bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 20
John 20
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 21 →
1
हप्ताको पहिलो दिन बिहान अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले ढुङ्गा चिहानबाट हटाइएको देखिन्।
2
तिनी सिमोन पत्रुस र येशूले माया गर्नुहुने अर्को चेलाकहाँ दगुरेर गइन्, र तिनीहरूलाई भनिन्, “तिनीहरूले प्रभुलाई चिहानबाट बाहिर लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, सो हामी जान्दैनौं।”
3
तब पत्रुस र अर्को चेला बाहिर निस्केर चिहानतिर गए।
4
ती दुवै सँगसँगै दगुरे, तर अर्को चेला पत्रुसलाई उछिनेर चिहानमा अगाडि आइपुग्यो।
5
चिहानभित्र निहुरेर हेर्दा, तिनले अघि बेह्रेका सूती कपड़ाहरू मात्र पड़िरहेका देखे, तर तिनी भित्र पसेनन्।
6
सिमोन पत्रुस त्यसको पछिपछि आए, र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेह्रने कपड़ाहरू मात्र त्यसै पड़िरहेका देखे।
7
उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपड़ाहरूसँग थिएन, तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको थियो।
8
तब चिहानमा पहिले आइपुग्ने अर्को चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्वास गरे।
9
किनभने तिनीहरूले उहाँ मृतकबाट जीवित भई उठ्नुपर्छ भन्ने धर्मशास्त्रको वचन अहिलेसम्म बुझेका थिएनन्।
10
त्यसपछि ती चेलाहरू आफ्ना घर फर्के।
11
तर मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन्। तिनले रुँदै चिहानतिर निहुरेर हेरिन्,
12
र जहाँ येशूको मृत शरीर राखिएको थियो, त्यहाँ सेता वस्त्र लाएका दुई स्वर्गदूतहरूलाई, एक जना शिरतिर र अर्का पाउतिर बसिरहेका तिनले देखिन्।
13
उनीहरूले तिनलाई भने, “नारी, किन रुन्छ्यौ?” तिनले उनीहरूलाई भनिन्, “तिनीहरूले मेरा प्रभुलाई लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, म जान्दिनँ।”
14
यी कुरा भनेर तिनी पछिल्तिर फर्किन्, र तिनले येशूलाई उभिरहनुभएको देखिन्, तर येशू नै हुनुहुन्छ भनी चिनिनन्।
15
येशूले तिनलाई भन्नुभयो, “नारी, तिमी किन रुँदैछ्यौ? कसलाई खोज्छ्यौ?” तिनले उहाँलाई माली भन्ठानेर भनिन्, “हजूर, तपाईंले उहाँलाई यहाँबाट लैजानुभएको भए, कहाँ राख्नुभएको छ मलाई भन्नुहोस्, र म उहाँलाई लैजानेछु।”
16
येशूले तिनलाई भन्नुभयो, “मरियम!” तिनले फर्केर उहाँलाई हिब्रूमा भनिन्, “रब्बोनी,” अर्थात् “हे गुरुज्यू!”
17
येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैनँ। तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ गइरहेछु’।”
18
मरियम मग्दलिनी गइन्, र चेलाहरूलाई सुनाइन्, “मैले प्रभुलाई देखें।” अनि उहाँले भन्नुभएका कुरा तिनीहरूलाई तिनले भनिदिइन्।
19
त्यही दिन, अर्थात् हप्ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति!”
20
यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा पनि देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए।
21
तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।”
22
अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ।
23
जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन।
24
येशू आउनुहुँदा बाह्र जनामध्ये एक जना, दिदुमस भन्ने थोमाचाहिँ, तिनीहरूसँग थिएनन्।
25
यसकारण अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देख्यौं।” तर तिनले उनीहरूलाई भने, “जबसम्म म उहाँका हातमा कीलाहरूका डोब देख्दिनँ, र कीलाहरूका डोबमा मेरा औँला हाल्दिनँ, उहाँको कोखामा मेरो हात हाल्दिनँ, तबसम्म म विश्वास गर्नेछैनँ।”
26
आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए। थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र माझमा उभिएर भन्नुभयो, “तिमीहरूलाई शान्ति!”
27
तब उहाँले थोमालाई भन्नुभयो, “तिम्रो औँला यहाँ राख, र मेरा हातहरू हेर। तिम्रो हात बढ़ाएर मेरो कोखामा हाल। शङ्का नगर, तर विश्वासी होऊ।”
28
थोमाले उहाँलाई भने, “मेरा प्रभु, र मेरा परमेश्वर!”
29
येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई देखेको कारणले ममाथि विश्वास गरेका हौ? धन्य हुन् तिनीहरू, जसले मलाई देखेका छैनन्, र पनि विश्वास गर्छन्।”
30
येशूले अरू धेरै चिन्हहरू चेलाहरूका सामुन्ने गर्नुभयो, जुनचाहिँ यस पुस्तकमा लेखिएका छैनन्।
31
तर यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर, र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21