bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 1
Zechariah 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 2 →
1
दारा राजाको दोस्रो वर्षको आठौँ महिनामा परमप्रभुको यो वचन इद्दोका नाति बेरेक्याहका छोरा जकरिया अगमवक्ताकहाँ आयो:
2
“तिमीहरूका पिता-पुर्खासँग परमप्रभु साह्रै रिसाउनुभयो।
3
यसैकारण तैंले मानिसहरूलाई भन्: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘मतिर फर्केर आओ,’ सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूतिर फर्कनेछु,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
4
तिमीहरू आफ्ना पिता-पुर्खाहरूजस्ता नहोओ, जसलाई अघिका अगमवक्ताहरूले यसो भनेर घोषणा गरे: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘तिमीहरू अब आफ्ना दुष्ट चाल र आफ्ना दुष्ट व्यवहारदेखि फर्क’। तर तिनीहरूले सुनेनन् न त मतिर ध्यान नै दिए, परमप्रभु भन्नुहुन्छ।
5
तिमीहरूका पिता-पुर्खाहरू अब कहाँ छन्? अनि अगमवक्ताहरू, के सधैँ तिनीहरू बाँचिरहन्छन् र?
6
तर के मैले मेरा दासहरू, मेरा अगमवक्ताहरूलाई आज्ञा गरेका वचनहरू र विधिहरूले तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेका थिएनन् र?” “तब तिनीहरूले पश्चात्ताप गरे र भने, ‘सर्वशक्तिमान् परमप्रभुले हाम्रा चाल र व्यवहारअनुसार हामीसित जे गर्ने निश्चय गर्नुभएको थियो सो उहाँले हामीसित गर्नुभएको छ’।”
7
दारा राजाको दोस्रो वर्षको शेबात भनिने एघारौँ महिनाको चौबीसौँ दिनमा इद्दोका नाति बेरेक्याहका छोरा जकरिया अगमवक्ताकहाँ परमप्रभुको वचन आयो।
8
राती मैले एउटा यस्तो दर्शन देखें, एक जना मानिस रातो घोड़ामा चढ़िरहेका थिए। तिनी खोल्साका असारे-फूलका रूखहरूका बीचमा उभिरहेका थिए, अनि तिनको पछिल्तिर रातो, खैरो र सेतो रङ्गका घोड़ाहरू पनि थिए।
9
मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्?” मसित कुरा गर्ने ती स्वर्गदूतले उत्तर दिए, “यी के हुन् म तिमीलाई देखाइदिनेछु।”
10
तब असारे-फूलका रूखहरूका बीचमा उभिरहने मानिसले बताउँदै भने, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीका चारैतिर जान पठाउनुभएको हो।”
11
तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहने स्वर्गदूतलाई प्रतिवेदन दिए, “हामीहरू पृथ्वीका चारैतिर गयौं, र जम्मै संसार आराम र शान्तिमा बसेको पायौं।”
12
तब परमप्रभुका दूतले भने, “सर्वशक्तिमान् परमप्रभु, यी सत्तरी वर्षसम्म तपाईं यरूशलेम र यहूदाका नगरहरूसँग रिसाउनुभएको छ। तपाईं कहिलेसम्म तिनीहरूमाथि आफ्नो दया रोकिराख्नुहुन्छ?”
13
यसैले मसित कुरा गर्ने स्वर्गदूतलाई परमप्रभुले सान्त्वनाका वचन भन्नुभयो।
14
तब मसित कुरा गरिरहने ती स्वर्गदूतले मलाई भने, “यस कुराको घोषणा गर: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘यरूशलेम र सियोनको निम्ति म ज्यादै डाही छु,
15
तर सुरक्षा अनुभव गरी बस्ने जातिहरूसित म साह्रै क्रोधित भएको छु! म त केही मात्र क्रोधित भएँ, तर तिनीहरूले सङ्कष्टलाई झन् बढ़ाइदिए’।
16
“यसैकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘कृपासहित म यरूशलेममा फर्कनेछु। त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। यरूशलेममा नाप्ने डोरी तन्काइनेछ,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
17
“फेरि यसो भनेर घोषणा गर: ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरा नगरहरू फेरि उन्नतिले चुलिएर पोखिनेछन्, र परमप्रभुले सियोनलाई फेरि सान्त्वना दिनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ’।”
18
तब मैले माथि हेरें, र हेर, चार वटा सीङ त्यहाँ मेरा सामुन्ने थिए।
19
मसित कुरा गरिरहने ती स्वर्गदूतलाई मैले सोधें, “यी के हुन्?” तिनले मलाई जवाफ दिए, “यी तीनै सीङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारे।”
20
तब परमप्रभुले मलाई चार कारीगरहरू देखाउनुभयो।
21
मैले सोधें, “यिनीहरू के गर्नलाई आइरहेका छन्?” तिनले जवाफ दिए, “एकैजना मानिसले पनि शिर खड़ा गर्न नसक्ने गरी यहूदालाई तितरबितर गर्ने सीङहरू यिनै हुन्, तर कारीगरहरूचाहिँ तिनीहरूलाई त्रासमा पार्न, र यहूदा देशको विरुद्धमा त्यसका मानिसहरूलाई तितरबितर पार्ने जातिहरूका सीङहरूलाई फालिदिन आएका हुन्।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14