bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 12
Zechariah 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 13 →
1
परमप्रभु, जसले उच्चमा आकाश फैलाउनुभयो, पृथ्वी रच्नुभयो र मानिसलाई जीवन दिनुभयो, उहाँले इस्राएलबारे एउटा सन्देश दिनुभयो। उहाँ भन्नुहुन्छ,
2
“म यरूशलेमलाई मद्यको कचौराझैँ बनाउनेछु। चारैतिरका जातिहरू त्यो मद्य पिएर धरमराउनेछन्। तिनीहरूले यरूशलेमलाई घेरामा हाल्दा यहूदालाई पनि घेरामा पार्नेछन्।
3
त्यो समय आउँदा पृथ्वीका सारा जातिहरू त्यसको विरुद्धमा आक्रमण गर्न आ-आफ्ना सेना भेला गर्नेछन्। तर म यरूशलेमलाई एउटा गह्रौं ढुङ्गोझैँ बनाउनेछु। त्यसलाई उचाल्न खोज्ने जुनै जाति पनि आफैं घाइते हुनेछ।
4
त्यस बेला म तिनीहरूका सबै घोडाहरूलाई तर्साउनेछु र सवारहरूलाई बौलाहा तुल्याउनेछु। म यहूदाका मानिसहरूलाई रक्षा गर्नेछु तर तिनीहरूका शत्रुहरूका घोडाहरूलाई अन्धा पारिदिनेछु।
5
तब यहूदाका अगुवाहरूले आपसमा यसो भन्नेछन्, ‘परमप्रभु सर्वशक्तिमान् परमेश्वरले यरूशलेममा बास गर्ने आफ्नो प्रजालाई बल दिनुहुन्छ।’
6
“त्यस बेला यहूदाका अगुवाहरूलाई म जङ्गलको वा अन्नबाली पाकिरहेको खेतमा सल्केको डढेलोझैँ बनाउनेछु। चारैपट्टिका सबै जातिहरूलाई तिनीहरूले भस्म पार्नेछन्। तर यरूशलेमका मानिसहरू भने सहरमा सुरक्षित रहनेछन्।
7
“पहिले म परमप्रभुले यहूदाका सेनाहरूलाई विजय दिनेछु र दाऊदका सन्तानहरू र यरूशलेमका बासिन्दाहरूले पाएका सम्मान् यहूदाको बाँकी भागले पाएको सम्मान्भन्दा बढी हुनेछैन।
8
त्यस बेला यरूशलेमका बासिन्दाहरूलाई परमप्रभुले रक्षा गर्नुहुनेछ र तिनीहरूमाझका सबैभन्दा दुर्बल पनि दाऊद जत्तिकै बलियो बन्नेछ। दाऊदका सन्तानहरूले परमप्रभुको दूतले झैँ, अँ, परमेश्वर आफैंले झैँ तिनीहरूको अगुवाइ गर्नेछन्।
9
त्यस बेला यरूशलेममाथि आक्रमण गर्न खोज्ने हरेक जातिलाई म नाश गर्नेछु।
10
“दाऊदका सन्तानहरू र यरूशलेमका अरू मानिसहरूलाई दया र प्रार्थनाको आत्माले भरपूर पार्नेछु। तिनीहरूले आफूले घोचेर मारेको मानिसलाई हेर्नेछन् र मानिसहरूले एउटै मात्र सन्तानमाथि बिलौना गरेझैँ त्यसको निम्ति तिनीहरूले बिलौना गर्नेछन्। आफ्नो जेठो छोरो मर्दा गरेजस्तो तिनीहरूले ठूलो शोक गर्नेछन्।
11
त्यस बेला यरूशलेममा गरेको विलाप मगिद्दोको मैदानमा हदद-रिम्मोनको निम्ति गरिएको विलापजस्तै हुनेछ।
12
[12-14] देशको हरेक परिवारले आ-आफ्नै शोक मनाउनेछ; दाऊदका घराना, नातानका घराना, लेवीका घराना, शिमीका घराना र अन्य घरानाकाहरूले छुट्टाछुट्टै शोक गर्नेछन्। परिवारपरिवारका पुरुष र स्त्रीहरूले छुट्टाछुट्टै आ-आफ्नै शोक मनाउनेछन्।”
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14