bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 7
John 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 8 →
1
त्यसपछि येशू गालीलमा नै घुमफिर गर्नुभयो, तर उहाँ यहूदियामा जान चाहनुभएन, किनभने यहूदीहरू उहाँलाई मार्ने दाउमा थिए।
2
अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो।
3
यसकारण येशूका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छाड़ेर यहूदिया जानुहोस्, र तपाईंले गरिरहनुभएका कामहरू तपाईंका चेलाहरूले पनि देखून्।
4
जुन मानिसले ख्याति प्राप्त गर्न चाहन्छ, त्यसले गुप्तमा काम गर्दैन। तपाईं यी कामहरू गर्नुहुन्छ भने आफूलाई संसारमा प्रकट गराउनुहोस्।”
5
किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैनथिए।
6
येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो उपयुक्त समय अझै आएको छैन, तर तिमीहरूका निम्ति त सबै समय उपयुक्त छ।
7
संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु।
8
तिमीहरू यस चाड़मा जाओ। म यस चाड़मा जान्नँ, किनभने मेरो समय अझ पूरा भएको छैन।”
9
तिनीहरूलाई यसो भनेर उहाँ गालीलमै रहनुभयो।
10
तर उहाँका भाइहरू चाड़मा गएपछि उहाँ पनि खुल्लमखुल्ला होइन, तर गुप्त रूपमा जानुभयो।
11
चाड़मा यहूदीहरूले उहाँलाई खोजिरहेका थिए, र “उनी कहाँ छन्?” भनी सोध्दैथिए।
12
भीड़हरूका बीचमा उहाँको विषयमा चर्चा हुन लाग्यो। कोही भन्थे, “उनी असल छन्।” अरूले भन्थे, “होइन, यसले मानिसहरूलाई भ्रममा पारिरहेछ।”
13
तर यहूदीहरूको डरले उहाँको विषयमा कोही खुल्लमखुल्ला बोल्दैनथिए।
14
चाड़को बीचमा येशू मन्दिरभित्र पस्नुभयो, र शिक्षा दिनुभयो।
15
यहूदीहरूले अचम्म मान्दै यसो भने, “कुनै अध्ययन नगरी यिनले कसरी यति विद्या हासिल गरे?”
16
तब येशूले जवाफ दिई तिनीहरूलाई भन्नुभयो, “मेरो शिक्षा मेरै होइन, तर उहाँको हो, जसले मलाई पठाउनुभयो।
17
यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने, मेरो शिक्षा परमेश्वरतर्फबाट हो, कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ।
18
जसले आफ्नै तर्फबाट बोल्दछ, उसले आफ्नै सम्मान खोज्दछ, तर जसले आफूलाई पठाउनेको सम्मान खोज्दछ, त्यो सत्य हो, र उसमा छल हुँदैन।
19
के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन्? तर तिमीहरू कसैले त्यो व्यवस्था पालन गर्दैनौ। तिमीहरू किन मलाई मार्न खोज्दछौ?”
20
भीड़ले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ?”
21
येशूले जवाफ दिई तिनीहरूलाई भन्नुभयो, “एउटा काम मैले गरें, अनि तिमीहरू सबै यसमा आश्चर्य मान्दछौ।
22
मोशाले तिमीहरूलाई खतनाको रीति दिएका छन् (हुन त, त्यो मोशाको तर्फबाट त होइन, तर पिता-पुर्खाहरूबाट हो), र पनि शबाथ-दिनमा तिमीहरू मानिसलाई खतना गर्दछौ।
23
मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि कुनै मानिसले शबाथ-दिनमा खतना गर्छ भने, मैले एक जना मानिसलाई शबाथ-दिनमा पूरै निको पारिदिएँ भनेर के तिमीहरू मसँग रीस गर्दछौ?
24
मुख हेरेर होइन, तर ठीक किसिमले इन्साफ गर।”
25
यरूशलेमका कोही-कोही मानिसहरूले भने, “के यिनी उही होइनन्, जसलाई तिनीहरूले मार्न खोज्दछन्?
26
हेर, यिनी त खुल्लमखुल्ला बोलिरहेछन्, तर तिनीहरू यिनलाई केही भन्दैनन्! के यिनी नै ख्रीष्ट हुन् भन्ने धर्म-गुरुहरूले साँच्चै थाहा पाए?
27
तर हामी जान्दछौं, यी मानिस कहाँबाट आएका हुन्। तर जब ख्रीष्ट देखा पर्नुहुन्छ, उहाँ कहाँका हुनुहुन्छ कसैले थाहा पाउनेछैन।”
28
तब येशूले मन्दिरमा सिकाउनुहुँदा, उहाँले उच्च स्वरले भन्नुभयो, “तिमीहरू मलाई चिन्छौ, र म कहाँबाट आएको हुँ, त्यो पनि जान्दछौ। म आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई चिन्दैनौ,
29
तर म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”
30
यसकारण तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले उहाँमाथि हात हालेन, किनभने उहाँको समय अझ आइपुगेको थिएन।
31
तर भीड़का धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे। तिनीहरूले भने, “जब ख्रीष्ट आउनुहुन्छ, तब के यिनले गरेका चिन्हहरूभन्दा बढ़ी चिन्ह उहाँले गर्नुहोला र?”
32
भीड़ले उहाँको विषयमा चर्चा गरिरहेको फरिसीहरूले सुने। तब मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रन मन्दिरका पहरेदारहरू पठाए।
33
येशूले भन्नुभयो, “अझ केही समयसम्म म तिमीहरूसँग छु, त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जानेछु।
34
तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ, र जहाँ म हुन्छु, तिमीहरू आउन सक्दैनौ।”
35
तब यहूदीहरूले आपसमा भने, “यिनी कहाँ जान आँटेका छन्, र हामी यिनलाई भेट्टाउनेछैनौं? के यिनी ग्रीकहरूका बीचमा छरपष्ट भई बसेका यहूदीहरूकहाँ गएर ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्?
36
यिनले भनेको यो वचन के हो? ‘तिमीहरू मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ, र जहाँ म हुन्छु, तिमीहरू आउन सक्दैनौ’?”
37
अब चाड़को पछिल्लो दिन, अर्थात् चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस्।
38
जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’।”
39
तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए। किनकि पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्म भएको थिएन।
40
यी कुरा सुन्ने कोही-कोही मानिसले भने, “यिनी त साँच्चै अगमवक्ता रहेछन्।”
41
अरूहरूले भने, “यिनी ख्रीष्ट हुन्।” तर कसै-कसैले भने, “के ख्रीष्ट गालीलबाट आउँछन् र?
42
के धर्मशास्त्रले भनेको छैन, कि ख्रीष्ट दाऊदको वंशबाट र दाऊदकै गाउँ बेथलेहेमबाट आउँछन्?”
43
यसैले मानिसहरूका बीचमा उहाँको कारण फाटो भयो।
44
तिनीहरूमध्ये कतिले उहाँलाई पक्रन खोजे, तर उहाँमाथि कसैले पनि हात हालेन।
45
तब मन्दिरका पहरेदारहरू मुख्य पूजाहारीहरू र फरिसीहरूकहाँ आए। तिनीहरूले यिनीहरूलाई भने “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
46
पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै मानिसले कहिल्यै बोलेन!”
47
फरिसीहरूले यिनीहरूलाई भने, “तिमीहरू पनि बहकियौ, कि कसो?
48
के धर्म-गुरु अथवा फरिसीहरूमध्ये कसैले उसमाथि विश्वास गरेको छ?
49
तर यो भीड, जसले व्यवस्था जान्दैन, त्यो श्रापित छ।”
50
तिनीहरूमध्ये एक जना निकोदेमस, जो पहिले एक पल्ट येशूकहाँ आएका थिए, तिनले भने,
51
“के हाम्रो व्यवस्थाले पहिले मानिसको सुनुवाइ नभई, र त्यसले के गरेको छ सो नजानिकन त्यसलाई दोषी ठहराउँछ र?”
52
तिनीहरूले उनलाई जवाफ दिए, “के तिमी पनि गालीलका हौ? धर्मशास्त्र खोजेर हेर, र तिमीले देख्नेछौ, कि गालीलबाट अगमवक्ता निस्कँदैन।” [
53
तब हरेक मानिस आ-आफ्ना घर गए।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21