bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Zechariah 6
Zechariah 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 7 →
1
अर्को दर्शन मैले देखें। यसपालि काँसाका दुईवटा पर्वतहरूका बीचबाट चार वटा रथहरू आइरहेका मैले देखें।
2
पहिलो रथ राता घोडाहरूले, दोस्रो रथ काला घोडाहरूले,
3
तेस्रो रथ सेता घोडाहरूले र चौथो रथ टाटे-पाङ्ग्रे घोडाहरूले तानेका थिए।
4
तब मैले स्वर्गदूतलाई सोधें, “प्रभु, यी रथहरूको अर्थ के हो?”
5
उनले उत्तर दिए, “यी चार वायु हुन्। सारा जगत्को मालिकको सामुन्नेबाट भर्खर आइरहेका छन्।”
6
काला घोडाहरूले तानेको रथ उत्तर बेबिलोनतर्फ गइरहेको थियो। सेता घोडाहरू पश्चिमतर्फ र टाटे-पाङ्ग्रे घोडाहरू दक्षिणको देशतर्फ गइरहेका थिए।
7
बलिया-बलिया घोडाहरू निस्केर पृथ्वीको फेरो लाउन हतारिंदै थिए। स्वर्गदूतले भने, “जाओ, गएर पृथ्वीको फेरो लगाओ।” तिनीहरूले त्यसै गरे।
8
तब स्वर्गदूतले कराएर मलाई भने, “उत्तर बेबिलोनतिर जाने घोडाहरूले परमप्रभुको आत्मालाई शान्त गराएका छन्।”
9
परमप्रभुले मलाई यो सन्देश दिनुभयो।
10
उहाँले भन्नुभयो, “कैदबाट फर्की आएका हेल्दै, तोबियाह र यदायाहले दिएका सुन र चाँदी लिई झट्टै सपन्याहको छोरो योशियाहको घर जा। यी सबै मानिसहरू बेबिलोनका कैदबाट फर्की आएका छन्।
11
तिनीहरूले दिएका सुन र चाँदीले एउटा मुकुट बना र यहोसादाकको छोरो महापूजाहारी यहोशूको शिरमा मुकुट लगाइदे।
12
त्यसलाई म सर्वशक्तिमान् परमप्रभुका यी वचन सुनाइदे, ‘हाँगो कहलाउने व्यक्ति जहाँ छ, त्यहीँ त्यसको बढिबढाउ हुनेछ र त्यसले परमप्रभुको मन्दिर फेरि नयाँ गरी बनाउनेछ।
13
त्यसैले त्यो बनाइसिद्ध्याउनेछ र राजाले पाउने मान पाउनेछ र त्यसले आफ्ना प्रजामाथि राज्य गर्नेछ। त्यसका सिंहासनछेउ एक पूजाहारी खडा रहनेछ र ती दुईले शान्ति र मेल-मिलापका साथ काम गर्नेछन्।’
14
मुकुटचाहिँ हेल्दै, तोबियाह, यदायाह र योशियाहका सम्झनाको लागि परमप्रभुको मन्दिरमा राखिनेछ।”
15
टाढाका मानिसहरू आएर परमप्रभुको मन्दिर फेरि बनाउने काममा मद्दत गर्नेछन्। मन्दिर बनिसकेपछि मलाई सर्वशक्तिमान् परमप्रभुले तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले बुझ्नेछौ। तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञाहरू सम्पूर्णरूपले पालन गर्यौ भने यो कुरो पूरा हुनेछ।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14