bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 10
John 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 11 →
1
“साँच्चै, म तिमीहरूलाई भन्दछु, जो भेड़ा-गोठको ढोकाबाट भित्र पस्दैन, तर अर्कोपट्टिबाट चढ़ेर पस्छ, त्योचाहिँ चोर र डाँकू हो,
2
तर ढोकाबाट भित्र पस्नेचाहिँ भेड़ाको गोठालो हो।
3
ढोकेले उसको लागि ढोका खोलिदिन्छ, र भेड़ाहरूले उसको सोर सुन्छन्, र उसले आफ्ना भेड़ाहरूलाई नाउँ काढ़ी-काढ़ी बोलाउँछ, अनि तिनीहरूलाई बाहिर लैजान्छ।
4
जब उसले आफ्ना सबै भेड़ाहरूलाई बाहिर निकालिसक्छ, ऊ तिनीहरूका अगिअगि हिँड्छ, र भेड़ाहरूले उसलाई पछ्याउँछन्, किनभने तिनीहरूले उसको सोर चिन्छन्।
5
तर अपरिचित व्यक्तिलाई तिनीहरू पछ्याउँदैनन्, तर त्यसदेखि भाग्नेछन्। किनभने अपरिचित व्यक्तिको सोर तिनीहरूले चिन्दैनन्।”
6
येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्।
7
यसकारण येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, भेड़ाहरूको ढोका मै हुँ।
8
मभन्दा अघि आउने सबै चोर र डाँकूहरू हुन्, तर भेड़ाहरूले तिनीहरूका कुरा सुनेनन्।
9
ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
10
“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ।
11
म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ।
12
भाडाको मान्छेचाहिँ भेड़ाहरूको आफ्नै गोठालोजस्तो होइन। त्यसले त ब्वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्यो भाग्छ, र ब्वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्छ, र तितरबितर पारिदिन्छ।
13
त्यो भाग्छ, किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेड़ाको केही वास्ता गर्दैन।
14
“म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरूलाई चिन्छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्छन्।
15
जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु, अनि म भेड़ाहरूका लागि आफ्नो प्राण अर्पण दिन्छु।
16
“मेरा अरू भेड़ा छन्, जो यस गोठका होइनन्। तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ, र तिनीहरूले मेरो सोर सुन्नेछन्, र तिनीहरू एउटै बगाल हुनेछन्, र एउटै गोठालो हुनेछ।
17
पिताले मलाई यसैकारण प्रेम गर्नुहुन्छ, किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु।
18
कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु।”
19
यी वचनका कारणले यहूदीहरूमा फेरि मतभेद भयो।
20
तिनीहरूमध्ये धेरैले भन्दथिए, “यसलाई भूत लागेको छ, र यो बौलाएको छ। तिमीहरू यसको कुरा किन सुन्छौ?”
21
अरूहरूले भन्दथिए, “भूत लागेको मानिसको कुरा यस्तो हुँदैन। के भूतले अन्धाका आँखा खोल्न सक्तछ र?”
22
यरूशलेममा मन्दिर समर्पणको चाड थियो।
23
यो हिउँदको समय थियो। येशू मन्दिरभित्र सोलोमनको दलानमा टहलिरहनुभएको थियो।
24
यहूदीहरूले उहाँका चारैपट्टि भेला भएर सोधे, “कहिलेसम्म तपाईं हामीलाई दोधारमा राख्नुहुन्छ? तपाईं ख्रीष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस्।”
25
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्वास गर्दैनौ। मेरा पिताको नाउँमा जे काम म गर्दछु, तिनैले मेरो गवाही दिन्छन्।
26
तर तिमीहरू विश्वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेड़ामध्येका होइनौ।
27
“मेरा भेड़ाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन्।
28
तिनीहरूलाई म अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन।
29
मेरा पिताले ती मलाई दिनुभएको छ; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्।
30
पिता र म एक हौं।”
31
यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए।
32
येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ?”
33
यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर ईश्वर-निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ।”
34
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूको व्यवस्थामा यसो लेखिएको छैन, ‘मैले भनें, तिमीहरू देवहरू हौ’?
35
यदि जसकहाँ परमेश्वरको वचन आयो, तिनीहरू देवहरू कहलाइन्छन् भने (धर्मशास्त्र भङ्ग हुन सक्दैन),
36
पिताले पवित्र तुल्याएर संसारमा पठाउनुभएको व्यक्तिले ‘म परमेश्वरको पुत्र हुँ’ भन्दा कसरी ईश्वर-निन्दा हुन्छ?
37
यदि मैले मेरा पिताका काम गरेको छैनँ भने ममाथि विश्वास नगर।
38
तर यदि म पिताका काम गर्दछु र पनि तिमीहरू ममाथि विश्वास गर्दैनौ भने यी कामहरूमाथि विश्वास गर, र तिमीहरूले थाहा पाउन सक्नेछौ र बुझ्नेछौ, कि पिता ममा हुनुहुन्छ, र म पितामा छु।”
39
तिनीहरूले फेरि उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्कनुभयो।
40
अनि उहाँ फेरि यर्दन पारि त्यस ठाउँमा जानुभयो, जहाँ यूहन्नाले पहिले बप्तिस्मा दिने गर्थे, र उहाँ त्यहीँ बस्नुभयो।
41
धेरै मानिसहरू उहाँकहाँ आउन लागे, र तिनीहरूले भने, “यूहन्नाले कुनै चिन्हहरू गरेनन्, तर यूहन्नाले यिनको विषयमा जे-जति भनेका थिए त्यो सत्य रहेछ।”
42
अनि त्यहाँ धेरैले उहाँमाथि विश्वास गरे।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21