bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 3
Zechariah 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 4 →
1
परमप्रभुले मलाई अर्को एउटा दर्शन दिनुभयो। मैले महा-पूजाहारी यहोशू परमप्रभुको दूतको अगाडि उभिएका देखें। त्यहाँ यहोशूको छेउमा उनलाई दोष दिन शैतान उभिरहेको थियो।
2
परमप्रभुका दूतले शैतानलाई भने, “शैतान, तँलाई परमप्रभुले हप्काऊन्! यरूशलेमलाई चुन्नुहुने परमप्रभुले तँलाई सजाय देऊन्! यो मानिस त आगोबाट निकालिएको अगुल्टो मात्र होइन?”
3
यहोशू मैला लुगा लाएर उभिएका थिए।
4
स्वर्गदूतले तिनका सुसारेहरूलाई भने, “यस मानिसको मैलो लुगा फुकालिदेओ।” त्यसपछि उनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु र म तिमीलाई बहुमूल्य लुगा लगाइदिनेछु।”
5
उनले सुसारेहरूलाई यहोशूको टाउकोमा सफा फेटा लाइदिने आज्ञा दिए। सुसारेहरूले त्यसै गरे र उनको जिउमा बहुमूल्य लुगा पनि लाइदिए। स्वर्गदूतचाहिँ त्यहीँ उभिरहेका थिए।
6
तब स्वर्गदूतले सर्वशक्तिमान् परमप्रभुका यी वचन यहोशूलाई सुनाए,
7
“यदि तैँले मेरा नियमहरू पालन गरिस् र मैले खटाएका कामहरू पूरा गरिस् भने, तैँले मेरो मन्दिर र त्यसका चोकहरूको हेरचाह गर्नेछस् र यहाँ उभिएकाहरूलाई झैँ मेरो सामु आउने अधिकार तँलाई दिनेछु।
8
हे महा-पूजाहारी यहोशू! तँ र तेरा सङ्गी पूजाहारीहरू सबैले यो कुरा सुन! तिमीहरू आउने असल दिनहरूका लक्षण हौ। हाँगा कहलाइने मेरो सेवकलाई म प्रकट गर्नेछु।
9
म यहोशूको अघि एउटा सातपाटे ढुङ्गा राख्नेछु। म त्यसमा केही अक्षर खोप्नेछु र एकै दिनमा यो देशको पाप हटाइदिनेछु।
10
त्यो दिन आएपछि तिमीहरू हरेकले आफ्ना छिमेकीलाई आफ्ना दाखबारी र नेभाराका बोटहरूबीच शान्ति-सुरक्षासाथ बस्न निम्तो दिनेछौ।”
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
Recommended Reading
Commentary
Zechariah Commentaries
→
Devotional
Zechariah Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→