bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 18
John 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 19 →
1
यी कुरा भनिसकेर येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। त्यहाँ एउटा बगैँचा थियो। येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रवेश गर्नुभयो।
2
उहाँलाई पक्राइदिने यहूदाले पनि त्यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ धेरैजसो भेला हुनुहुन्थ्यो।
3
तब बत्ती, राँको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्य पूजाहारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहूदा त्यहाँ आयो।
4
तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशू अगि आउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?”
5
तिनीहरूले उहाँलाई भने, “नासरतका येशूलाई।” येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ।” अब उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।
6
जब उहाँले तिनीहरूलाई “म उही हुँ” भन्नुभयो, तब तिनीहरू पछि हटे, अनि भूइँमा लोटे।
7
फेरि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” तिनीहरूले भने, “नासरतका येशूलाई।”
8
येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिहालें, म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्दैछौ भने यी मानिसहरूलाई चाहिँ जान देओ।”
9
“तपाईंले मलाई दिनुभएकाहरूमध्ये एउटालाई पनि मैले गुमाइनँ” भनी उहाँले भन्नुभएको वचन पूरा होस् भनेर यो भयो।
10
सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्य पूजाहारीको कमारालाई प्रहार गरे र त्यसको दाहिने कान च्वाट्टै काटिदिए। त्यस कमाराको नाउँ माल्खस थियो।
11
येशूले पत्रुसलाई भन्नुभयो, “तरवार म्यानमा हाल। के पिताले मलाई दिनुभएको कचौरा म नपिऊँ?”
12
त्यसपछि सिपाहीहरूको दल, तिनीहरूका कप्तान, र यहूदीहरूका पहरेदारहरूले येशूलाई पक्रे, र उहाँलाई बाँधे।
13
पहिले तिनीहरूले उहाँलाई हन्नासकहाँ लगे, जो त्यस सालका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए।
14
यी तिनै कैयाफा थिए, जसले ‘जनताको निम्ति एक जना मानिस मर्नमा नै कल्याण छ’ भनी यहूदीहरूलाई सल्लाह दिएका थिए।
15
सिमोन पत्रुस र येशूका अर्का एक जना चेला येशूको पछि लागे। ती अर्काचाहिँ चेला प्रधान पूजाहारीका चिनारु थिए, र येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे।
16
तर पत्रुस बाहिर ढोकामा उभिरहेका थिए। ती अर्काचाहिँ चेलाले, जो प्रधान पूजाहारीका चिनारु थिए, बाहिर निस्केर ढोकामा बस्ने ठिटीलाई भनेर पत्रुसलाई भित्र ल्याए।
17
तब ढोकामा बस्ने त्यस ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यस मानिसका चेलाहरूमध्ये एक जना हौ?” तिनले भने, “म होइनँ।”
18
त्यहाँ कमारा र पहरेदारहरू आगोको भुङ्ग्रो ताप्दै उभिरहेका थिए, किनभने जाडो थियो। अनि पत्रुस पनि तिनीहरूसँग उभिएर आगो ताप्न लागे।
19
अब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँका शिक्षाका विषयमा सोधे।
20
येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारलाई खुल्लमखुल्ला भनेको छु। मैले सधैँ सभाघरमा र मन्दिरमा शिक्षा दिएको छु, जहाँ सबै यहूदीहरू भेला हुन्छन्। मैले गुप्तमा केही भनेको छैनँ।
21
मलाई किन सोध्नुहुन्छ? मैले तिनीहरूलाई के भनें सो सुन्नेहरूलाई नै सोध्नुहोस्। मैले भनेका कुराहरू यिनीहरूलाई थाहा छ।”
22
येशूले यी कुरा भन्नुहुँदा नजिकमा उभिएका पहरेदारहरूमध्ये एक जनाले यसो भन्दै येशूलाई थप्पड़ लायो, “के प्रधान पूजाहारीलाई यसरी जवाफ दिन्छस्?”
23
येशूले त्यसलाई भन्नुभयो, “मैले बेठीक भनेको भए त्यसको प्रमाण देऊ, तर यदि मैले ठीकै भनेको हुँ भने मलाई किन हिर्काउँछौ?”
24
तब हन्नासले उहाँलाई बाधिँएकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए।
25
सिमोन पत्रुस उभिएर आगो ताप्दैथिए। तिनीहरूले तिनलाई भने, “के उनका चेलाहरूमध्ये एक जना तिमी पनि होइनौ?” तिनले इन्कार गरेर भने, “म होइनँ।”
26
प्रधान पूजाहारीका कमाराहरूमध्ये एक जना, जसका नातेदारको कान पत्रुसले काटेका थिए, त्यसले सोध्यो, “के मैले तिमीलाई तिनीसँग बगैँचामा देखिनँ र?”
27
तब फेरि पत्रुसले इन्कार गरे। अनि तुरुन्तै भाले बास्यो।
28
तब तिनीहरूले येशूलाई कैयाफाको घरबाट महलतिर लगे। त्यति बेला बिहानपख थियो। बिटुलिएर निस्तार-चाड़को भोज खान पाउँदैनौं भन्ने डरले तिनीहरू महलभित्र पसेनन्।
29
यसकारण तिनीहरूकहाँ बाहिर निस्केर पिलातसले भने, “यस मानिसको विरुद्धमा तिमीहरू के अभियोग लाउँछौ?”
30
तिनीहरूले उनलाई भने, “यदि यो मानिस अपराधी नभए हामी यसलाई तपाईंकहाँ सुम्पनेथिएनौं।”
31
पिलातसले तिनीहरूलाई भने, “तिमीहरू यिनलाई लैजाओ, र तिमीहरूको आफ्नै व्यवस्थाबमोजिम यिनको इन्साफ गर।” यहूदीहरूले उनलाई भने, “कुनै मानिसलाई प्राणदण्ड दिने अधिकार हामीलाई छैन।”
32
उहाँको मृत्यु कुन रीतिले हुनेछ त्यसको सङ्केत दिएर उहाँले भन्नुभएको वचन पूर्ण होस् भनेर यसो भएको थियो।
33
पिलातस फेरि महलभित्र पसे, र उनले येशूलाई बोलाएर भने, “के तिमी यहूदीहरूका राजा हौ?”
34
येशूले जवाफ दिनुभयो, “तपाईं आफै यसो भन्नुहुन्छ, वा मेरो विषयमा तपाईंलाई अरू कसैले भने?”
35
पिलातसले जवाफ दिए, “के म यहूदी हुँ र? तिम्रै जाति र मुख्य पूजाहारीहरूले तिमीलाई मेरो हातमा सुम्पिदिए। तिमीले के गर्यौ?”
36
येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्ति लड्नेथिए, र म यहूदीहरूका हातमा पर्नेथिइनँ। तर मेरो राज्य यस संसारको होइन।”
37
पिलातसले उहाँलाई सोधे, “के तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ, र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ। प्रत्येक जो सत्यको पक्षमा छ, त्यसले मेरो सोर सुन्छ।”
38
पिलातसले उहाँलाई सोधे, “सत्य के हो?” यति भनेर उनी यहूदीहरूकहाँ बाहिर निस्केर गए, र तिनीहरूलाई भने, “म यिनमा केही दोष भेट्टाउँदिनँ।
39
निस्तार-चाड़मा एक जनालाई मैले तिमीहरूका निम्ति छोडिदिने तिमीहरूको प्रथा छ। त के तिमीहरू चाहन्छौ, कि यहूदीहरूका राजालाई छोडिदिऊँ?”
40
तर तिनीहरू फेरि यसो भन्दै कराए, “यसलाई होइन, तर बारब्बालाई।” बारब्बाचाहिँ डाँकू थियो।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21