bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Nehemiah 7
Nehemiah 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
1
अब पर्खाल बनिसकेको थियो। ढोकाहरू ठाउँ-ठाउँमा राखिएका थिए। मन्दिरका पहरादारहरू, पवित्र भजन गाउने गायक र लेवीहरू आफ्ना काम-काजमा खटाइएका थिए।
2
यरूशलेम सहरमाथि शासन गर्न मैले दुई जना व्यक्ति खटाएँ। ती दुईमा मेरा भाइ हनानी र किल्लाका सेनापति हनन्याह थिए। हनन्याह भरपर्दा र परमेश्वरको भय मान्ने व्यक्ति थिए, उनीजस्तो अरू कोही थिएन।
3
मैले तिनीहरूलाई यरूशलेमका ढोकाहरू बिहान घाम नझुल्कुञ्जेलसम्म नखोल्नू र बेलुका घाम अस्ताएपछि पहरादारहरू हुँदाहुँदै ढोकाहरू बन्द गरेर राम्ररी आग्लाहरू लगाउनू भनें। पहरादारहरू यरूशलेमकै बासिन्दाहरूबाट खटाउनू, तिनीहरूलाई विशेष-विशेष ठाउँमा पहरा दिन लाउनू र तीबाहेक अरू मानिसहरूलाई चाहिँ आ-आफ्ना घरका चारैपट्टि गस्ती लाउन आदेश दिएँ।
4
यरूशलेम सहर ठूलो र फैलिएको थियो, तर त्यहाँ बास गर्ने मानिसहरू थोरै थिए। धेरै घर अझ बनिएको थिएन।
5
मैले अगुवा, भारदार र मानिसहरू सबैलाई भेला गरी, तिनीहरूको वंशावली जाँच गर्ने प्रेरणा परमेश्वरबाट पाएँ। कैदबाट छुटेर सबैभन्दा पहिले फर्कनेहरूको वंश-सूची मैले फेला पारें र त्यहाँ यी कुराहरू भेट्टाएँ—
6
धेरै कैदीहरू बेबिलोन प्रान्तदेखि फर्केर यरूशलेम र यहूदामा आएका थिए र आ-आफ्ना सहरमा गएका थिए। उनका परिवारहरू नबूकदनेसर राजाले कैद गरेर लगेपछि आफ्ना देशबाहिर बेबिलोनियामा बास गरिरहेका थिए।
7
उनका अगुवाहरू यरुबाबेल, येशूअ, नहेम्याह, अजर्याह, राम्याह, नहमानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नेहूम र बानाह थिए।
8
[8-25] कैदबाट फर्कने इस्राएलीहरूका वंश-वंशको नाम र सङ्ख्या यस प्रकारको छ: परोश — २,१७२ शपत्याह — ३७२ आरा — ६५२ पहत-मोआब (येशूअ र योआबका सन्तान) — २,८१८ एलाम — १,२५४ जत्तू — ८४५ जक्कै — ७६० बिन्नूई — ६४८ बेबै — ६२८ अज्गाद — २,३२२ अदोनीकाम — ६६७ बिग्वै — २,०६७ आदीन — ६५५ आतेर (जसलाई हिजकिया पनि भनिन्छ) — ९८ हाशूम — ३२८ बेजै — ३२४ हारीप — ११२ गिबोन: ९५
26
[26-38] आ-आफ्ना पुर्ख्यौली सहरमा मानिसहरू यसरी फर्कंदै थिए: बेथलेहेम र नतोपा — १८८ अनातोतमा — १२८ बेथ-अज्मावेतमा — ४२ किर्यत-यारीममा, कपीरा र बेरोतमा — ७४३ रामा र गेबामा — ६२१ मिकमाशमा — १२२ बेथेल र ऐमा — १२३ अर्को नेबोमा — ५२ अर्को एलाममा — १,२५४ हारीममा — ३२० यरीहोमा — ३४५ लोद, हादीद र ओनोमा — ७२१ सेनाहमा — ३,९३०
39
[39-42] कैदबाट फर्कने पूजाहारीहरूका वंश यस्तो थियो: यदायाहको (येशूअका सन्तान) — ९७३ इम्मेरको — १,०५२ पशहूरको — १,२४७ हारीमको — १,०१७
43
[43-45] कैदबाट फर्कने लेवीहरूका वंश: येशूअ र कादमीएलको परिवार (होदबियाका सन्तान) — ७४ मन्दिरका गायकहरू (आसापका सन्तान) — १४८ मन्दिरका पहरादारहरू (शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता र शोबैका सन्तान) — १३८।
46
[46-56] कैदबाट फर्कने मन्दिरका सेवकहरूका वंश: सीहा, हसूपा, तब्बाओत, कोरेस, सीआ, पादोन, लेबाना, हगाबा, शल्मै, हानान, गिद्देल, गहर, रायाह, रसीन, नकोदा, गज्जाम, उज्जा, पसेह, बेजै, मोनिम, नेपुसीम, बक्बूक, हकूपा, हर्हुर, बस्लूत, महीदा, हर्शा, बर्कोस, सीसरा, तेमह, नसीह र हतीपा।
57
[57-59] कैदबाट फर्कने सोलोमनका चाकरहरूका वंश: सोतै, सोपेरेत, पारीद, याला, दर्कोन, गिद्देल, शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमोन।
60
कैदबाट फर्केका मन्दिरका सेवक र सोलोमनका चाकरहरूको जम्मा सङ्ख्या ३९२ थियो।
61
[61-62] दलायाह, तोबिया र नकोदा वंशका ६४२ जना मानिसहरू तेल-मेलह, तेल-हर्शा, करूब, आदोन र इम्मेर भनिने सहरहरूबाट फर्किआएका थिए तर तिनीहरूले हामी इस्राएलका सन्तान हौं भनी प्रमाण दिन सकेनन्।
63
[63-64] पुरोहित वंशका होबायाह, हक्कोस र बर्जिल्लै परिवारले वंशावलीमा आफ्नो पुर्खाको नाम पाउन सकेनन् (पुरोहित वंश बर्जिल्लैका एक जना पुरुषले गिलादी बर्जिल्लैकी एउटी कन्या विवाह गरेर ससुराली नाम बर्जिल्लै चलाएर ल्याएको थियो)। तिनीहरूले आफ्ना पिता-पुर्खाको बारेमा प्रमाण दिन नसकेको कारणले तिनीहरूलाई पुरोहित भनी ग्रहण गरिएन।
65
तिनीहरूले परमेश्वरलाई चढाएको भोजन खान सक्दैनन् तर ऊरीम र तुम्मीम (परमेश्वरको इच्छा चिन्नलाई प्रयोग गरिने वस्तुहरू) चलाउन सक्ने कुनै पूजाहारी पाइएपछि भने तिनीहरूले सो भोजन खान सक्छन् भन्ने उर्दी यहूदी बडा-हाकिमले दिए।
66
[66-69] फर्किएका कैदीहरूको जम्मा सङ्ख्या ४२,३६० थियो। तिनीहरूका चाकर र चाकर्नीहरू ७,३३७ पुरुष र स्त्री गवैयाहरू २४५ घोडा ७३६ खच्चर २४५ ऊँट ४३५ र गधा ६,७२० थिए।
70
[70-72] धेरै मानिसहरूले मन्दिर बनाउने खर्चमा धन दिएर सघाए: बडा-हाकिमले — ८ किलो सुन, ५० वटा आराधनामा चलाउने बाटा, ५३० वटा पूजाहारीले लाउने पोशाक। वंश-वंशका अगुवाहरूले — १६८ किलो सुन, १,२५० किलो चाँदी। बाँकी मानिसहरूले — १६८ किलो सुन, १४० किलो चाँदी, ६७ वटा पूजाहारीले लाउने पोशाक।
73
इस्राएलका सबै मानिसहरू: पूजाहारी, लेवी, मन्दिरका पहरादार, गवैया, अरू साधारण मानिस, मन्दिरमा काम गर्नेहरू यहूदाका सहर र गाउँहरूमा बसोबास गर्थे।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13