bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 10
Zechariah 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 11 →
1
वर्षको पहिलो झरी आउने समयमा परमप्रभुसित वर्षा माग। वर्षा ल्याउने बादल र झरी पठाएर खेतबारी लहलह पार्नुहुने परमप्रभु नै हुनुहुन्छ।
2
मानिसहरूले मूर्तिहरू र ज्योतिषीबाट सल्लाह लिन्छन्; तर तिनीहरूका सल्लाह सबै झूट र निरर्थक हुन्छन्। कसैले सपनाको अर्थ लाउँछन् तर तिनीहरूले तिमीहरूलाई धोका दिन्छन्। व्यर्थका सान्त्वना दिन्छन्। यसकारण मानिसहरू हराएका भेडाझैँ बरालिरहन्छन्। अगुवा नभएको हुनाले तिनीहरूले दु:ख पाउँछन्।
3
परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजामाथि शासन गर्ने विदेशीहरूसित म रिसाएको छु र म तिनीहरूलाई सजाय दिनेछु। यहूदाका बासिन्दाहरू मेरा प्रजा हुन् र म सर्वशक्तिमान् परमप्रभुले तिनीहरूको हेरचाह गर्नेछु। तिनीहरू मेरा बलिया जङ्गी घोडाहरू बन्नेछन्।
4
तिनीहरूका बीचबाट मेरा प्रजालाई शासन गर्ने शासकहरू, अगुवाहरू र सेनापतिहरू आउनेछन्।
5
यहूदाका मानिसहरू विजयी हुनेछन् र बाटोको हिलोमा आफ्ना शत्रुहरूलाई कुल्चने सेनाझैँ बन्नेछन्। तिनीहरूले लडाइँ गर्नेछन् किनभने परमप्रभु तिनीहरूसित हुनुहुन्छ र तिनीहरूले घोडचढी शत्रुहरूलाई पनि हराउनेछन्।
6
“म यहूदाका मानिसहरूलाई बलियो पार्नेछु, म इस्राएलका मानिसहरूको उद्धार गर्नेछु। म तिनीहरूलाई दया गर्नेछु र सबैलाई घर फर्काएर ल्याउनेछु। मैले कहिल्यै नत्यागेका मानिसहरूझैँ तिनीहरू हुनेछन्, म तिनीहरूका परमप्रभु परमेश्वर हुँ, म तिनीहरूको प्रार्थनाको उत्तर दिनेछु।
7
इस्राएलका मानिसहरू योद्धाझैँ बलिया हुनेछन् र दाखमद्य पिएकाहरूझैँ हर्षित हुनेछन्। तिनीहरूका सन्तानहरूले यो विजयको कुरो याद गर्नेछन् र परमप्रभुको काम देखेर खुसी हुनेछन्।
8
“म मेरो प्रजालाई बोलाएर भेला गर्नेछु, तिनीहरूको उद्धार गरी अघिझैँ अनगन्ती बनाउनेछु।
9
मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्ट पारे पनि टाढा-टाढाका देशमा तिनीहरूले मेरो सम्झना गर्नेछन्। आफ्ना छोरा-छोरीहरूसहित तिनीहरू बाँचिरहनेछन् र एकसाथ घर फर्कनेछन्।
10
मिश्र र अश्शूर देशहरूबाट म तिनीहरूलाई घर फर्काई ल्याउनेछु र तिनीहरूका आफ्नै देशमा बसाल्नेछु। गिलाद र लेबनानमा पनि म तिनीहरूलाई बसाल्नेछु र सारा देश मानिसहरूले भरिनेछ।
11
तिनीहरू दु:खको सागरबाट भएर जाँदा म परमप्रभुले समुद्रका छालहरूलाई हिर्काउनेछु र गहिरो नील नदीको पानी सुकिजानेछ। अश्शूरको अहङ्कार झर्नेछ र महान् मिश्रको शक्ति हटिजानेछ।
12
म मेरा प्रजालाई बलियो बनाउनेछु, तिनीहरूले मलाई पुज्नेछन् र मेरा आज्ञा मान्नेछन्।” परमप्रभुले बोल्नुभएको छ।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14