bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 5
Zechariah 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 6 →
1
मैले फेरि हेरें र यस पटक चाहिँ एउटा कागजको मुट्ठो हावामा उडिरहेको देखें।
2
तिमी के देख्दै छौ भनी मलाई स्वर्गदूतले सोधे। मैले जवाफ दिएँ, “म हावामा उडिरहेको एउटा कागजको मुट्ठो देख्दै छु। त्यो नौ मिटर लामो र साढे चार मिटर चौडा छ।”
3
तब स्वर्गदूतले मलाई भने, “सारा देशमा पर्न लागेको सरापको बारेमा त्यसमा लेखिएको छ। त्यसको एकापट्टि सबै चोरहरू देशबाट धपाइने भनी लेखिएको छ र अर्कापट्टि शपथ खाई झूटा बोल्नेहरू पनि धपाइनेछन् भनी लेखिएको छ।
4
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ कि म यो सराप पठाउनेछु र हरेक चोरको घर र मेरो नाममा शपथ खाई झूट बोल्ने हरेकको घरमा यो सराप पस्नेछ। ती घरहरूमा यो सराप रहनेछ र ध्वंस पार्नेछ।”
5
मसित कुरा गर्ने स्वर्गदूत फेरि देखा परे र भने, “हेर, अर्को केही कुरो फेरि आइरहेको छ।”
6
“त्यो के हो?” मैले सोधें। उनले उत्तर दिए, “त्यो एउटा डोको हो र त्यसले सारा देशको पाप जनाउँछ।”
7
डोकोमा सिसाको ढकनी लगाइएको थियो। मैले हेर्दाहेर्दै ढकनी उघ्रियो र डोकोभित्र एउटी स्त्री बसिरहेकी रहेछ।
8
स्वर्गदूतले भने, “यो स्त्री दुष्ट्याइँको नमुना हो।” त्यसपछि उनले स्त्रीलाई ठेलेर डोकोभित्र हाले र ढकनी बन्द गरिदिए।
9
मैले माथि हेरें र दुई जना आइमाईहरूलाई मतिर उडेर आइरहेका देखें। ती आइमाईहरू सारसका जस्ता बलिया पखेटाका भरमा उड्दै थिए। तिनीहरूले त्यो डोको टिपेर उडाइलगे।
10
मैले स्वर्गदूतलाई सोधें, “तिनीहरूले त्यो डोको कहाँ लैजाँदै छन्?”
11
उनले जवाफ दिए, “बेबिलोनमा र त्यहाँ त्यसको निम्ति तिनीहरूले एउटा घर बनाउनेछन्। त्यो घर बनाइसकेपछि डोको पुज्नलाई त्यसको ठाउँमा राखिनेछ।”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14