bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 2
Zechariah 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 3 →
1
मैले अर्को दर्शनमा हातमा नाप्ने डोरी लिएको एक जना मानिसलाई देखें।
2
“तिमी कता जाँदै छौ?” मैले तिनलाई सोधें। तिनले उत्तर दिए, “यरूशलेम नाप्नलाई, त्यसको लमाइ र चौडाइ कति छ, सो हेर्नलाई म जाँदै छु।”
3
तब मसित बोलिरहेका स्वर्गदूत अघि सरे र अर्को एक जना स्वर्गदूत उनलाई भेट्न आए।
4
अघिल्ला स्वर्गदूतले पछि आउने स्वर्गदूतलाई भने, “दगुरेर गई त्यस हातमा नाप्ने डोरी लिई जाने ठिटालाई भन कि यरूशलेममा यति धेरै मानिसहरू र जीव-जन्तुहरू हुनेछन् कि सहरलाई पर्खाल लाउन सकिन्न।
5
परमप्रभुले म आफैं सहरका चारैपट्टि आगोको पर्खाल भई त्यसको रक्षा गर्नेछु र आफ्नो महिमामा त्यहाँ बास गर्नेछु भनी प्रतिज्ञा गर्नुभएको छ।”
6
[6-7] परमप्रभुले आफ्ना प्रजालाई भन्नुभयो, “मैले तिमीहरूलाई चारै दिशामा छरपष्ट पारें। तर तिमी कैदमा परेकाहरू बेबिलोनिया देशबाट भागेर यरूशलेममा फर्की आओ।
8
जसले तिमीहरूलाई हिर्काउँछ, मैले बहुमूल्य ठानेकोलाई नै त्यसले हिर्काउँछ।” यसकारण सर्वशक्तिमान् परमप्रभुले आफ्ना प्रजालाई लुट्ने जातिहरूकहाँ यो सन्देश दिई मलाई पठाउनुभयो,
9
“परमप्रभु आफैंले तिमीहरूका विरुद्धमा लडाइँ गर्नुहुनेछ र एक समय तिमीहरूको चाकरी गर्ने मानिसहरूले अब तिमीहरूलाई लुट्नेछन्। यी कुरा पूरा हुँदा मलाई सर्वशक्तिमान् परमप्रभुले पठाउनुभएको हो भनी सबैले जान्नेछन्।
10
त्यसपछि परमप्रभुले भन्नुभयो, “हे यरूशलेमका बासिन्दाहरू हो, आनन्दले गाओ! म तिमीहरूका बीचमा बास गर्न आउँदै छु!”
11
त्यस बेला धेरै जातिहरू परमप्रभुकहाँ आउनेछन् र उहाँका प्रजा बन्नेछन्। उहाँ तिमीहरूका माझमा बास गर्नुहुनेछ र मलाई उहाँले तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरू जान्नेछौ।
12
फेरि एक चोटि परमप्रभुले आफ्नो पवित्र देशमा यहूदालाई आफ्नो निज सम्पत्ति बनाउनुहुनेछ र यरूशलेमलाई फेरि चुन्नुहुनेछ।
13
परमप्रभुको सामुन्ने सबै मानिस चुप होओ किनभने उहाँ आफ्नो पवित्र बासस्थानबाट आउँदै हुनुहुन्छ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Zechariah Commentaries
→
Devotional
Zechariah Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→