bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 11
John 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 12 →
1
लाजरस नामको एक जना मानिस बिरामी भएका थिए। तिनी मरियम र उनकी दिदी मार्थाको गाउँ बेथानियाका थिए।
2
प्रभुलाई अत्तर लाइदिएर उहाँका पाउ आफ्नो कपालले पुछिदिने मरियम यी नै थिइन्। यिनकै भाइ लाजरस बिरामी थिए।
3
यी दुई दिदीहरूले येशूकहाँ यसो भनी समाचार पठाए, “प्रभु, जसलाई तपाईं माया गर्नुहुन्छ, तिनी बिरामी छन्।”
4
तर यो सुनेर येशूले भन्नुभयो, “यस बिरामीले मृत्युमा पुर्याउँदैन, तर यो परमेश्वरको महिमाको निम्ति हो, ताकि यसद्वारा परमेश्वरका पुत्रको महिमा होस्।”
5
येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई माया गर्नुहुन्थ्यो,
6
तापनि लाजरस बिरामी छन् भन्ने सुनेर उहाँ जहाँ हुनुहुन्थ्यो, अझ दुई दिन त्यहीँ बस्नुभयो।
7
त्यसपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “लौ, अब हामी फेरि यहूदिया फर्केर जाऔं।”
8
चेलाहरूले उहाँलाई भने, “रब्बी, भर्खरै मात्र यहूदीहरूले तपाईंलाई ढुङ्गाले हान्न खोजेथे, र के फेरि तपाईं त्यहीँ जानुहुन्छ?”
9
येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा हुँदैनन् र? दिनमा हिँड्डुल गर्नेलाई ठेस लाग्दैन, किनभने तिनले यस संसारको ज्योति देख्तछन्,
10
तर राती हिँड्डुल गर्नेलाई ठेस लाग्छ, किनभने त्यस मान्छेमा उज्यालो हुँदैन।”
11
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्, तर तिनलाई निद्राबाट बिउँझाउन म त्यहाँ जान्छु।”
12
चेलाहरूले उहाँलाई भने, “प्रभु, तिनी निद्रामा परेका छन् भने तिनी निको हुनेछन्।”
13
येशूले तिनको मृत्युको विषयमा भन्नुभएको थियो, तर तिनीहरूले चाहिँ स्वाभाविक निद्राको विषयमा भन्नुभएको हो भन्ठाने।
14
येशूले तिनीहरूलाई स्पष्ट भनिदिनुभयो, “लाजरस मरेका छन्।
15
तिमीहरूले विश्वास गर भनेर तिमीहरूका खातिर म त्यहाँ नभएकोमा खुसी छु। जे भए तापनि हामी तिनीकहाँ जाऔं।”
16
तब दिदुमस भनिने थोमाले आफ्ना सङ्गी-चेलाहरूलाई भने, “लौ, हामी पनि जाऔं, र उहाँसँगै मरौं।”
17
जब येशू आइपुग्नुभयो, तब लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको थाहा पाउनुभयो।
18
बेथानिया यरूशलेमदेखि नजिकै प्राय: तीन किलोमिटरको दूरीमा थियो।
19
धेरै यहूदीहरू मार्था र मरियमकहाँ तिनका भाइको विषयमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए।
20
येशू आइरहनुभएको छ भन्ने सुनेर मार्था गइन् र उहाँलाई भेटिन्। तर मरियम घरैमा बसिरहिन्।
21
तब मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।
22
तर अब पनि म जान्दछु, तपाईंले परमेश्वरसँग जे माग्नुहुन्छ, परमेश्वरले तपाईंलाई दिनुहुनेछ।”
23
येशूले तिनलाई भन्नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।”
24
मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि त्यो अन्त्यका दिनको पुनरुत्थानमा फेरि जीवित भई उठ्नेछ।”
25
येशूले तिनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ।
26
अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन। के तिमी यो विश्वास गर्छ्यौ?”
27
तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्वास गर्दछु, तपाईं संसारमा आउनुहुने ख्रीष्ट, परमेश्वरका पुत्र हुनुहुन्छ।”
28
यति भनेर तिनी गइहालिन्, र आफ्नी बहिनी मरियमलाई बोलाएर सुटुक्क भनिन्, “गुरुज्यू आइपुग्नुभयो, र तिमीलाई बोलाउँदैहुनुहुन्छ।”
29
यो सुनेर मरियम झट्टै उठेर उहाँकहाँ गइन्।
30
त्यस बेलासम्म येशू गाउँमा आइपुग्नुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन्।
31
घरमा तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले मरियम झट्टै उठेर बाहिर गएकी देखेर, तिनी त्यो चिहानमा रुन गएकी हुन् भन्ठानेर, तिनको पछि लागे।
32
जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तब यसो भन्दै तिनी उहाँका पाउमा परिन्, “हे प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।”
33
जब येशूले तिनलाई रोइरहेकी र तिनीसँग आउने यहूदीहरू पनि रोइरहेका देख्नुभयो, तब उहाँ आत्मामा ज्यादै व्याकुल हुनुभयो अनि अति दुःखित हुनुभयो।
34
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु, आएर हेर्नुहोस्।”
35
येशू रुनुभयो।
36
यसकारण यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो।”
37
तर कुनै-कुनैले भने, “के अन्धाका आँखा खोलिदिने यिनले यस मानिसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?”
38
तब येशू फेरि ज्यादै व्याकुल भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओढ़ारमा थियो। त्यसको मुख एउटा ढुङ्गोले ढाकेको थियो।
39
येशूले भन्नुभयो, “ढुङ्गो हटाओ।” मृत मानिसको दिदी मार्थाले उहाँलाई भनिन्, “हे प्रभु, यस बेलासम्म त त्यो गन्हाउन लागिसक्यो होला, किनकि त्यो मरेको चार दिन भइसक्यो।”
40
येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनेको होइनँ, ‘तिमीले विश्वास गर्यौ भने परमेश्वरको महिमा देख्नेछौ’?”
41
तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्तिर नजर उठाएर भन्नुभयो, “हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो बिन्ती सुन्नुभयो।
42
मलाई थाहा छ, कि तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ। तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरून्।”
43
अनि यो कुरा भन्नुभएपछि उहाँ उच्च सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्की आऊ।”
44
त्यो मृत मानिस त्यसको हात-खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेह्रिएकैमा बाहिर निस्की आयो। येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसको बन्धन खोलिदेओ, र त्यसलाई जान देओ।”
45
मरियमकहाँ आएका धेरै यहूदीहरूले येशूले गर्नुभएको काम देखेर उहाँमाथि विश्वास गरे।
46
तर तिनीहरूमध्ये कोहीचाहिँ फरिसीहरूकहाँ गए, र येशूले गर्नुभएका कामहरू बताइदिए।
47
तब मुख्य पूजाहारीहरू र फरिसीहरूले महासभाका सदस्यहरूलाई बोलाए र तिनलाई भने, “अब हामी के गरौं? किनभने यस मानिसले त धेरै चिन्हहरू गरिरहेछ।
48
यसलाई यसै छोडिदियौं भने सबैले यसमाथि विश्वास गर्नेछन् र रोमीहरूले आएर हाम्रो पवित्रस्थान र हाम्रो जाति दुवैलाई नष्ट पार्नेछन्।”
49
तर तिनीहरूमध्ये एक जना, कैयाफा, जो त्यस वर्षका प्रधान पूजाहारी थिए, उनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ!
50
समस्त राष्ट्र नष्ट हुनुभन्दा बरु जनताको निम्ति एक जना मानिस मर्नुमा नै तिमीहरूको कल्याण छ भनी तिमीहरू बुझ्दैनौ।”
51
यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन्, तर त्यस वर्षका प्रधान पूजाहारी भएका हुनाले राष्ट्रको निम्ति येशू मर्नुपर्छ भन्ने अगमवाणी बोलेका हुन्।
52
राष्ट्रको निम्ति मात्र तिनले यो भनेका थिएनन्, तर छरपष्ट भएका परमेश्वरका सन्तानलाई एकसाथ जम्मा गर्नलाई यो भनिएको थियो।
53
यसैले त्यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने मतो गरे।
54
यसैकारण येशू फेरि यहूदीहरूका बीचमा खुल्लमखुल्ला हिँड्डुल गर्नुभएन, तर त्यहाँबाट उजाड-स्थानको नजिकमा रहेको एफ्राइम भन्ने सहरमा जानुभयो, र त्यहाँ चेलाहरूसँग बस्नुभयो।
55
यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना आफू-आफूलाई शुद्ध पार्न भनी निस्तार-चाड़को आरम्भ हुन अघि यरूशलेममा गए।
56
तब तिनीहरूले येशूलाई खोजे, अनि तिनीहरू मन्दिरमा खड़ा हुँदा आपसमा भन्न लागे, “तिमीहरूलाई कस्तो लाग्छ, के उनी चाड़मा आउलान्?”
57
मुख्य पूजाहारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन उहाँ कहाँ हुनुहुन्छ भनी कसैले थाहा पाए खबर गर्नू भन्ने आज्ञा दिएका थिए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21