bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 1
Zechariah 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 2 →
1
दारा फारस देशको महाराजा भएको दोस्रो वर्षको आठौँ महिनामा परमप्रभुले बेरेक्याहको छोरो र इद्दोको नाति जकरिया अगमवक्तालाई यो सन्देश दिनुभयो।
2
सर्वशक्तिमान् परमप्रभुले मानिसहरूलाई यसो भन्न जकरियालाई भन्नुभयो, “म परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसित औधी रिसाएको थिएँ,
3
तर म अब तिमीहरूलाई भन्दै छु, ‘मकहाँ फर्की आओ र म तिमीहरूकहाँ फर्की आउनेछु।
4
तिमीहरू आफ्ना पिता पुर्खाहरूजस्ता नहोओ। धेरै समयअघि नै अगमवक्ताहरूले तिनीहरूलाई दुष्ट चालचलन र दुष्कर्म छोड्न मेरो सन्देश तिनीहरूलाई दिएका थिए। तर तिनीहरूले मेरा कुरा सुनेनन् र मेरा आज्ञा मानेनन्।
5
ती अगमवक्ताहरू र तिम्रा पुर्खाहरू अब जीवित छैनन्।
6
मेरा सेवक अगमवक्ताहरूद्वारा मैले तिम्रा पुर्खाहरूलाई आज्ञा र चेतावनीहरू दिएँ; तर तिनीहरूले तिनको केही वास्ता गरेनन् र त्यसको फल भोग्नुपर्यो। त्यसपछि तिनीहरूले पश्चात्ताप गरे र ‘म सर्वशक्तिमान् परमप्रभुले दण्ड दिन्छु भनेर निश्चय गरेको र तिनीहरूले पाउने उचित दण्ड तिनीहरूलाई दिएको थिएँ भनी तिनीहरूले मानिलिए।’
7
दारा महाराजा भएको दोस्रो वर्ष, त्यसको एघारौँ महिना (शबाथ महिना) को चौबीसौँ दिन परमप्रभुले मलाई राती दर्शनमा एउटा सन्देश दिनुभयो।
8
मैले एक जना मानिस रातो घोडामा चढेको देखें। उनी एउटा बेसीमा मेहदीको बोटहरूको बीचमा अडिएका थिए। तिनका पछिल्तिर राता, खैरा र सेता घोडाहरू थिए।
9
तिनलाई मैले सोधें, प्रभु, “यी घोडाहरूका अर्थ के हुन्?” मसँग बोल्ने स्वर्गदूतले जवाफ दिए, “त्यो म तिमीलाई बताइदिनेछु।
10
यी घोडाहरूलाई परमप्रभुले पृथ्वीमा गएर के-के हुँदै छ, सो हेर्न पठाउनु भएको हो भनी मेहदीका बोटहरूबीच उभेका ती मानिसले भने।
11
तब तिनीहरूले परमप्रभुको स्वर्गदूतलाई यस्तो बयान दिए, “हामीले सारा पृथ्वी फेरो लाएर हेर्यौं। सारा संसार शान्त र चुपचाप छ।”
12
तब ती स्वर्गदूतले भने, “हे सर्वशक्तिमान् परमप्रभु, सत्तरी वर्षसम्म तपाईं यरूशलेम र यहूदाका अरू सहरहरूसँग रिसाउनुभएको छ। अरू कति दिनसम्म तपाईंले तिनीहरूमाथि दया देखाउनुहुन्न?”
13
तब परमप्रभुले मसँग कुरा गर्ने स्वर्गदूतलाई दया र सान्त्वनाका कुराहरू भन्नुभयो
14
र तिनै र्स्वगदूतले मलाई सर्वशक्तिमान् परमप्रभुका यी वचन घोषणा गर्ने आदेश दिए, “मेरो पवित्र सहर यरूशलेमको निम्ति मेरो गहिरो माया र वास्ता छ
15
अनि शान्ति र मेल-मिलापको आनन्द पाएका जातिहरूमाथि मेरो ठूलो क्रोध छ किनभने मैले आफ्नो प्रजामाथि आफ्नो रिस रोकिराखेको बेलामा ती जातिहरूले मेरा मानिसहरूको विपत्ति अझ धेरै बढाइदिए।
16
यसकारण मेरो दया देखाउनलाई म यरूशलेममा फर्की आएको छु। मेरो मन्दिर फेरि बनाइने र यो सहर फेरि नयाँ गरी बसालिनेछ।”
17
स्वर्गदूतले मलाई यो कुरो पनि घोषणा गर्न अह्राए, “सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ कि उहाँका सहरहरूको फेरि उन्नति हुनेछ र उहाँले फेरि यरूशलेमलाई सहायता गर्नुहुनेछ र त्यसलाई आफ्नो सहर बनाउनुहुनेछ।”
18
अर्को दर्शनमा मैले चारवटा गोरुका सिङहरू देखें।
19
मसित बोलिरहेका स्वर्गदूतलाई मैले सोधें, “यी सिङहरूका अर्थ के हुन्?” स्वर्गदूतले उत्तर दिए, “यी सिङहरूले तिनै शक्तिशाली राज्यहरूलाई बुझाउँछन्, जसले यहूदा, इस्राएल र यरूशलेमका मानिसहरूलाई धपाएर छरपष्ट पारेका थिए।”
20
त्यसपछि परमप्रभुले मलाई हातमा मार्तोल लिएका चार जना कारिगरहरू देखाउनुभयो,
21
मैले सोधें, “यी मानिसहरू के गर्न आएका हुन्?” उहाँले जवाफ दिनुभयो, “जुन जातिहरूले यहूदा देशलाई सम्पूर्णरूपले धुलोपिठो पारी त्यहाँका बासिन्दाहरूलाई छरपष्ट पारेका थिए, ती जातिहरूलाई भयभीत पारी तिनीहरूको पतन गर्न यी कारिगरहरू आएका हुन्।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14