bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
John 4
John 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 5 →
1
यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र बप्तिस्मा पनि दिँदैहुनुहुन्छ भन्ने फरिसीहरूले सुने।
2
(वास्तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे।)
3
जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहूदिया छोड़ेर फेरि गालीलमा फर्कनुभयो।
4
उहाँलाई सामरिया भएर जानुपर्थ्यो।
5
र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगरचाहिँ याकूबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो।
6
त्यहाँ याकूबको इनार थियो। येशू यात्राले थाक्नुभएको हुनाले त्यस इनारको छेउमा बसिरहनुभएको थियो। प्राय: मध्यान्ह भएको थियो।
7
एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन देऊ।”
8
उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए।
9
तब सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)
10
येशूले त्यसलाई भन्नुभयो, “तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।”
11
त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ?
12
के तपाईं हाम्रा पुर्खा याकूबभन्दा ठूला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्तान र उनका गाईबस्तुले यही इनारको पानी पिए।”
13
येशूले त्यसलाई भन्नुभयो, “यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ,
14
तर जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन। जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ!”
15
त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”।
16
येशूले त्यसलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाएर ल्याऊ।”
17
त्यस स्त्रीले भनी, “मेरो पति छैन।” येशूले तिनलाई भन्नुभयो, “तिम्रो पति छैन भनी तिमीले ठीकै भन्यौ,
18
किनभने तिम्रा पाँच जना पति भइसकेका छन्, र जो अहिले तिमीसँग छ, त्यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी हौ।”
19
त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु।
20
हाम्रा पुर्खाहरूले यस डाँड़ामा आराधना गरे, अनि तपाईंहरू भन्नुहुन्छ, कि आराधना गर्ने स्थान यरूशलेम हो।”
21
येशूले तिनलाई भन्नुभयो, “ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ।
22
तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ। हामी जे आराधना गर्दछौं सो जान्दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ।
23
तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ।
24
परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।”
25
त्यस स्त्रीले उहाँलाई भनी, “म जान्दछु, कि मसीह आउनुहुन्छ (जसलाई ख्रीष्ट भनिन्छ), र जब उहाँ आउनुहुन्छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।”
26
येशूले तिनलाई भन्नुभयो, “तिमीसँग बोल्ने, म उही हुँ।”
27
त्यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्क परे, तर “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसँग किन बातचीत गर्दैहुनुहुन्छ?” भनेर कसैले सोधेनन्।
28
तब त्यो स्त्री आफ्नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी,
29
“आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?”
30
तब तिनीहरू नगरबाट निस्केर उहाँकहाँ गए।
31
यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, “रब्बी, भोजन गर्नुहोस्।”
32
तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसित खानलाई भोजन छ, जो तिमीहरूलाई थाहा छैन।”
33
यसकारण चेलाहरूले आपसमा भने, “के कसैले उहाँलाई भोजन ल्याइदियो कि कसो?”
34
येशूले तिनीहरूलाई भन्नुभयो, “मलाई पठाउनुहुनेको इच्छाअनुसार गर्नु, र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो।
35
के तिमीहरू भन्दैनौ, ‘अझ चार महिना बाँकी छ, तब बाली काट्ने बेला आउँछ?’ म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्ति पाकिसकेको छ।
36
जसले बाली काट्छ त्यसले ज्याला पाउँछ, र अनन्त जीवनको लागि फल बटुल्छ, र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछन्।
37
किनकि ‘एक जनाले छर्छ, र अर्काले कटनी गर्छ,’ भन्ने वचन यसैमा सत्य हुन्छ।
38
मैले तिमीहरूलाई त्यहाँ कटनी गर्न पठाएँ, जहाँ तिमीहरूले परिश्रम गरेका छैनौं। अरूहरूले परिश्रम गरेका छन्, र तिनीहरूको परिश्रमका फल तिमीहरूले पाएका छौ।”
39
“मैले जे गरें उहाँले मलाई सबै भनिदिनुभयो” भन्ने त्यस स्त्रीको गवाहीले गर्दा त्यस नगरका सामरीहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे।
40
यसकारण जब सामरीहरू उहाँकहाँ आए, तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न बिन्ती गरे, र उहाँ दुई दिन त्यहाँ बस्नुभयो।
41
अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्वास गरे।
42
त्यस स्त्रीलाई तिनीहरूले भने, “अब तिमीले भनेका कुराले गर्दा हामीले विश्वास गरेका होइनौं, तर हामी आफैले सुनेका कारणले साँच्चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भनी हामीले जानेका छौं।”
43
दुई दिनपछि त्यहाँबाट निस्केर उहाँ गालीलमा जानुभयो।
44
(येशू आफैले गवाही दिनुभयो, कि आफ्नो निज देशमा कुनै अगमवक्ताको आदर हुँदैन।)
45
जब उहाँ गालीलमा आउनुभयो, तब उहाँले यरूशलेममा चाड़को बेलामा जे गर्नुभएको थियो ती सब काम देखेका हुनाले गालीलीहरूले उहाँलाई स्वागत गरे, किनभने तिनीहरू पनि चाड़मा गएका थिए।
46
त्यसपछि उहाँ फेरि गालीलको काना नगरमा आउनुभयो, जहाँ उहाँले पानीलाई दाखमद्य बनाउनुभएको थियो। कफर्नहुममा एक जना उच्च अधिकारी थिए, जसको छोरो बिरामी थियो।
47
येशू यहूदियाबाट गालीलमा आउनुभएको छ भन्ने सुनेर तिनी उहाँकहाँ गए, अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई बिन्ती गरे, किनकि तिनको छोरो मर्नै आँटेको थियो।
48
येशूले तिनलाई भन्नुभयो, “तिमीहरू चिन्ह र अचम्मका कामहरू नदेखेसम्म कुनै रीतिले विश्वास गर्दैनौ।”
49
ती उच्च अधिकारीले उहाँलाई भने, “हजूर, मेरो छोरो मर्नुभन्दा अघि नै आइदिनुहोस्।”
50
येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो छोरो बाँच्नेछ।” येशूले तिनलाई भन्नुभएको वचन ती मानिसले विश्वास गरे, र आफ्नो बाटो लागे।
51
अनि तिनी जाँदैगर्दा बाटैमा तिनका चाकरहरूले तिनलाई भेटेर तिनको छोरा बाँच्यो भनी तिनलाई बताए।
52
कुन घड़ीदेखि त्यसलाई सन्चो हुन लाग्यो भनी तिनले तिनीहरूलाई सोध्दा तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि जरोले तिनलाई छोड़्यो।”
53
येशूले तिनलाई “तिम्रो छोरो बाँच्नेछ” भन्नुभएको घड़ीदेखि नै हो रहेछ भनी बाबुले थाहा पाए। अनि तिनी आफैले र तिनका सारा परिवारले विश्वास गरे।
54
यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो चिन्ह थियो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21