bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 14
Zechariah 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
1
परमप्रभुको न्यायको दिन नजिकै छ। त्यस बेला तिमीहरूमाथि लुटपिट हुनेछ र लुटेका माल तिमीहरूकै सामुन्ने भागबन्डा गरिनेछ।
2
यरूशलेममाथि आक्रमण गर्नलाई परमप्रभुले सबै जातिहरूलाई एकसाथ जम्मा गर्नुहुनेछ। यरूशलेम सहर कब्जा गरिनेछ, घरहरू लुटिनेछन् र स्त्रीहरूमाथि बलात्कार गरिनेछ। आधासरो मानिसहरू कैद गरी विदेशमा लगिनेछन्, बाँकी मानिसहरू सहरमा नै रहनेछन्।
3
बितेका दिनहरूमा झैँ परमप्रभु अघि आउनुभएर ती जातिहरूसित लडाइँ गर्नुहुनेछ।
4
त्यस दिन उहाँ यरूशलेमको पूर्वपट्टि जैतुन डाँडामा उभिनुहुनेछ। तब जैतुन डाँडा पूर्वदेखि पश्चिम भएर दुई भागमा छुट्टिनेछ र बीचमा एउटा ठूलो बेसी बन्नेछ। आधा डाँडा उत्तरतिर र आधा डाँडा दक्षिणतिर छुट्टिनेछ।
5
तिमीहरूचाहिँ डाँडा दुई भागमा छुट्टिएर बनिएको बेसीको बाटो भएर भाग्नेछौ। यहूदाको राजा उज्जियाहको पालोमा भूइँचालो जाँदा तिम्रा पिता-पुर्खाहरू जसरी भागेका थिए, त्यसरी नै तिमीहरू भाग्नेछौ। परमप्रभु मेरा परमेश्वर सबै स्वर्गदूतहरूलाई साथमा लिएर आउनुहुनेछ।
6
त्यो दिन उज्यालो हुनेछैन, चिसो हुनेछैन र तुसारोपर्नेछैन।
7
यो उदेकको दिन हुनेछ। दिन र रात छुट्टिनेछैन; तर साँझमा पनि उज्यालो हुनेछ। यो दिन परमप्रभुलाई मात्र थाहा छ।
8
त्यो दिन आएपछि यरूशलेमबाट जीवन दिने पानी बहन थाल्नेछ। त्यो पानी आधा मृत सागरतिर र आधा भूमध्य सागरतिर बगेर जानेछ। वर्षभरि नै हिउँद र वर्षा सबै समय त्यो बहिरहनेछ।
9
तब परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ, सबै मानिसहरूले उहाँलाई परमेश्वर भनी पुज्नेछन् र त्यही नामबाट उहाँलाई चिन्नेछन्।
10
उत्तरमा गेबाबाट दक्षिणमा रिम्मोनसम्म सम्पूर्ण भूमि समतल बन्नेछ। त्यसका बीचमा यरूशलेम सहर बेन्यामीनको ढोकाबाट पुरानो ढोका भएको ठाउँ र कुनाको ढोकासम्म पुग्नेछ र फेरि हननेलको धरहराबाट राजाको दाखको कोलसम्म फैलिनेछ।
11
मानिसहरू त्यहाँ सुरक्षासाथ बास गर्नेछन्, त्यहाँ फेरि कुनै विध्वंस हुने डर हुनेछैन।
12
यरूशलेमसित लडाइँ गर्ने जातिहरूमाथि परमप्रभुले एउटा खतरनाक रोग ल्याउनुहुनेछ। जीवित छँदै तिनीहरूका शरीरका मासु कुहेर झर्नेछ, तिनीहरूका आँखाहरू र जिब्रोहरू सडेर जानेछन्।
13
त्यस बेला परमप्रभुले तिनीहरूलाई यस्तो व्याकुल र भयभीत पार्नुहुनेछ कि तिनीहरू आपसमा एकले अर्कालाई अठ्याउँदै आक्रमण गर्नेछन्।
14
यरूशलेमको बचाउको लागि यहूदाका मानिसहरूले लडाइँ गर्नेछन्। तिनीहरूले वरिपरिका सबै जातिहरूका धन-सम्पत्ति र प्रशस्त मात्रामा सुन, चाँदी र लुगाफाटा लुटेर लिनेछन्।
15
शत्रुका छाउनीहरूमा भएका सबै पशुहरू अर्थात् घोडाहरू, खच्चरहरू, ऊँटहरू र गधाहरूमाथि पनि यस्तै एउटा खतरनाक रोग लाग्नेछ।
16
त्यसपछि यरूशलेममाथि आक्रमण गर्ने जाति-जातिहरूबाट बाँचेकाहरू जति सबै सर्वशक्तिमान् परमप्रभुलाई राजा मानी पुज्न र छाप्रो बासको चाड मनाउन यरूशलेममा हरेक वर्ष जानेछन्।
17
यदि कुनै जातिले सर्वशक्तिमान् परमप्रभुलाई राजा मानी पुज्नु इन्कार गरे तिनीहरूको देशमा पानीपर्नेछैन।
18
मिश्रीहरूले छाप्रो बासको चाड मान्न इन्कार गरे भने तिनीहरूमाथि पनि त्यही रोग लाग्नेछ, जुन रोग यरूशलेममा जान इन्कार गर्ने हरेक जातिमाथि परमप्रभुले पठाउनुहुनेछ।
19
छाप्रो बासको चाड मान्न इन्कार गरेमा तिनीहरूमाथि, मिश्रदेश र अरू सबै जाति-जातिहरूमाथि यो दण्डपर्नेछ।
20
त्यस बेला घोडाहरूका घिच्रोमा झुण्डाइएका घण्टीहरूमा पनि ‘परमप्रभुको निम्ति समर्पित’ भन्ने शब्दहरू लेखिएका हुनेछन्। मन्दिरका पकाउने भाँडा-कुँडाहरू वेदीको सामु राखिएका कचौराहरूझैँ पवित्र हुनेछन्।
21
यरूशलेम र सारा यहूदियामा भएका पकाउने भाँडा-कुँडाहरू पनि सर्वशक्तिमान् परमप्रभुको अघि पवित्र मानिनेछन्। ती भाँडा-कुँडाहरू बलि चढाउने मानिसहरूले बलिको मासु पकाउन चलाउनेछन्। त्यो समय आएपछि सर्वशक्तिमान् परमप्रभुको मन्दिरमा कोही पनि व्यापारी रहनेछैन।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14