bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 4
Zechariah 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 5 →
1
मसित बोलिरहेका स्वर्गदूत फेरि आए र मलाई निद्रामा परेको मानिसलाई झैँ जगाए।
2
“तिमीले के देख्दै छौ?” तिनले सोधे। मैले जवाफ दिएँ, “एउटा सुनको पानस, टुप्पोमा तेल राख्ने एउटा ठूलो कचौरा छ। पानसमा सात वटा दियोहरू छन् र प्रत्येक दियोमा सलेदो राख्ने सात-सात वटा पात्रहरू छन्।
3
पानसका छेउमा दुईपट्टि एक-एक वटा जैतुनका बोट छन्।”
4
तब मैले स्वर्गदूतलाई सोधें, “प्रभु, यी सबै थोकको अर्थ के हो?”
5
“के तिमी जान्दैनौ?” उनले सोधे। “जान्दिनँ, प्रभु!” मैले उत्तर दिएँ।
6
त्यसपछि स्वर्गदूतले मलाई यो सन्देश यरुबाबेललाई दिन आदेश दिए, “तेरो सैनिक शक्ति वा तेरो आफ्नो पाखुराका बलले होइन तर मेरो आत्माले तँ सफल हुनेछस्।
7
पहाडहरूजस्ता ठूल्ठूला बाधा-विघ्नहरू के हुन् र? तेरा अघि ती समतल हुनेछन्। तैँले मन्दिर नयाँ गरी बनाउनेछस् अनि त्यसको अन्तिम शिरको ढुङ्गो राखेर जब त्यो बनाइसक्छस्, तब मानिसहरू यसो भन्दै कराउनेछन्, ‘कति सुन्दर! आहा कति सुन्दर’!”
8
परमप्रभुले फेरि अर्को सन्देश मलाई दिनुभयो।
9
उहाँले भन्नुभयो, “यरुबाबेलले मन्दिरको जग बसाल्यो र त्यसैले मन्दिर बनाएर सिद्ध्याउनेछ पनि। त्यसो हुँदा मैले नै तँलाई मेरा मानिसहरूको बीचमा पठाएको हो भनी तिनीहरूले बुझ्नेछन्।
10
काम अलि-अलि मात्र भएको देखेर तिनीहरू खुसी छैनन्। तर यरुबाबेलले लगातार मन्दिर बनाउन थालेपछि तिनीहरू खुसी हुनेछन्।” स्वर्गदूतले मलाई भने, “ती पानसका सात वटा दियाहरू परमप्रभुका आँखा हुन्, जसले सारा पृथ्वीलाई हेरिरहन्छन्।”
11
मैले फेरि सोधें, “पानसका दुईपट्टि भएका जैतुनका रूखहरूको अर्थ के हो?
12
तेल जाने दुई वटा सुनका नलीछेउ भएका जैतुनका दुई हाँगाहरूको अर्थ के हो त?”
13
उनले सोधे, “के तिमी जान्दैनौ?” मैले जवाफ दिएँ, “म जान्दिनँ, प्रभु।”
14
तब उनले मलाई भने, “यी ती दुई जना मानिसहरू हुन्, जसलाई परमेश्वरले चुन्नुभयो र सारा पृथ्वीका मालिक आफ्नो सेवा गर्न अभिषेक गर्नुभएको छ।”
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Zechariah Commentaries
→
Devotional
Zechariah Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→