bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Zechariah 8
Zechariah 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 9 →
1
फेरि सर्वशक्तिमान् परमप्रभुको यो वचन मकहाँ आयो।
2
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “सियोनको निम्ति म साह्रै डाही भएको छु। म त्यसको निम्ति डाहले जलिरहेको छु।”
3
परमप्रभु यसो भन्नुहुन्छ, “म फर्केर सियोनमा आउनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेम ‘सत्यको सहर’ भनिनेछ, र सर्वशक्तिमान् परमप्रभुको पर्वतचाहिँ ‘पवित्र पर्वत’ भनिनेछ।”
4
परमप्रभु यसो भन्नुहुन्छ, “यरूशलेमका गल्लीहरूमा फेरि पूरा उमेर पुगेका पुरुष र स्त्रीहरू आफ्नो उमेरको कारण हातमा लहुरो टेकेर बस्नेछन्।
5
सहरका गल्लीहरूचाहिँ खेल्ने केटाकेटीहरूले भरिएका हुनेछन्।”
6
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “त्यस बेला यी मानिसहरूमध्येबाट बचेकाहरूलाई त्यो कुरा अचम्मको लाग्ला, तर के त्यो मेरो नजरमा पनि अचम्मको होला त?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
7
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “हेर, म मेरो प्रजालाई पूर्वको देश र पश्चिमको देशदेखि बचाउनेछु।
8
म तिनीहरूलाई यरूशलेममा बस्नलाई ल्याउनेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर भएर तिनीहरूप्रति विश्वासी र धार्मिक हुनेछु।”
9
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरू, जसले अहिले ती अगमवक्ताहरूद्वारा भनेका वचनहरू सुन्दछौ, जो सर्वशक्तिमान् परमप्रभुका भवनको जग बसाल्दा त्यहाँ थिए, तिमीहरूका हातहरू बलिया होऊन् कि मन्दिरको निर्माण हुन सकोस्।
10
त्यस समयभन्दा अघि मानिस र पशुको निम्ति ज्याला थिएन। शत्रुको कारण कुनै मानिस सुरक्षासहित आफ्नो काममा जान सक्दैनथे, किनकि मैले सबै मानिसहरूलाई आफ्नो छिमेकीको विरुद्धमा खड़ा गरेको थिएँ।
11
तर अब म यस प्रजाका बाँकी रहेकाहरूमाथि अघिका दिनमा जस्तै गर्नेछैनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
12
“बीउ राम्ररी उब्जनेछ, दाखको बोटले फल दिनेछ, जमिनले त्यसको अन्न उब्जाउनेछ, र आकाशले शीत झार्नेछ। म यस प्रजाको बाँकी रहेका मानिसहरू यी सबै कुरा उत्तराधिकारको रूपमा दिनेछु।
13
हे यहूदा र इस्राएल हो, जसरी तिमीहरू जाति-जातिहरूका बीचमा अभिशाप भएका थियौ, यसरी म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिष्को कारण हुनेछौ। नडराओ, तर तिमीहरूका हात बलिया होऊन्।”
14
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “जसरी तिमीहरूका पिता-पुर्खाले मलाई रीस उठाउँदा तिनीहरूलाई विपत्ति ल्याउने अठोट गरेथें र मैले पछितो गरिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
15
“त्यसरी नै अब यरूशलेमलाई र यहूदालाई फेरि भलाइ गर्न मैले निश्चय गरेको छु। तिमीहरू नडराओ।
16
तिमीहरूले गर्नुपर्ने काम यिनै हुन्: एक-अर्कासँग साँचो बोल्ने गर, र आफ्ना न्यायालयमा सत्य र असल न्याय गर।
17
आफ्नो छिमेकीको विरुद्धमा खराब षड्यन्त्र नगर, र झूटा शपथ खान नरुचाओ। यी सबै कुरा म घृणा गर्दछु,” परमप्रभु भन्नुहुन्छ।
18
फेरि सर्वशक्तिमान् परमप्रभुको यो वचन मकहाँ आयो।
19
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “चौथो, पाँचौँ, सातौँ र दशौँ महिनामा हुने उपवासहरू यहूदाको निम्ति रमाहट, खुशीका समय र आनन्दका चाड़हरू हुनेछन्। यसैकारण तिमीहरू सत्य र शान्ति रुचाओ।”
20
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “धेरै सहरका बासिन्दाहरू र धेरै मानिसहरू अझै आउनेछन्,
21
र एउटा सहरका बासिन्दाहरू अर्को सहरमा यसो भन्दै जानेछन्, ‘परमप्रभुलाई बिन्ती चढ़ाउन तुरुन्त जाऔं र सर्वशक्तिमान् परमप्रभुलाई खोजौं। म आफै पनि जानेछु’।
22
धेरै सामर्थी जातिहरू र मानिसहरू यरूशलेममा सर्वशक्तिमान् परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्त गर्न आउनेछन्।”
23
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “ती दिनमा सबै जाति-जातिबाट र सबै भाषा बोल्नेहरूमध्येबाट दश जना मानिसले एउटा यहूदीलाई लुगाको छेउ समातेर यसो भन्नेछन्, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ’।”
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14