bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 8
John 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 9 →
1
तर येशू जैतून डाँड़ामा जानुभयो।
2
उहाँ एकाबिहानै फेरि मन्दिरमा जानुभयो, र सबै मानिसहरू उहाँकहाँ आए, र उहाँ बस्नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो।
3
शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए, र त्यसलाई माझमा उभ्याए।
4
तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको कर्ममा पक्राउ परी।
5
व्यवस्थामा मोशाले यस्ताहरूलाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। तपाईं यसको बारेमा के भन्नुहुन्छ?”
6
तर तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यसो भनेका थिए। येशूले निहुरेर भूइँमा औँलाले लेख्नुभयो।
7
तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्।”
8
अनि फेरि निहुरेर उहाँले भूइँमा औँलाले लेख्नुभयो।
9
तर जब तिनीहरूले यो सुने, तब ठूलादेखि सुरु गरी सानासम्म एक-एक गरेर गए, र येशू त्यस स्त्रीसँग एकलै छोडिनुभयो, अनि त्यो स्त्रीचाहिँ उहाँको अगि उभिरही।
10
येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो, “ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्ड दिएन?”
11
त्यसले भनी, “प्रभु, कसैले दिएन।” येशूले भन्नुभयो, “म पनि तिमीलाई दण्ड दिन्नँ। जाऊ, अनि फेरि पाप नगर।” ]
12
येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
13
तब फरिसीहरूले उहाँलाई भने, “तिमी आफ्नै विषयमा गवाही दिइरहेछौ। तिम्रो गवाही सत्य ठहर्दैन।”
14
येशूले जवाफ दिनुभयो, “म आफ्नै विषयमा गवाही दिन्छु, तापनि मेरो गवाही सत्य छ। म जान्दछु, म कहाँबाट आएको हुँ, र म कहाँ गइरहेछु। तर तिमीहरू जान्दैनौ, म कहाँबाट आउँछु, वा कहाँ गइरहेछु।
15
तिमीहरू मानव दृष्टिले न्याय गर्दछौ। म कसैको न्याय गर्दिनँ।
16
मैले न्याय गरें भने पनि, मेरो न्याय सत्य ठहरिन्छ। किनभने न्याय गर्ने म एकलै छैनँ, तर म छु, र मलाई पठाउनुहुने पिता हुनुहुन्छ।
17
तिमीहरूको व्यवस्थामा पनि दुई मानिसको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ।
18
आफ्नो विषयमा म आफै गवाही दिन्छु, र मलाई पठाउनुहुने पिताले मेरो विषयमा गवाही दिनुहुन्छ।”
19
तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्छौ न मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ।”
20
यी कुरा उहाँले मन्दिरमा शिक्षा दिनुहुँदा भेटी चढ़ाउने ढुकुटीको छेउमा भन्नुभएको हो। अनि कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझ आएको थिएन।
21
उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, “म गइहाल्छु, र तिमीहरूले मलाई खोज्नेछौ, र तिमीहरू आफ्ना पापमा मर्नेछौ। जहाँ म जान्छु, तिमीहरू आउन सक्दैनौ।”
22
यहूदीहरूले भने, “यिनले त आत्महत्या पो गर्ने हुन् कि क्या हो? किनभने यिनले ‘जहाँ म जान्छु तिमीहरू आउन सक्दैनौ’ भनी भन्छन्।”
23
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलका हौ। म माथिको हुँ। तिमीहरू यस संसारका हौ। म यस संसारको होइनँ।
24
मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्वास गरेनौ भने आफ्ना पापमा मर्नेछौ’।”
25
तिनीहरूले उहाँलाई सोधे, “तिमी को हौ त?” येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ, जो मैले तिमीहरूलाई सुरुदेखि नै भन्दैछु।
26
मैले तिमीहरूका विषयमा भन्नु र न्याय गर्नु धेरै नै छ। तर मलाई पठाउनुहुने सत्य हुनुहुन्छ, र उहाँबाट मैले जे सुनें ती नै कुरा म संसारलाई भन्दछु।”
27
पिताको विषयमा उहाँले भन्नुभएको हो भनी तिनीहरूले बुझेनन्।
28
यसकारण येशूले भन्नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्नेछौ, म उही हुँ भनी तिमीहरूले थाहा पाउनेछौ, र म आफ्नै अधिकारमा केही गर्दिनँ, तर पिताले सिकाउनुभएका कुराहरू बोल्दछु भनी जान्नेछौ।
29
मलाई पठाउनुहुने मसँग हुनुहुन्छ। उहाँले मलाई एकलै छोड्नुभएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु।”
30
उहाँले यी कुरा बोल्नुहुँदा धेरैले उहाँमाथि विश्वास गरे।
31
येशूले आफूमाथि विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ।
32
तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
33
तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तान हौं, र अहिलेसम्म कसैको दासत्वमा परेका छैनौं। ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनी कसरी भन्छौ?”
34
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो।
35
कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ।
36
यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ।
37
म जान्दछु, तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न खोज्दछौ, किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन।
38
जे-जे मैले मेरा पिताको उपस्थितिमा देखेको छु, त्यही म भन्दछु। तिमीहरूले पनि जे तिमीहरूका पिताबाट सुनेका छौ, त्यही गर्दछौ।”
39
तिनीहरूले उहाँलाई भने, “हाम्रा पिता त अब्राहाम हुन्।” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, अब्राहामले जे काम गरे त्यही गर्नेथियौ।
40
मैले परमेश्वरबाट सुनेको सत्य तिमीहरूलाई भनेको छु, तर अहिले तिमीहरू मलाई मार्न खोज्दछौ। अब्राहामले यस्तो काम गरेनन्।
41
तिमीहरूका पिताले जे गरे तिमीहरू त्यही काम गर्दछौ।” तिनीहरूले उहाँलाई भने, “हामी व्यभिचारमा जन्मिएका होइनौं! हाम्रा पिता एउटै हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ।”
42
येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वर तिमीहरूका पिता हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्नेथियौ, किनभने म परमेश्वरबाट निस्किआएँ। म आफ्नै इच्छाले आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो।
43
मैले भनेको तिमीहरू किन बुझ्दैनौ? किनभने तिमीहरूले मेरो वचन सुन्न सक्दैनौ।
44
तिमीहरू आफ्नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको सङ्कल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई केही वास्ता छैन। किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूट बोल्दछ, त्यो आफ्नै स्वभावअनुसार बोल्दछ, किनभने त्यो झूटो हो र झूटको पिता हो।
45
म सत्य बोल्दछु, तर तिमीहरू मलाई विश्वास गर्दैनौ।
46
तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ? यदि म सत्य बोल्दछु भने, किन तिमीहरू ममाथि विश्वास गर्दैनौ?
47
जो परमेश्वरको हो, त्यसले परमेश्वरका वाणी सुन्दछ। तिमीहरू परमेश्वरका होइनौ, यसैकारण तिमीहरू सुन्दैनौ।”
48
यहूदीहरूले उहाँलाई जवाफ दिए, “के हाम्रो यो भनाइ ठीक होइन, कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ?”
49
येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म आफ्ना पिताको आदर गर्दछु, र तिमीहरू मेरो अनादर गर्दछौ।
50
तर म आफ्नै महिमा खोज्दिनँ, एक जना हुनुहुन्छ जसले महिमा खोज्नुहुन्छ र फैसला गर्नुहुन्छ।
51
साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु देख्नेछैन।”
52
यहूदीहरूले उहाँलाई भने, “अब हामीलाई पक्का थाहा भयो, तिमीलाई भूत लागेकै हो। अब्राहामको मृत्यु भयो, अगमवक्ताहरू पनि मरे, तर तिमी भन्दछौ, ‘कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु चाख्नेछैन।’
53
के हाम्रा पुर्खा अब्राहामभन्दा तिमी महान् हौ? उनको मृत्यु भयो, अनि अगमवक्ताहरू पनि मरे। तिमीचाहिँ आफैलाई को हुँ भनी दाबी गर्छौ?”
54
येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरें भने मेरो महिमा व्यर्थै हुन्छ। मलाई महिमा दिने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू ‘हाम्रा परमेश्वर’ भन्दछौ।
55
तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु। म उहाँलाई चिन्दिनँ भन्छु भने म तिमीहरूसरह झूटा ठहरिनेछु। तर म उहाँलाई चिन्दछु, र उहाँको वचन पालन गर्दछु।
56
तिमीहरूका पुर्खा अब्राहाम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए, र तिनले देखे अनि रमाए।”
57
यसकारण यहूदीहरूले उहाँलाई भने, “तिमी अझै पचास वर्ष पुगेका छैनौ, त के तिमीले अब्राहामलाई देखेका छौ?”
58
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु।”
59
तब तिनीहरूले उहाँलाई हान्न भनी ढुङ्गा टिपे, तर येशू लुकेर मन्दिरबाट बाहिर निस्किजानुभयो।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21