bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 11
Zechariah 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 12 →
1
ए लेबनान, तेरा ढोकाहरू उघारिदे र आगोले तेरा देवदारुका रूखहरू भस्म पारोस्!
2
ए सल्लाका रूखहरू, रोओ र बिलौना गर! देवदारुका रूखहरू ढले, ती गौरवपूर्ण रूखहरू नष्ट भए। ए बाशानका फलाँटका रूखहरू हो, रोओ र बिलौना गर! घना जङ्गलका रूखहरू ढालिए।
3
अगुवाहरूले शोकले विलाप गर्छन्। तिनीहरूको गौरव हरायो! सिंहहरू गर्जेका सुन, यर्दन किनारको जङ्गल नष्ट भयो!
4
परमप्रभु मेरा परमेश्वरले मलाई भन्नुभयो, “काटिन लगिएका भेडाहरूका बगालका गोठालोको काम गर।”
5
भेडा किन्नेहरूले तिनीहरूलाई मार्दछन् र पनि दण्ड पाउँदैनन्। मासु बेचेर तिनीहरू यसो भन्छन्, ‘परमप्रभुको प्रशंसा गर! हामी धनी भयौं!’ तिनीहरूका आफ्नै गोठालाहरूले पनि भेडाहरूलाई टिठ्याउँदैनन्।”
6
(परमप्रभु भन्नुहुन्छ, “यस देशमा म कसैलाई टिठ्याउँदिनँ। म आफैंले सबै मानिसहरूलाई तिनीहरूका राजाका हातमा पारिदिनेछु। ती राजाहरूले देश ध्वंस पार्नेछन् र म तिनीहरूका हातबाट यो देशलाई बचाउनेछैनँ।”)
7
भेडा ल्याउनेहरू र बेच्नेहरूले मलाई गोठालो खटाए र म ती काटिन लगिएका भेडाहरूको गोठालो भएँ। मैले हातमा दुईवटा लाठो लिएँ— एउटाको नाम ‘अनुग्रह’ र अर्कोको नाम ‘एकता’ राखें। मैले भेडाहरूका बगाललाई चराएँ।
8
मैले तीन जना गोठालाहरूलाई एकै महिनामा निकालिदिएँ।
9
त्यसपछि त्यस बगालले मलाई घृणा गर्यो र म तिनीहरूसँग वाक्क भएँ। मैले भेडाहरूका बगाललाई भनें, “म अब तिमीहरूको गोठालो हुनेछैनँ। जो-जो मर्नेछन्, मरून्। नष्ट हुनेहरू, नष्ट होऊन्। बाँचिरहेकाहरूलेचाहिँ एक-अर्काको मासु खाऊन्।”
10
त्यसपछि मैले ‘अनुग्रह’ भनिने लाठो लिएर भाँचें र त्यसरी परमप्रभुले सारा जातिहरूसित बाँध्नुभएको करारलाई तोडें।
11
त्यसरी त्यो दिन करार रद्द गरियो। भेडा ल्याउनेहरू र बेच्नेहरूले मलाई हेरिरहेका थिए र मैले गरेका कामद्वारा परमप्रभु बोल्दै हुनुहुन्थ्यो भनी तिनीहरूले थाहा पाए।
12
मैले तिनीहरूलाई भनें, “तिमीहरू तयार छौ भने मेरो ज्याला देओ, तयार छैनौ भने नदेओ।” तब तिनीहरूले मलाई मेरो ज्याला चाँदीका तीस टुक्रा दिए।
13
परमप्रभुले मलाई भन्नुभयो, “तेरो ज्याला मन्दिरको भण्डारमा दे।” तब मैले ती चाँदीका तीस टुक्रा तिनीहरूले मलाई योग्य ठानेर दिएको मेरो बहुमूल्य दाम मन्दिरको भण्डारमा दिएँ।
14
त्यसपछि मैले ‘एकता’ भनिने दोस्रोचाहिँ लाठो भाँचें र त्यसरी यहूदा र इस्राएलको एकता भङ्ग भयो।
15
त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, “फेरि एक चोटि बेकामे-गोठालाको काम गर्।
16
मैले आफ्नो बगालमाथि एउटा गोठालो खटाएको छु तर त्यसले नष्ट हुन लागेका भेडाहरूलाई मद्दत गर्दैन, हराएकाहरूलाई खोज्दैन, चोट लागेकाहरूलाई निको पार्दैन र स्वस्थ भेडाहरूलाई घाँस खुवाउँदैन। बरु त्यसले मोटो-मोटो भेडाको मासु खान्छ र तिनीहरूका खुर च्यातिदिन्छ।
17
त्यो बेकामे-गोठालो विनाश भएर जानेछ! त्यसले आफ्नो बगाललाई त्याग्यो। त्यसका सारा शक्ति लडाइँमा नष्ट भएर जानेछ। त्यसका पाखुरा सुकिजानेछ र त्यसको दाहिने आँखा बन्द हुनेछ।”
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14