bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 1
John 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 2 →
1
आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
2
उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो।
3
सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
4
उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।
5
त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन।
6
परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो।
7
उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए।
8
उनी आफै त्यो ज्योति थिएनन्, तर त्यस ज्योतिको गवाही दिन आए।
9
हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो।
10
उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन।
11
उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्।
12
तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।
13
तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्।
14
अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो।
15
यूहन्नाले उहाँको विषयमा गवाही दिँदै उच्च स्वरले भने, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो’।”
16
उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं।
17
किनभने व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए।
18
परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।
19
जब यरूशलेमबाट यहूदीहरूले पूजाहारीहरू र लेवीहरूलाई उनीकहाँ “तिमी को हौ?” भन्ने कुरा सोध्न पठाए, तब यूहन्नाको गवाही यो थियो।
20
उनले स्वीकार गरे, अनि इन्कार गरेनन्, र “म ख्रीष्ट होइनँ” भनी स्वीकार गरे।
21
तब तिनीहरूले उनलाई सोधे, “तब के? तिमी एलिया हौ?” उनले भने “म होइनँ।” “के तिमी त्यो अगमवक्ता हौ?” उनले जवाफ दिए, “होइन।”
22
तिनीहरूले उनलाई भने, “तिमी को हौ? हामीलाई भन, र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सकौं। तिमी आफ्नो विषयमा के भन्छौ?”
23
उनले भने “यशैया अगमवक्ताले भनेझैँ, ‘परमप्रभुको मार्ग तयार पार’ भनी उजाड-स्थानमा कराउने एक व्यक्तिको म आवाज हुँ।”
24
तिनीहरूलाई फरिसीहरूले पठाएका थिए।
25
अनि तिनीहरूले उनलाई सोधे “तिमी ख्रीष्ट पनि होइनौ, एलिया पनि होइनौ, त्यो अगमवक्ता पनि होइनौ भने, किन बप्तिस्मा दिन्छौ?”
26
यूहन्नाले तिनीहरूलाई जवाफ दिए, “म त पानीले बप्तिस्मा दिन्छु, तर तिमीहरूका माझमा एक जना खड़ा हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ।
27
मपछि आउनुहुने उहाँ नै हुनुहुन्छ। उहाँका जुत्ताको फित्ता खोल्ने योग्यको म छैनँ।”
28
यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए।
29
भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा!
30
उनी उहाँ नै हुनुहुन्छ, जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एक जना मानिस आउनुहुन्छ, जो मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो।’
31
म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन् भनेर नै पानीले बप्तिस्मा दिँदै म आएँ।”
32
यूहन्नाले यसो भन्दै गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरको रूपमा स्वर्गबाट ओर्लेर आई उहाँमाथि बस्नुभएको देखें।
33
मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्नुभयो, ‘जसमाथि तिमी पवित्र आत्मालाई ओर्लंदै र बस्दैगर्नुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’
34
मैले देखेको छु, र गवाही दिएको छु, कि परमेश्वरका पुत्र उहाँ नै हुनुहुन्छ।”
35
फेरि अर्को दिन यूहन्ना उनका चेलाहरूमध्ये दुई जनासँग उभिरहेका थिए।
36
उनले येशूलाई गइरहनुभएको देखेर भने, “हेर, परमेश्वरका थुमा!”
37
उनले भनेका यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे।
38
येशूले फर्केर हेर्नुभयो, र तिनीहरूलाई पछिपछि आइरहेका देखेर तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के खोज्दैछौ?” तिनीहरूले उहाँलाई भने, “रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्नुहुन्छ?”
39
उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” तिनीहरू गए, र उहाँ बस्नुभएको स्थान देखे। तिनीहरू त्यो दिन उहाँसँग वास बसे, किनभने प्राय: चार बजिसकेको थियो।
40
यूहन्नाले भनेका कुरा सुन्ने र येशूलाई पछ्याउने ती दुई जनामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए।
41
तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने “हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्ट) भेट्टाएका छौं।”
42
तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी योआनेसको छोरा सिमोन हौ, तिमी केफास (जसको अर्थ हो, चट्टान) भनिनेछौ।”
43
भोलिपल्ट उहाँले गालीलमा जाने निश्चय गर्नुभयो। र फिलिपलाई भेट्टाएर उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।”
44
अन्द्रियास र पत्रुसजस्तै फिलिप पनि बेथसेदा सहरका नै थिए।
45
फिलिपले नथानेललाई भेट्टाएर भने, “जसको विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, योसेफका पुत्र नासरतका येशूलाई हामीले भेट्टाएका छौं।”
46
नथानेलले तिनलाई भने, “के नासरतबाट केही असल कुरा आउन सक्छ र?” फिलिपले तिनलाई जवाफ दिए, “आएर हेर।”
47
येशूले नथानेललाई आफूकहाँ आइरहेका देखेर तिनको विषयमा भन्नुभयो, “एक जना पक्का इस्राएलीलाई हेर, जसमा कुनै छल छैन।”
48
नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्नुभयो?” येशूले तिनलाई जवाफ दिई भन्नुभयो, “फिलिपले तिमीलाई बोलाउन अघि, अञ्जीरको रूखमुनि मैले तिमीलाई देखेको थिएँ।”
49
नथानेलले उहाँलाई भने, “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ, तपाईं इस्राएलका राजा हुनुहुन्छ।”
50
येशूले तिनलाई जवाफ दिई भन्नुभयो “मैले तिमीलाई अञ्जीरको रूखमुनि देखें भनेकोले नै तिमी विश्वास गर्दछौ? तिमीले यीभन्दा अझ ठूला कुराहरू देख्नेछौ।”
51
अनि उहाँले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीलाई भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लँदै र ओर्लंदैगरेका देख्नेछौ।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21