bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 5
John 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 6 →
1
त्यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेममा जानुभयो।
2
यरूशलेममा भेड़ा-ढोकाको नजिक पाँच वटा दलान भएको एउटा जल-कुण्ड छ, जसलाई हिब्रू भाषामा बेथस्दा भनिन्छ।
3
त्यहाँ अनेक रोगीहरू, अर्थात्— अन्धा, लङ्गड़ा, पक्षाघातीहरू पस्रिरहन्थे। [तिनीहरू पानी कति बेला छचल्किन्छ भनेर पर्खिरहन्थे।
4
किनभने परमप्रभुका एउटा दूतले बेला-बेलामा जल-कुण्डमा ओर्लेर पानी हल्लाइदिन्थे, र पानी छचल्किएपछि जो पहिला पानी भित्र पस्थ्यो, जस्तै रोगले ग्रस्त भए पनि, त्यो निको भइहाल्थ्यो।]
5
त्यहाँ अठतीस वर्षदेखि बिरामी भएको एक जना मानिस थियो।
6
येशूले त्यसलाई त्यहाँ पस्रिरहेको देख्नुभयो अनि लामो समयदेखि त्यो यस दशामा रहेछ भनी जानेर येशूले त्यसलाई भन्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”
7
रोगीले उहाँलाई भन्यो, “हजूर, जुन बेला पानी छचल्काइन्छ मलाई जलकुण्डमा हालिदिने मेरो कोही मानिस छैन, म जाँदाजाँदै मभन्दा अगाडि अर्को मान्छे पानीमा ओर्लिहाल्छ।”
8
येशूले त्यसलाई भन्नुभयो, “खड़ा होऊ, र आफ्नो ओछ्यान उठाऊ, र हिँड़।”
9
तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान बोकी ऊ हिँड़िहाल्यो। त्यो दिन शबाथ-दिन थियो।
10
यसकारण निको पारिएको त्यस मानिसलाई यहूदीहरूले भने, “यो त शबाथ-दिन हो, तिमीलाई ओछ्यान बोक्नु उचित छैन।”
11
त्यसले तिनीहरूलाई जवाफ दियो, “जसले मलाई निको पार्नुभयो उहाँले नै भन्नुभयो, ‘आफ्नो ओछ्यान बोकेर हिँड़’।”
12
तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई ओछ्यान बोकेर हिँड़ भन्ने मानिस को हो?”
13
तर निको भएको त्यस मानिसले उहाँ को हुनुहुन्थ्यो भनी चिनेको थिएन, किनभने त्यस ठाउँमा भीड भएको हुनाले येशू त्यहाँबाट गइसक्नुभएको थियो।
14
त्यसपछि येशूले त्यसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो, “हेर, तिमी निको भएका छौ। फेरि पाप नगर, र तिमीमाथि अझ बढ़ी खराबी आई नपरोस्।”
15
उसलाई निको पार्ने त येशू हुनुहुँदोरहेछ भनेर त्यस मानिसले गएर यहूदीहरूलाई भनिदियो।
16
त्यसकारणले गर्दा यहूदीहरूले येशूलाई खेदो गर्न लागे, किनभने उहाँले यो काम शबाथ-दिनमा गर्नुभएको थियो।
17
तब येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताले अहिलेसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेछु।”
18
यसकारण यहूदीहरूले येशूलाई मार्न अझ बढ़ी प्रयत्न गर्न लागे, किनकि उहाँले शबाथ-दिन भङ्ग गर्ने काम मात्र होइन, तर आफैलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई आफ्नै पिता भन्नुभएको थियो।
19
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले त्यसै गर्छ।
20
किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्छ। यीभन्दा महान् काम उहाँले पुत्रलाई देखाउनुहुनेछ, र तिमीहरू आश्चर्यचकित हुनेछौ।
21
किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसलाई जीवन दिँदछ।
22
किनकि पिताले कसैको न्याय गर्नुहुन्न, तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ,
23
ताकि सबैले पुत्रको आदर गरून्, जसरी तिनीहरूले पिताको आदर गर्दछन्। पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन।
24
“साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। त्यो न्यायमा आउँदैन, तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ।
25
साँच्चै, म तिमीहरूलाई भन्दछु, त्यो समय आइरहेछ, र त्यो समय अहिले हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्, र सुन्नेहरू बाँच्नेछन्।
26
किनभने जसरी पिता आफैमा जीवन छ, उसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवनको स्रोत हुने अधिकार दिनुभएको छ।
27
अनि उसलाई न्यायको फैसला दिने अधिकार दिनुभएको छ, किनभने ऊ मानिसको पुत्र हो।
28
“यसमा अचम्म नमान, किनभने समय आइरहेछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्,
29
र बाहिर निस्किआउनेछन्: सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, र कुकर्म गर्नेहरूचाहिँ दण्डाज्ञाको पुनरुत्थानको निम्ति।
30
“म आफै केही गर्न सक्दिनँ। जस्तो म सुन्छु, त्यस्तै न्याय म गर्छु, र मेरो न्याय ठीक ठहर्छ, किनकि म आफ्नो इच्छा खोज्दिनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु।
31
“यदि मैले आफ्नो विषयमा गवाही दिएँ भने मेरो गवाही सत्य हुँदैन।
32
मेरो विषयमा गवाही दिने अर्कै हुनुहुन्छ, र म जान्दछु, कि मेरो विषयमा उहाँले जे गवाही दिनुहुन्छ, त्यो गवाही सत्य ठहर्छ।
33
“तिमीहरूले यूहन्नाकहाँ सोध्न पठायौ, अनि उनले सत्यको गवाही दिएका छन्।
34
मैले ग्रहण गर्ने गवाही मानिसको होइन, तर तिमीहरूको उद्धार होस् भनेर म यी कुरा भन्दछु।
35
यूहन्ना बल्दो र चम्किलो बत्ती थिए, र तिमीहरू उनको प्रकाशमा थोरै समय आनन्द मनाउन राजी भयौ।
36
“तर मसँग जो गवाही छ, त्यो यूहन्नाको भन्दा ठूलो छ। किनकि जुन कामहरू पूरा गर्न पिताले मलाई दिनुभएको छ, ती काम म गरिरहेको छु, अनि तिनैले मेरो विषयमा गवाही दिइरहेछन् कि पिताले मलाई पठाउनुभएको हो।
37
मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। उहाँको सोर तिमीहरूले कहिले सुनेका छैनौ, अनि उहाँको रूप कहिले देखेका छैनौ।
38
उहाँको वचन तिमीहरूमा रहँदैन, किनभने जसलाई उहाँले पठाउनुभयो, तिमीहरू उहाँमाथि विश्वास गर्दैनौ।
39
तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,
40
तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ।
41
“म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ,
42
तर परमेश्वरको प्रेम तिमीहरूमा छैन भनी म जान्दछु।
43
म आफ्ना पिताको नाउँमा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। अर्को कोही आफ्नै नाउँमा आयो भने त्यसलाई ग्रहण गर्नेछौ।
44
तिमीहरू कसरी विश्वास गर्न सक्छौ, जब कि तिमीहरू आपसमा एक-अर्काबाट सम्मान खोज्दछौ, अनि त्यो सम्मानको खोजी गर्दैनौ, जो एकमात्र परमेश्वरबाट आउँदछ?
45
“यो नसम्झ, कि म पिताको सामु तिमीहरूलाई दोष लाउनेछु। तिमीहरूलाई दोष लाउने त मोशा छन्, जसमा तिमीहरूले आफ्ना आशा राखेका छौ।
46
किनभने तिमीहरूले मोशालाई विश्वास गरेका भए मलाई पनि विश्वास गर्नेथियौ, किनकि उनले मेरो विषयमा लेखेका थिए।
47
तर तिमीहरू उनले लेखेका कुराहरू विश्वास गर्दैनौ भने, मेरा वाणी कसरी विश्वास गर्छौ?”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21