bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 13
John 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 14 →
1
निस्तार-चाड़को अघि यस संसारबाट बिदा भएर पिताकहाँ जाने उहाँको समय आइपुग्यो भन्ने येशूले थाहा पाउनुभयो, अनि संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो।
2
अनि बेलुकीको भोजनको बेला दियाबलसले सिमोनको छोरो यहूदा इस्करियोतको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो।
3
पिताले सबै थोक उहाँका हातमा दिनुभएको छ, र उहाँ परमेश्वरको तर्फबाट आउनुभएको हो, र परमेश्वरकहाँ नै जाँदैहुनुहुन्छ भन्ने कुरा येशूले जान्नुहुँदथियो।
4
अनि उहाँ भोजनबाट उठ्नुभयो, र बाहिरी वस्त्र एकातिर राखी एउटा तौलिया आफ्नो कम्मरमा बेह्रनुभयो।
5
तब उहाँले बाटामा पानी खन्याउनुभयो, र चेलाहरूका गोडा धुन लाग्नुभयो, र आफूले बेह्रेको तौलियाले तिनीहरूका गोडा पुछ्न लाग्नुभयो।
6
जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरा गोडा धुने?”
7
येशूले तिनलाई जवाफ दिनुभयो, “म के गर्दैछु तिमी अहिले जान्दैनौ, तर पछि बुझ्नेछौ।”
8
पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै धुनुहुनेछैन।” येशूले तिनलाई जवाफ दिनुभयो, “मैले धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्सा हुनेछैन।”
9
सिमोन पत्रुसले उहाँलाई भने, “हे प्रभु, मेरा गोडा मात्र होइन, तर मेरा हात र शिरसमेत धोइदिनुहोस्।”
10
येशूले तिनलाई भन्नुभयो, “नुहाइसकेको मानिसलाई गोडाबाहेक अरू केही धुनुपर्दैन, त्यो सम्पूर्ण शुद्ध छ। अनि तिमीहरू शुद्ध छौ, तर सबै त होइन।”
11
किनभने उहाँलाई विश्वासघात गर्नेलाई उहाँले चिन्नुभएको थियो। यसैकारण उहाँले भन्नुभएको थियो, “तिमीहरू सबै शुद्ध छैनौ।”
12
तिनीहरूका गोडा धोइसक्नुभएपछि आफ्नो बाहिरी वस्त्र लाएर उहाँ फेरि बस्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू जान्दछौ, मैले तिमीहरूका निम्ति के गरें?
13
तिमीहरू मलाई ‘गुरु र प्रभु’ भन्दछौ, त्यो तिमीहरू ठीकै भन्दछौ, किनभने म उही हुँ।
14
यदि तिमीहरूका प्रभु र गुरु भईकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ,
15
किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।
16
साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठूलो हुँदैन, अनि खबर लाने खबर पठाउनेभन्दा ठूलो हुँदैन।
17
यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यौ भने, तिमीहरू धन्य हुनेछौ।
18
“मैले तिमीहरू सबैका विषयमा भनिरहेको होइनँ, मैले कसलाई छानेको हुँ तिनलाई म चिन्छु। तर धर्मशास्त्र पूरा होस् भनेर यो भयो, कि ‘मेरै रोटी खानेले ममाथि आफ्नो लात उठायो।’
19
“यो हुन अघि अहिले नै म तिमीहरूलाई भन्दछु, ताकि जब त्यो हुन आउँछ, म उही नै हुँ भनेर तिमीहरूलाई विश्वास होस्।
20
साँच्चै म तिमीहरूलाई भन्दछु, ‘जसलाई म पठाउँदछु, उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ’।”
21
यी कुरा भनेपछि येशू आत्मामा व्याकुल हुनुभयो र उहाँले गवाही दिई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ।”
22
उहाँले कसको विषयमा भन्नुभएको हो भनी अनिश्चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरे।
23
उहाँका चेलाहरूमध्ये येशूले प्रेम गर्नुहुने चेलाचाहिँ येशूको छातीमा अड़ेस लागिरहेका थिए।
24
तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, “उहाँले यो कसको विषयमा भन्नुभएको हो?”
25
येशूको छातीमा त्यसरी अड़ेस लागेर नै तिनले उहाँलाई सोधे, “प्रभु, त्यो को हो?”
26
येशूले जवाफ दिनुभयो, “जसलाई म रोटीको टुक्रा चोपेर दिन्छु, त्यो त्यही हो।” तब उहाँले रोटीको टुक्रा चोप्नुभयो, र निकालेर त्यो सिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो।
27
रोटीको टुक्रा लिएपछि शैतान त्यसभित्र पस्यो। तब येशूले त्यसलाई भन्नुभयो, “तिमीलाई जे गर्नु छ, सो चाँड़ै गरिहाल।”
28
तर उहाँले किन त्यसलाई यसो भन्नुभयो भनी भोजन गर्न बसेकाहरू कसैले पनि बुझेनन्।
29
किनभने कसै-कसैले यो सोचे, कि यहूदासँग पैसाको थैलो छ, यसैले येशूले त्यसलाई चाड़को निम्ति चाहिएको सामग्री किनोस्, अथवा त्यसले गरीबहरूलाई केही देओस् भन्नुभएको हो।
30
तब रोटीको टुक्रा लिएपछि यहूदा इस्करियोत तुरुन्तै बाहिर निस्किहाल्यो। त्यस बेला रात परेको थियो।
31
जब त्यो बाहिर गयो तब येशूले भन्नुभयो, “अब मानिसको पुत्र महिमित भएको छ, र परमेश्वर उसमा महिमित हुनुभएको छ।
32
यदि परमेश्वर उसमा महिमित हुनुभएको छ भने परमेश्वरले आफैमा उसलाई महिमित पार्नुहुनेछ, अनि उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ।
33
“साना बालक हो, केही बेरसम्म म तिमीहरूसँग छु! तिमीहरूले मलाई खोज्नेछौ, र जसो मैले यहूदीहरूलाई भनें, अब तिमीहरूलाई पनि म भन्दछु, ‘जहाँ म गइरहेछु, तिमीहरू आउन सक्दैनौ।’
34
“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर।
35
यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”
36
सिमोन पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ गइरहेछु, तिमी अहिले मलाई पछ्याउन सक्दैनौ, तर पछि त तिमीले मलाई पछ्याउनेछौ।”
37
पत्रुसले उहाँलाई भने, “प्रभु, म किन अहिले नै तपाईंलाई पछ्याउन सक्दिनँ? तपाईंको निम्ति म आफ्नो प्राण दिनेछु।”
38
येशूले जवाफ दिनुभयो, “के तिमी आफ्नो प्राण मेरो निम्ति दिनेछौ? साँच्चै म तिमीलाई भन्छु, तिमीले मलाई तीन पल्ट इन्कार नगरेसम्म भाले बास्नेछैन।”
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21