bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 9
John 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 10 →
1
त्यहाँबाट जाँदैगर्दा येशूले एक जना जन्मैको अन्धालाई देख्नुभयो।
2
उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा-बुबाले, र यो अन्धो जन्म्यो?”
3
येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्।
4
मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन।
5
म संसारमा रहुञ्जेल म संसारको ज्योति हुँ।”
6
यी कुरा भनेर उहाँले भूइँमा थुक्नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो।
7
अनि उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल।” त्यसले गएर पखाल्यो, र देख्ने भएर फर्क्यो।
8
त्यसका छिमेकीहरू र त्यसलाई भीख मागेको देख्नेहरूले भने, “बसेर भीख माग्ने मान्छे के यही होइन?”
9
कसै-कसैले भने, “यो त्यही हो।” अरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ।” त्यसले भन्यो, “म त्यही हुँ।”
10
तब तिनीहरूले त्यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?”
11
त्यसले जवाफ दियो, “येशू भन्ने एक जना मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब गएर मैले पखालें, र म देख्ने भएँ।”
12
तिनीहरूले त्यसलाई भने, “तिनी कहाँ छन् त?” त्यसले भन्यो, “म जान्दिनँ।”
13
अघि अन्धो हुने त्यस मान्छेलाई तिनीहरूले फरिसीहरूकहाँ ल्याए।
14
जुन दिन येशूले माटोको लेप बनाएर त्यसका आँखा खोलिदिनुभएको थियो त्यो शबाथ-दिन थियो।
15
फरिसीहरूले त्यसलाई सोधे, “तँ कसरी देख्ने भइस्?” त्यसले तिनीहरूलाई भन्यो, “उहाँले मेरा आँखामा माटोको लेप लगाइदिनुभयो, अनि मैले पखालें र देख्ने भएँ।”
16
फरिसीहरूमध्ये कुनै-कुनैले भने, “त्यो मानिस परमेश्वरबाट आएको होइन, किनकि त्यसले शबाथ-दिन पालन गर्दैन।” तर अरूहरूले भने, “कसरी पापी मानिसले यस्ता चिन्हहरू गर्न सक्तछ?” र तिनीहरूका बीचमा फाटो हुन गयो।
17
तिनीहरूले त्यस अन्धालाई फेरि सोधे, “उसले तेरा आँखा खोलिदिएछ, अब उसको विषयमा तँ के भन्छस्?” त्यसले जवाफ दियो, “उहाँ अगमवक्ता हुनुहुन्छ।”
18
दृष्टि पाउने मानिसका आमा-बाबुलाई बोलाएर नसोधुञ्जेल यहूदीहरूले त्यो अन्धो थियो र देख्ने भयो भनेर विश्वास गरेनन्।
19
तब तिनीहरूले उनीहरूलाई सोधे, “के यो तिमीहरूको छोरो हो जो अन्धो जन्मेको थियो भनी तिमीहरू भन्छौ? त अब कसरी त्यो देख्न सक्ने भयो?”
20
त्यसका आमा-बुबाले तिनीहरूलाई भने, “हामी जान्दछौ यो हाम्रो छोरो हो, र अन्धो जन्मेको थियो।
21
तर अब यो कसरी देख्ने भयो हामी जान्दैनौं, अथवा यसका आँखा कसले खोलिदिए त्यो पनि हामी जान्दैनौं। यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा त्यो आफै बोल्नेछ।”
22
त्यसका आमा-बुबाले यी कुरा भने, किनकि उनीहरू यहूदीहरूदेखि डराउँथे। किनभने कसैले उहाँलाई ख्रीष्ट भनी स्वीकार गर्यो भने, त्यसलाई सभाघरबाट निकाल्नुपर्छ भनी यहूदीहरू अघि नै सहमत भएका थिए।
23
यसैकारण त्यसका आमा-बुबाले भने, “यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्।”
24
तब तिनीहरूले त्यस अन्धो मानिसलाई दोस्रो पल्ट बोलाएर भने, “परमेश्वरलाई महिमा दे। हामी जान्दछौं यो मान्छे पापी हो।”
25
त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, म जान्दिनँ। एउटै कुरा मात्र म जान्दछु कि म अन्धो थिएँ, तर अब देख्दछु।”
26
तब तिनीहरूले त्यसलाई भने, “उसले तँलाई के गर्यो? उसले तेरा आँखा कसरी खोलिदियो?”
27
त्यसले तिनीहरूलाई जवाफ दियो, “मैले तपाईंहरूलाई अघि नै भनिसकें, तर तपाईंहरूले सुन्नुभएन। अब फेरि किन सुन्न चाहनुहुन्छ? तपाईंहरू पनि उहाँका चेला हुन चाहनुहुन्छ कि कसो?”
28
तिनीहरूले त्यसलाई गाली गर्दै भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेला हौं।
29
हामीलाई थाहा छ मोशासँग परमेश्वरले बोल्नुभएको थियो, तर हामीलाई थाहा छैन यो मानिसचाहिँ कहाँको हो।”
30
त्यस मानिसले जवाफ दिई तिनीहरूलाई भन्यो, “कस्तो विचित्र कुरो! उहाँ कहाँबाट आउनुभएको हो तपाईंहरू जान्नुहुन्न, तर मेरा आँखा उहाँले खोलिदिनुभयो।
31
हामी जान्दछौ कि परमेश्वर पापीहरूका कुरा सुन्नुहुन्न, तर परमेश्वरको भय मान्ने र उहाँको इच्छा पालन गर्ने व्यक्तिको कुरा परमेश्वरले सुन्नुहुन्छ।
32
संसार सुरु भएदेखि यसो जन्मैको अन्धाका आँखा कसैले खोलिदिएको कुरा कहिल्यै सुनिएन।
33
यदि यी मानिस परमेश्वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।”
34
तिनीहरूले त्यसलाई जवाफ दिई भने, “तँ त बिलकुलै पापमा जन्मेको थिइस्, र के अब तँ हामीलाई सिकाउन चाहन्छस्?” अनि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए।
35
तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो, र त्यसलाई भेट्टाएर भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ?”
36
त्यसले जवाफ दिई भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ? म उहाँमाथि विश्वास गर्नेछु?”
37
येशूले त्यसलाई भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, अनि तिमीसँग बोल्ने उही नै हो।”
38
तब त्यसले भन्यो, “प्रभु, म विश्वास गर्दछु”, र त्यसले उहाँलाई दण्डवत् गर्यो।
39
अनि येशूले भन्नुभयो, “म न्यायको लागि यस संसारमा आएँ, कि नदेख्नेहरूले देखून् र देख्नेहरूचाहिँ अन्धा होऊन्।”
40
यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “के हामी पनि अन्धा हौं त?”
41
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अन्धा भए ता पापको दोषी हुनेथिएनौ, तर तिमीहरू ‘हामी देख्छौं’ भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21