bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 6
John 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 7 →
1
यी कुरापछि येशू गालील, अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो।
2
अनि एउटा ठूलो भीड उहाँको पछि लाग्यो, किनभने उहाँले रोगीहरूमाथि गर्नुभएका चिन्हहरू तिनीहरूले देखेका थिए।
3
येशू डाँड़ामाथि जानुभयो, र आफ्ना चेलाहरूसँग त्यहाँ बस्नुभयो।
4
यहूदीहरूको चाड, अर्थात् निस्तार-चाड नजिक थियो।
5
तब येशूले आफ्ना चारैतिर हेर्दा एउटा ठूलो भीड आफूकहाँ आइरहेको देखेर फिलिपलाई भन्नुभयो, “यिनीहरूलाई खुवाउनका निम्ति हामीहरूले कहाँबाट रोटी किन्ने?”
6
उहाँले तिनको जाँच गर्नलाई यो भन्नुभएको थियो, किनभने उहाँले जे गर्न लाग्नुभएको थियो, सो उहाँलाई थाहा थियो।
7
फिलिपले उहाँलाई जवाफ दिए, “प्रत्येकले अलि-अलि पाए तापनि दुई सय चाँदीका सिक्काको रोटीले तिनीहरूलाई पुग्नेछैन।”
8
उहाँका चेलाहरूमध्ये एक जना, सिमोन पत्रुसका भाइ अन्द्रियासले भने,
9
“यहाँ एक जना ठिटो छ, त्यससँग जौका पाँच रोटी र दुई माछा छन्। तर यति धेरैका निम्ति यतिले के पुग्ला र?”
10
येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लाओ।” त्यहाँ धेरै घाँस भएको चउर थियो। तब प्राय: पाँच हजार पुरुषहरू त्यहाँ बसे।
11
तब येशूले रोटी लिनुभयो, र परमेश्वरलाई धन्यवाद चढ़ाउनुभएपछि बस्नेहरूलाई बाँड़िदिनुभयो, र त्यसै गरी माछा पनि बाँड़िदिनुभयो। तिनीहरूले चाहेजति खाए।
12
अनि जब तिनीहरूले भरपेट खाए, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही नष्ट नहोस्।”
13
खानेहरूले उबारेका जौका ती पाँच रोटीका टुक्राहरू तिनीहरूले बटुले र बाह्र डाला भरे।
14
यसकारण उहाँले गर्नुभएको यो चिन्ह देखेर ती मानिसहरूले भने, “संसारमा आउने अगमवक्ता साँच्चै उहाँ नै हुनुहुँदोरहेछ।”
15
तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि एकलै डाँड़ामा जानुभयो।
16
साँझ परेपछि उहाँका चेलाहरू समुद्रतिर गए।
17
र डुङ्गामा चढ़ेर तिनीहरू समुद्र पारि कफर्नहुमतिर जान लागे। त्यस बेला अँध्यारो भएको थियो, र येशू अझसम्म तिनीहरूकहाँ आउनुभएको थिएन।
18
अनि ठूलो बतास चलेकोले, समुद्रको छाल उर्लन लाग्यो।
19
पाँच-छ किलोमिटर डुङ्गा खियाएर गएपछि तिनीहरूले येशूलाई समुद्रमाथि हिँड़ेर डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए।
20
तर उहाँले तिनीहरूलाई भन्नुभयो, “म हुँ, नडराओ।”
21
तिनीहरूले उहाँलाई खुसीसाथ डुङ्गामा राखे, र तिनीहरू गइरहेको ठाउँमा डुङ्गा तुरुन्तै आइपुग्यो।
22
समुद्र पारि रहेको भीड़ले भोलिपल्ट त्यहाँ एउटा मात्र डुङ्गा देखे। तिनीहरूलाई थाहा थियो, कि येशू आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभएको थिएन, तर उहाँका चेलाहरू मात्र गएका थिए।
23
तब तिबेरियासबाट अरू डुङ्गाहरू त्यस ठाउँको नजिक आए, जहाँ प्रभुले धन्यवाद चढ़ाएपछि तिनीहरूले रोटी खाएका थिए।
24
येशू र उहाँका चेलाहरू त्यहाँ नहुनुभएको थाहा पाएर ती मानिसहरू येशूलाई खोज्दै डुङ्गाहरूमा चढ़ेर कफर्नहुममा गए।
25
तिनीहरूले उहाँलाई समुद्र पारि भेट्टाएर उहाँलाई सोधे, “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?”
26
येशूले तिनीहरूलाई जवाफ दिई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू चिन्हहरू देखेर होइन, तर अघाउञ्जेल रोटी खाएको कारणले मलाई खोज्दछौ।
27
नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। किनभने परमेश्वर पिताले उसमाथि आफ्नो छाप लगाउनुभएको छ।”
28
तिनीहरूले उहाँलाई भने, “परमेश्वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ?”
29
येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको काम यही हो: जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्वास गर।”
30
यसकारण तिनीहरूले उहाँलाई भने, “तपाईं के चिन्ह देखाउनुहुन्छ, सो हामी हेरौं, र तपाईंलाई विश्वास गरौं? तपाईं के गर्नुहुन्छ?
31
हाम्रा पिता-पुर्खाले उजाड़-स्थानमा मन्न खाए, जसरी लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानलाई स्वर्गबाट रोटी दिनुभयो’।”
32
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई स्वर्गबाट रोटी दिने मोशा होइनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ।
33
किनभने परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्छ।”
34
तिनीहरूले उहाँलाई भने, “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्।”
35
येशूले तिनीहरूलाई भन्नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन।
36
तर मैले तिमीहरूलाई भनेकै छु, तिमीहरूले मलाई देखेका छौ, र पनि विश्वास गर्दैनौ।
37
पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्याग्नेछैनँ।
38
आफ्नो इच्छा पूरा गर्न म स्वर्गबाट ओर्लिआएको होइनँ, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ।
39
र मलाई पठाउनुहुनेको इच्छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ।
40
किनभने मेरा पिताको इच्छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस्, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।”
41
यहूदीहरू उहाँको विरुद्धमा गनगनाउन लागे, किनभने उहाँले भन्नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।”
42
तिनीहरूले भने, “के यो योसेफको छोरो, येशू होइन? यसका बुबा र आमालाई हामी चिन्दैनौं र? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्दछ?”
43
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू आपसमा नगनगनाओ।
44
मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउन सक्दैन, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
45
‘अनि ती सबै जना परमेश्वरद्वारा सिकाइनेछन्’ भनी अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ। प्रत्येक जसले पिताबाट सुन्छ र सिक्छ त्यो मकहाँ आउँछ।
46
पितालाई कुनै मानिसले देखेको छैन, केवल उसले मात्र देखेको छ जो परमेश्वरबाट आएको हो, उसैले पितालाई देखेको छ।
47
साँच्चै म तिमीहरूलाई भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन छ।
48
म जीवनको रोटी हुँ।
49
तिमीहरूका पिता-पुर्खाहरूले उजाड-स्थानमा मन्न खाए तापनि तिनीहरू मरेर गए।
50
स्वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्छ त्यो मर्नेछैन।
51
स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्योचाहिँ मेरो देह हो।”
52
तब यहूदीहरू आपसमा बहस गर्न लागे, “यस मानिसले कसरी हामीलाई आफ्नो देह खान दिन सक्छ?”
53
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन।
54
मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु।
55
किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो।
56
मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु।
57
जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ।
58
स्वर्गबाट आएको यो रोटी त्यस्तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।”
59
उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्नुभएको हो।
60
यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो वचन कठोर छ, कसले यो सुन्न सक्तछ र?”
61
तर उहाँका चेलाहरू यस विषयमा गनगनाउँदैछन् भनी जानेर येशूले तिनीहरूलाई भन्नुभयो, “के यी कुरा तिमीहरूका निम्ति ठोकरको कारण भइरहेछ?
62
तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ अघि थियो त्यहाँ उक्लँदैगरेको देख्यौ भने नि कसो?
63
जीवन दिनुहुने आत्मा हुनुहुन्छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्मा र जीवन हुन्।
64
तर तिमीहरूमध्ये कति छन्, जसले विश्वास गर्दैनन्।” किनभने विश्वास नगर्नेहरू को-को हुन्, र उहाँलाई धोका दिने को हुनेछ भनी येशूलाई सुरुदेखि नै थाहा थियो।
65
अनि उहाँले भन्नुभयो, “यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, ‘यदि पिताबाट दिइएको छैन भने कोही मानिस मकहाँ आउन सक्दैन।”
66
यसपछि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्न छोड़े।
67
येशूले बाह्रैलाई भन्नुभयो, “के तिमीहरू पनि मलाई त्यागेर जाने?”
68
सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्त जीवनका वचन छन्
69
र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
70
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्येको एक जनाचाहिँ दियाबलस हो।”
71
यो उहाँले सिमोन इस्करियोतको छोरो यहूदाको विषयमा भन्नुभएको थियो, किनभने बाह्रमध्ये एक जना भएर पनि त्यसले उहाँलाई धोका दिन आँटेको थियो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21