bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 13
Zechariah 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 14 →
1
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “त्यो समय आएपछि एउटा पानीको मूल फुटेर आउनेछ र त्यस पानीले दाऊदका सन्तानहरू र यरूशलेमका बासिन्दाहरूलाई तिनीहरूका पाप र अशुद्धताबाट शुद्ध पार्नेछ।
2
त्यस बेला म त्यस देशबाट मूर्तिहरूको नाम-निशाना मेटिदिनेछु र फेरि कसैले तिनीहरूको सम्झना गर्नेछैन। आफैंलाई म अगमवक्ता हुँ भनी भन्नेहरूलाई र अशुद्ध आत्मालाई म देशबाट हटाइदिनेछु।
3
तैपनि कसैले अगमवाणी बोल्ने ढिपी गर्छ भने त्यसका आफ्ना आमा-बुबाले नै त्यसलाई तँ मारिनुपर्नेछ भन्नेछन् किनभने त्यसले परमप्रभुको वचन बोल्दै छु भन्छ; तर त्यसले झूटै कुरा बोल्छ। त्यसले अगमवाणी गर्दा त्यसैका आमा-बुबाले त्यसलाई घोचेर मार्नेछन्।
4
त्यस दिन हरेक अगमवक्ता आफ्नै पाएको दर्शनदेखि लजाउनेछ र अगमवाणीको धोका दिनलाई अगमवक्ताले रौंको वस्त्र लाउनेछैन।
5
त्यसको सट्टामा त्यसले यसो भन्नेछ, ‘म अगमवक्ता होइनँ। म एउटा किसान हुँ। मैले सारा जीवन खेती गर्दैआएको छु।’
6
कसैले त्यसलाई ‘तिम्रो छातीमा केको चोट परेको हो?’ भनी सोधे त्यसले यस्तो जवाफ दिनेछ, ‘यो चोट मलाई मेरो साथीको घरमा लागेको हो।”
7
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “ए तरवार! उठ् र मेरो काम गर्ने गोठालोलाई हमला गर्, त्यसलाई मार् र भेडाहरू छरपष्ट हुनेछन्। म आफ्नो प्रजामाथि आक्रमण गर्नेछु
8
र देशभरि दुई तिहाइ मानिसहरू मर्नेछन्। अनि एक तिहाइ बाँच्नेछन्।
9
बाँचेका एक तिहाइको म जाँच लिनेछु र आगोले चाँदी निखारेझैँ म तिनीहरूलाई निखार्नेछु। सुन जाँचेझैँ म तिनीहरूलाई जाँच्नेछु। तब तिनीहरूले मलाई बिन्ती गर्नेछन् र म तिनीहरूलाई उत्तर दिनेछु। तिनीहरू मेरा प्रजा हुन् भनी म तिनीहरूलाई भन्नेछु र म तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले भन्नेछन्।”
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14