bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 16
John 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 17 →
1
“तिमीहरूले ठोकर नखाओ भनेर नै मैले यी कुरा तिमीहरूलाई भनेको हुँ।
2
तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्। वास्तवमा यस्तो समय आइरहेछ, जब तिमीहरूलाई हत्या गर्नेले परमेश्वरको सेवा गर्दैछु भनी ठान्नेछ।
3
तिनीहरूले यी काम गर्नेछन्, किनभने तिनीहरूले पितालाई चिनेका छैनन्, र मलाई पनि चिन्दैनन्।
4
तर यी कुरा मैले तिमीहरूलाई बताएको छु, कि जब त्यो समय आउँछ, तब तिमीहरूलाई के भनेथें सो तिमीहरूलाई स्मरण हुनेछ। पहिले नै मैले तिमीहरूलाई यी कुरा भनिनँ, किनकि म तिमीहरूसँग थिएँ।
5
“अब म मलाई पठाउनुहुनेकहाँ गइरहेछु, तर ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ?’ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ।
6
तापनि मैले तिमीहरूलाई यी कुरा भनेको कारण तिमीहरूको हृदय शोकले भरिएको छ।
7
तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइनँ भने, सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।
8
अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ।
9
पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्,
10
धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्छु, र तिमीहरू मलाई फेरि देख्नेछैनौ।
11
र न्यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्डाज्ञा भइसकेको छ।
12
“मैले तिमीहरूलाई भन्ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्दैनौ।
13
जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन। उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।
14
उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने जे मेरो हो, त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ।
15
जे-जति पितासँग छन्, ती मेरा हुन्। यसैकारण मैले भनें, जे मेरो हो त्यो मबाट लिएर आत्माले तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ।
16
“अलि बेरपछि तिमीहरूले मलाई फेरि देख्नेछैनौ, अनि अलि बेरपछि मलाई फेरि देख्नेछौ।”
17
तब उहाँका कुनै-कुनै चेलाहरूले एक-अर्कालाई भने, “उहाँले हामीहरूलाई यो भन्नुभएको के हो? ‘अलि बेरपछि तिमीहरू मलाई देख्नेछैनौ, अनि फेरि अलि बेरपछि तिमीहरू मलाई देख्नेछौ,’ र ‘किनकि म पिताकहाँ गइरहेछु’।”
18
तिनीहरूले भने, “उहाँले ‘अलि बेर’ भन्नुभएको के हो? हामी जान्दैनौ, उहाँ के भन्दैहुनुहुन्छ।”
19
तिनीहरूले उहाँलाई सोध्ने इच्छा गर्दैछन् भन्ने येशूलाई थाहा भयो, र उहाँले भन्नुभयो, “‘अलि बेरपछि तिमीहरू मलाई देख्नेछैनौ, अनि अलि बेरपछि मलाई देख्नेछौ’ भन्ने कुराको अर्थ के हो भन्ने विषयमा के तिमीहरू आपसमा बहस गरिरहेछौ?
20
साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार रमाउनेछ। तिमीहरू शोकित हुनेछौ, तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ।
21
बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ किनभने तिनको बेला आएको हुन्छ, तर जब तिनले बालक जन्माउँछिन्, तब तिनलाई त्यस वेदनाको सम्झना हुँदैन किनकि संसारमा एउटा बालकको जन्म भयो भन्ने कुरामा तिनी हर्षित हुन्छिन्।
22
यसरी नै अहिले तिमीहरूलाई शोक हुन्छ, तर म फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरूका हृदय आनन्दित हुनेछन्। अनि कसैले तिमीहरूको आनन्द तिमीहरूबाट खोस्नेछैन।
23
त्यो दिन तिमीहरूले मलाई केही सोध्नेछैनौ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ।
24
अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्द पूर्ण होओस्।
25
“यी कुरा मैले तिमीहरूलाई दृष्टान्तमा भनेको छु। तर समय आइरहेछ, जब म तिमीहरूसँग फेरि दृष्टान्तमा बोल्नेछैनँ, तर पिताको विषयमा तिमीहरूलाई स्पष्ट बताउनेछु।
26
त्यो दिन तिमीहरूले मेरो नाउँमा माग्नेछौ। म तिमीहरूका निम्ति पितासँग बिन्ती गरिदिनेछु भनी तिमीहरूलाई भन्दिनँ,
27
किनभने पिता आफैले तिमीहरूलाई माया गर्नुहुन्छ, किनकि तिमीहरूले मलाई माया गरेका छौ, र म परमेश्वरको तर्फबाट आएँ भनी विश्वास गरेका छौ।
28
म पिताबाट आएँ, अनि संसारमा आएको छु, र फेरि म संसारलाई छोड़ेर पिताकहाँ जाँदैछु।”
29
उहाँका चेलाहरूले भने, “अब तपाईं स्पष्ट बोल्दैहुनुहुन्छ, दृष्टान्तमा होइन।
30
अब हामीहरूले बुझ्यौं, तपाईं सबै कुरा जान्नुहुन्छ, अनि तपाईंलाई कसैले सोध्ने आवश्यकता छैन। यसैले हामी विश्वास गर्छौं, कि तपाईं परमेश्वरबाट आउनुभएको हो।”
31
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरू अब विश्वास गर्दछौ?
32
हेर, समय आइरहेछ, वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्ट भई आफ्नै ठाउँमा जानेछौ र मलाई एकलै छोड्नेछौ। तापनि म एकलो छैनँ, किनभने पिता मसँग हुनुहुन्छ।
33
मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21