहोरा नाघेर म घुर्याने मूल-ढोकासम्म गएँ। बाटामा मैले सहरका भत्केका पर्खाल र आगाले नष्ट भएका फाटकहरू हेरेर जाँच गरें।
14
तब सहरका पूर्वमा उत्तरतर्फ फोहोरा ढोका र राज पोखरीसम्म पुगें। त्यहाँ मैले चढेको गधाले ढुङ्गाहरूको बीच हिँड्ने बाटो पाएन।
15
यसकारण म ओह्रालो किद्रोनको बेसीमा गएर पर्खालहरू हेर्दै आफ्ना सवारमा अघि बढें। त्यसपछि त्यही बाटो भएर म फर्कें र बेसीको मूल-ढोकाबाट सहरमा पसें।
16
म कहाँ गएँ र के गरें, सहरका कोही अधिकारीहरूले पनि थाहा पाएनन्। मेरा यहूदी भाइ-बन्धुहरूलाई पनि मैले यतिञ्जेल केही भनेको थिइनँ। पुरोहित, अगुवा, अधिकारी वर्ग र अरूबाट मैले पछि आफ्ना कामको निम्ति मद्दत लिनुपर्ने थियो; तर त्यतिञ्जेल तिनीहरू कसैलाई पनि केही भनेको थिइनँ।
17
तब अन्तमा मैले तिनीहरूलाई भनें, “हेर, हाम्रो कस्तो दुदर्शा छ, यरूशलेम ध्वंस भएको छ, त्यसका फाटकहरू भस्म भएका छन्। आओ, सहरका पर्खालहरू फेरि नयाँ गरी बनाऔं र हाम्रो बेइज्जती मेटाऔं।”
18
मैले तिनीहरूलाई कसरी परमेश्वरले मसँग हुनुभएर मेरो मद्दत गर्नुभएको थियो र राजाले के, कसो भनेका थिए, सबै भनेर सुनाएँ। तिनीहरूले उत्तरमा भने, “हामी फेरि सहर र पर्खाल बनाउने काम सुरु गरौं।” र तिनीहरू काम गर्न तयार भए।
19
तर जब सन्बलत, तोबिया र गेशेम नाम गरिएको एक जना अरबीले हामी के गर्न आँटेका छौं भनी सुने, तिनीहरूले हाम्रो हाँसो उडाए र भने, “तिमीहरूले के गर्न लागेका छौ? के तिमीहरू राजाको विरुद्ध विद्रोह गर्ने?”
20
मैले उत्तर दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफल गराउनुहुनेछ। हामी उहाँका सेवकहरू हौं अनि सहर र पर्खाल बचाउन सुरु गर्न लागेका छौं। तर यरूशलेममा भएका कुनै सम्पत्तिमाथि तिमीहरूको अधिकार छैन, यसको परम्परामा पनि तिमीहरूको केही भाग छैन।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13