bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 5
Nehemiah 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 6 →
1
केही समयपछि धेरै जना पुरुष र स्त्रीहरूले आफ्ना यहूदी भाइ-बन्धुहरूको विरुद्धमा कुरा गर्न लागे।
2
कोही भन्थे, “हाम्रो जहान ठूलो छ, हामीलाई बाँच्न अन्न चाहिन्छ।”
3
कोही भन्थे, “भोकले मर्नुबाट बाँच्नलाई हामीले आफ्ना खेतबारी, घर र दाखबारीहरू बन्धक राखेर अन्न जगेडा गर्नुपरेको छ।”
4
अरू भन्थे, “हाम्रा खेत र दाखबारीमा लाग्ने सरकारी कर तिर्न हामीले ऋण लिनुपरेको छ।
5
अरू यहूदीजस्तै हामी पनि यहूदी वंशका हौं। हाम्रा छोरा-छोरीहरू पनि के तिनीहरूको जस्तै असल र प्रिय छैनन् र? तर हामीले आफ्ना छोरा-छोरीहरूलाई कमारा-कमारी बनाएर बेच्नुपरेको छ। हाम्रा कति छोरीहरू कमारी भएर विक्री भइसके। हाम्रा खेत र दाखबारीहरू हामीदेखि खोसिएर हामी असहाय भएका छौं।”
6
यस्तो कुरा सुन्दा मलाई साह्रै रिस उठ्यो।
7
मैले केही गर्न कदम उठाउने निश्चय गरें। अगुवा र भारदारहरूलाई हकारें र भनें, “तिमीहरूले आफ्नै भाइहरूलाई सताइरहेका छौ।” यो समस्या समाधान गर्न मैले सबैलाई एउटा सभामा भेला गरें
8
र भनें, “सकभर विदेशीका हातमा बेचिएका हाम्रा यहूदी भाइ-बन्धुहरूलाई हामीले किनेर छुटाउँदै छौं। तर अब तिमीहरूले चाहिँ आफ्नै भाइ-बहिनीहरूलाई किनबेच गर्न सुरु गरेछौ। एउटा यहूदी अर्को यहूदीको हातमा बेचिँदै छ। यो कस्तो कुरा हो?” अगुवाहरू जवाफ नपाएर चुप रहे।
9
मैले फेरि भनें, “तिमीहरूको यो काम गल्ती भयो। अब, परमेश्वरलाई आदर दिएर जे कुरा ठीक छ सो गर। तब पो हाम्रा शत्रुहरूले हामीलाई खिसी गर्ने केही कुरा पाउनेछैनन्।
10
मैले मानिसहरूलाई अन्न र धन ऋण दिएको छु। मेरा साथी र कारिन्दाहरूले पनि त्यसरी ऋण दिएका छन्। अब हामीले ती ऋण छोडिदिऔं।
11
धन, अन्न, मद्य, जैतुनको तेल जे होस्, सबैको ऋण छोडिदेऔँ। तिनीहरूका खेत, दाख र भद्राक्षका बारी र घरहरू झट्टै तिनीहरूलाई फिर्ता देओ।”
12
अगुवाहरूले भने, “तपाईंले भनेजस्तो हामी गर्नेछौं। हामी तिनीहरूका धन-सम्पत्ति फर्काइदिनेछौं र ऋण फिर्ता लिनेछैनौं।” मैले पूजाहारीहरूलाई बोलाएँ र तिनका अघि ती अगुवाहरूलाई आफूले दिएको प्रतिज्ञाअनुसार शपथ खान लाएँ।
13
तब मैले कम्मरमा बाँधिएको पटुका फुकालें र टकटक्याएँ। “तिमीहरू कसैले आफ्ना प्रतिज्ञा पूरा गरेनौ भने परमेश्वरले यसरी नै तिमीहरूलाई टक्टक्याउनुहुनेछ,” मैले भनें, “परमेश्वरले तिम्रा घर, धन-सम्पत्ति सबै खोस्नुहुनेछ र तिम्रा हात रित्ता पारिदिनुहुनेछ।” त्यहाँ भएका सबैले “आमेन” भने र परमप्रभुको प्रशंसा गरे। अगुवाहरूले आफ्ना प्रतिज्ञा कायम राखे।
14
राजा अर्तासास्तका शासनकालको बीसौँदेखि बत्तीसौं वर्षसम्म म यहूदाको बडा-हाकिम थिएँ। यी बाह्र वर्षभरि मैले र मेरा कुटुम्ब र परिवारले बडा— हाकिमले पाउने भोजन लिएनौं।
15
मभन्दा अघिका सबै बडा-हाकिमहरू प्रजामाथि बोझ बन्थे र खान-पानको निम्ति दिनको चालीस वटा चाँदीका मुद्रा लिन्थे। उनका चाकरहरूले पनि प्रजालाई सताउँथे। तर मैले भिन्नै प्रकारले काम गरें किनभने म परमेश्वरलाई आदर गर्थें।
16
मैले आफ्नो सारा शक्ति पर्खाल मर्मत गर्नमा लगाएँ, मैले धन-सम्पत्ति जगेडा गरिनँ। मेरो अधीनमा काम गर्नेहरू सबैले पर्खाल बनाउने काममा भाग लिए।
17
सधैँ मैले आफ्ना भोजमा डेढ सय यहूदी र उनका अगुवाहरूलाई खुवाउँथें। तीबाहेक चारैपट्टिका देशबाट मलाई भेट्न आउने मानिसहरूले पनि मसँग खान्थे।
18
दिनहुँ खानलाई एउटा गोरु, छ वटा असल मोटा भेडाहरू र असङ्ख्य कुखुराहरू जुटाइन्थे। दश-दश दिनमा ताजा मद्य बटुलिन्थ्यो। तर म जान्दथें कि प्रजाहरूले कत्रो भार बोक्नुपर्थ्यो। त्यसैले बडा-हाकिमले पाउने भत्ता मैले लिइनँ।
19
हे परमेश्वर, म बिन्ती गर्दछु कि मैले यस जातिको निम्ति गरेको हरेक कुरा मेरो लाभको निम्ति सम्झना राख्नुहोस्!
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13