bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 7
Zechariah 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 8 →
1
दारा महाराजा भएको चौथो वर्ष, त्यसको नवौँ महिना (किसलेव भनिने महिना) को चौथो दिन परमप्रभुले मलाई एउटा सन्देश दिनुभयो।
2
बेथेलका बासिन्दाहरूले तिनीहरूका अरू मानिसहरूका साथमा शरेसेर र रेगेममेलेकलाई प्रभुको आशिष्को निम्ति सर्वशक्तिमान् परमप्रभुसँग प्रार्थना गर्न
3
र परमप्रभुको मन्दिरको पूजाहारीहरू र अगमवक्ताहरूसँग यो प्रश्न सोध्न पठाए, “अघिदेखि वर्षेनी गर्दैआएका वर्षको पाँचौँ महिनामा उपवास राखी मन्दिर ध्वंस भएको बारेमा विलाप गर्ने चलन अझै पनि हामीले गरिरहनुपर्ने हो?”
4
परमप्रभुले मलाई दिनुभएको सन्देश यो थियो।
5
उहाँले भन्नुभयो, “देशवासी र पूजाहारीहरूलाई भन कि सत्तरी वर्षसम्म जब-जब तिनीहरू पाँचौँ र सातौँ महिनामा उपवास बस्थे र विलौना गर्थे, ती मेरा सम्मान्को निम्ति गरिन्थे र?
6
अनि जब तिनीहरू खानपान गर्दथे, आफ्नै सन्तोषको निम्ति गर्दैनथे र?”
7
परमप्रभुले अघि यही कुरा पहिलेपहिलेका अगमवक्ताहरूद्वारा भन्नुभएको थियो। त्यस बेला यरूशलेममा उन्नति भएको थियो र यरूशलेम मानिसहरूले खचाखच थियो र धेरै मानिसहरू त्यसका छेउ-छाउका स-साना सहरहरूमा मात्र होइन तर दक्षिणतर्फका भू-भाग र पश्चिमतर्फका डाँडाहरूका फेदीमा पनि बसोबास गर्दथे।
8
परमप्रभुले जकरियालाई यो सन्देश दिनुभयो,
9
“मैले यी आज्ञाहरू मेरा प्रजालाई धेरैअघि नै दिएँ ‘साँचो न्याय गर र आपसमा दया र कृपा गर।
10
विधवा, टुहुरा-टुहुरी, तिम्रा माझमा बास गर्ने विदेशी र दरिद्रहरूमाथि अत्याचार नगर। एक-अर्कालाई खति गराउने जुक्ति नगर।’
11
“तर ढिट भएर मेरा प्रजाले मेरा कुरा सुनेनन्। तिनीहरूले आफ्ना कान थुने
12
र तिनीहरूका हृदयहरू ढुङ्गाजस्तो कठोर पारे। मैले आफ्नो आत्माद्वारा अघि-अघिका अगमवक्ताहरूद्वारा दिएका शिक्षा सुन्न तिनीहरूले मानेनन्। यसकारण म साह्रै रिसाएँ।
13
मेरा वचन तिनीहरूले नसुनेका हुनाले तिनीहरूले प्रार्थना गर्दा मैले उत्तर दिइनँ।
14
आँधी-बेहरीले उडाएर लगेझैँ मैले तिनीहरूलाई विदेशमा अन्यजातिहरूको माझमा पुर्याएँ। यो असल देश उजाड भयो र यहाँ मानिसहरू बास गर्न छोडे।”
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Zechariah Commentaries
→
Devotional
Zechariah Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→