bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 9
Zechariah 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 10 →
1
यो परमप्रभुको सन्देश हो; हद्राक देश र दमस्कस सहरको विरुद्धमा परमप्रभुले दण्डको आज्ञा गर्नुभएको छ। इस्राएलका कुलहरू मात्र होइन तर अरामको राजधानी सहर पनि परमप्रभुका हुन्।
2
हद्राकको सिमानाछेउको हमात उहाँको हो, टुरोस र सीदोन पनि उहाँकै हुन्, त्यहाँका मानिसहरूका दक्षता पनि उहाँकै हुन्।
3
टुरोसले आफ्नो बचाउको निम्ति किल्लाहरू बनाएको छ र यति धेरै सुन र चाँदी थुपारेको छ कि ती धुलोसरह भएका छन्!
4
तर त्योसँग भएका सबै थोक प्रभुले खोस्नुहुनेछ। त्यसका धन-सम्पत्ति उहाँले समुद्रमा फ्याँकिदिनुहुनेछ र सहर आगोले भस्म हुनेछ।
5
त्यो देखेर अश्कलोन सहर डराउनेछ र गाजा सहरलाई ठूलो पीर पर्नेछ। त्यो एक्रोनले देख्नेछ र आफ्नो आशा मार्नेछ। गाजाको राजा नष्ट हुनेछ र अश्कलोन निर्जन हुनेछ।
6
एउटा मिश्रित जाति अश्दोदमा बसोबास गर्नेछ। परमप्रभु भन्नुहुन्छ, “यी घमण्डी पलिश्तीहरू सबैको अहङ्कार म नाश पार्नेछु।
7
अब उसो तिनीहरूले मनाइ गरिएको रगतसितको मासु खाने छैनन्। तिनीहरूबाट बाँकी रहेकाहरू मेरो प्रजाको एउटा भाग बन्नेछ र यहूदाको एउटा कुलजस्तै हुनेछ। यबूसीहरूजस्तै एक्रोन मेरो प्रजाको एउटा अंश हुनेछ।
8
म मेरो देशको रक्षा गर्नेछु र त्यसका बीचबाट कुनै सेना जान दिनेछैनँ। म कुनै अत्याचारीलाई अब मेरो प्रजामाथि थिचोमिचो गर्न दिनेछैनँ कारण अब मैले तिनीहरूमाथि रेखदेख गरिरहेको छु।”
9
रमाओ, हे सियोनका बासिन्दाहरू हो, रमाओ! हे यरूशलेमका मानिसहरू हो, आनन्दले सोर मच्चाओ! हेर, तिमीहरूका राजा तिमीहरूकहाँ आउँदै हुनुहुन्छ। विजय र उद्धारको साथ आउनुहुन्छ, तर नम्र बनी गधामा अर्थात् गधैनीको बछेडामा चढी आउनुहुन्छ।
10
परमप्रभु भन्नुहुन्छ, “एफ्राइमबाट म लडाइँका रथहरू हटाउनेछु र यरूशलेमबाट जङ्गी घोडाहरू लैजानेछु, लडाइँका धनुहरू भाँचिदिनेछु। तेरा राजाले जाति-जातिका बीच मेल-मिलाप ल्याउनेछ, त्यसको राज्य समुद्रदेखि समुद्रसम्म, अँ, यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्मै फैलिनेछ।”
11
परमप्रभु भन्नुहुन्छ, “बलिको रगतले छाप मारी तिमीहरूसित मैले बाँधेको करारको कारणले म तिमीहरूका कैदीहरूलाई गहिरो, सुखा खाडलबाट मुक्त गर्नेछु।
12
आशा राख्ने कैदीहरू हो, फर्क, आफ्नो सुरक्षाको स्थानमा फर्की आओ। अब म तिमीहरूलाई भन्दछु, ‘तिमीहरूले पाएका कष्टको सट्टामा म तिमीहरूलाई त्यसको दोब्बर आशिष् दिनेछु।’
13
यहूदालाई योद्धाको धनु र एफ्राइमलाई काँडजस्तो गरी म चलाउनेछु। ग्रीस देशका मानिसहरूका विरुद्धमा लडाइँ गर्न म सियोनका मानिसहरूलाई तरवारझैँ चलाउनेछु।”
14
परमप्रभु आफ्ना प्रजाकहाँ देखा पर्नुहुनेछ, आफ्ना काँड उहाँले बिजुलीझैँ प्रहार गर्नुहुनेछ। सार्वभौम परमप्रभुले तुरही फुक्नुहुनेछ, र दक्षिणबाट आँधी-बेहरीमा सवारी भई आउनुहुनेछ।
15
सर्वशक्तिमान् परमप्रभुले आफ्ना प्रजाको रक्षा गर्नुहुनेछ र तिनीहरूले आफ्ना शत्रुहरूलाई नाश पार्नेछन्। मतवालाझैँ तिनीहरूले लडाइँमा सोर मच्चाउनेछन् र बलि चढाएको पशुको रगत ठूलो कचौराबाट वेदीमा खनाएर बगेझैँ शत्रुको रगत तिनीहरूले बगाउनेछन्।
16
जब त्यो दिन आउँछ, गोठालोले आफ्नो बगाललाई खतराबाट बचाएझैँ परमप्रभुले आफ्नो प्रजालाई बचाउनुहुनेछ। उहाँको देशमा मुकुटका मणिहरूझैँ तिनीहरू चम्कनेछन्।
17
त्यस बेला देश कति सुन्दर र असल हुनेछ! देशका अन्न र दाखरस खाई युवा-युवतीहरू बलिया हुनेछन्।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14